North-East

ह्वाइट हाउस बाहिर प्रदर्शन: ‘बाइडेन तिमीले धोका दियौ’

ह्वाइट हाउस बाहिर प्रदर्शन: ‘बाइडेन तिमीले धोका दियौ’

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस बाहिर जो बाइडेनविरुद्ध प्रदर्शन भएको छ । राष्ट्रपति बाइडेनका कारण विद्रोही समूह तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेको भन्दै अफगान नागरिकहरूले उनीविरुद्ध प्रदर्शन गरेको समाचार संस्था एएनआईले जनाएको छ । प्रदर्शनकारीहरूले ‘बाइडेन, तिमीले हामीलाई धोका दियौ ।  यो सबको जिम्मेवार तिमी हौ’ जस्ता नारा लगाएका छन् ।  आइतबार तालिबानले राजधानी काबुललाई आफ्नो नियन्त्रणमा लिएको थियो ।  अमेरिकी राष्ट्रपति बाइडेनले सेप्टेम्बर ११ भित्रै आफ्ना सबै सेनालाई अफगानिस्तानबाट फिर्ता बोलाउने नीति लिएपछि तालिबान सक्रिय बनेको हो । धमाधम अमेरिकीसहित बाह्य सेनाले अफगानिस्तान छोड्न थालेपछि तालिबानले विभिन्न प्रान्तलाई नियन्त्रण लिने अभियानलाई तीव्रता दिएको थियो । तालिबान आइतबार काबुल प्रवेश…
Read More
बलिउड अभिनेत्री करिना कपुर : दुई छोरालाई मुभि स्टार होइन जेन्टलम्यान बनाउने चाहाना छ

बलिउड अभिनेत्री करिना कपुर : दुई छोरालाई मुभि स्टार होइन जेन्टलम्यान बनाउने चाहाना छ

बलिउड अभिनेत्री करिना कपुर खानले आफ्नो दुई छोराहरुलाई मुभि स्टार बनाउने चाहाना नभएको बताएकी छिन् । भारतीय मिडियासंग कुराकानी गर्ने क्रममा करिनाले छोराहरुलाई जेन्टलम्यान बनाउन चाहेको बताइन् । उनी आफ्नो छोराहरुलाई दयालु स्वभावको गुण होस भन्ने चाहान्छिन् । करिना भन्छिन्, जब उनीहरुले मेरो अगाडि आएर आफूहरुलाई सगरमाथा चढ्न मन लागेको बताउनेछन्, म निक्कै खुसी हुनेछु । म उनीहरुको साथमा हुनेछु र साथ दिनेछु ।’ करिनाले तैमुर क्रियटिभ रहेको रंगहरु भर्न मन गर्ने बताएकी छिन् । उनले आफ्ना दुई सन्तानलाई हस्तक्षेप नगर्ने बताउदै बच्चाहरुले यदि गल्ती गरेमा उनीहरुलाई नै सुधार्न दिनुपर्ने भनाई राखेकी छिन् ।
Read More
अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले “लडाइँ सकिएको” दाबी गरेको छ।

अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले “लडाइँ सकिएको” दाबी गरेको छ।

काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमी शक्तिराष्ट्रका दूतावासका कर्मचारी र नागरिकहरू आफ्नो देश फर्किन आतुर अवस्थामा बसेका खबरहरू आएका छन्। अमेरिकाले त्यहाँ कुल ६,००० सेना पठाउँदै छ। तीमध्ये आधाभन्दा बढी काबुल पुगिसकेका छन्। काबुलबाट कैयौँ मानिसहरू घर छाडेर भागिरहेको खबर आएको अफगान राष्ट्रपति पनि आइतवार विदेश पलायन भएका छन्। देश छाडेपछि अफगान राष्ट्रपति अशरफ गनी कहाँ गए भन्ने चासो सर्वत्र देखिएको छ। अफगान उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेको बताइएको छ। सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो। तर पछि अल जजिरा टेलिभिजनले उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार प्रसारित गर्‍यो। अल जजिराका अनुसार राष्ट्रपति गनी, उनकी पत्नी, सेना प्रमुख र…
Read More
कानपुरमा रिक्सा चालक माथी भएको दुर्व्यवहारको बिरुद्द आन्दोलन चर्कियो

कानपुरमा रिक्सा चालक माथी भएको दुर्व्यवहारको बिरुद्द आन्दोलन चर्कियो

कानुपुरमा एक रिक्सा चालकमाथि भएको दुर्व्यवहारलाई लिएर साम्प्रदायिक दंगा फैलिएको छ । छ । केही दिन अघि सामाजिक सन्जालमा भाइरल भएको एक भिडिओमा रिक्सा चालकलाई कुटेको देख्न सकिन्छ । कानपुरमा उक्त घटनालाई लिएर आन्दोलन भइरहेको छ । आन्दोलनको क्रममा केही आन्दोलनकारीहरुले ‘जय श्री राम’ को नारा लगाइरहेका थिए । यस घटनासँग सम्बन्धित तीन अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । 
Read More
ओटीटी प्लेटफर्मको कमालः अभिनेता मनोज बाजपेयीले किने नयाँ कार

ओटीटी प्लेटफर्मको कमालः अभिनेता मनोज बाजपेयीले किने नयाँ कार

बलिउडका  बलिउडका चर्चित अभिनेता मनोज बाजपेयीले यतिबेला नयाँ कार खरिद गरेका छन् ।  उनी बिहीबार मुम्बईको एक फिल्म स्टुडियो बाहिर नयाँ कारको साथमा देखिएका थिए । मनोजलाई धेरैअघिदेखि आफ्नो रुचिको कार किन्ने सोख थियो । पहिले मनोजको टोयोटा ल्याण्ड क्रूजर प्राडो थियो, उनले लामो समयसम्म उक्त सवारी साधन प्रयोग गरे।  अहिले उनले मर्सिडिज बेन्जको एसयूभी मोडेलको कार लिएका छन्।  यो सेतो रङको कार धेरै सुन्दर देखिन्छ। यो हुनुमा पछिल्लो समय मानोजको करिअरमा ओटिटी प्लेटफर्मको हात छ । ओटिटीको प्रवेशपछि मनोजको करिअर पुनस् उकालो लागिरहेको छ । मनोज बलिउडदेखि वेब सिरिज सम्म उत्कृष्ट अभिनयको कारणले चर्चामा पनि छन्। भर्खरै रिलिज उनी अभिनित…
Read More
जब मेस्सीले बार्सिलोना छाड्नुपर्ने खबर पाए….

जब मेस्सीले बार्सिलोना छाड्नुपर्ने खबर पाए….

बार्सिलोना छाड्नुअघि आयोजित पत्रकार सम्मेलनमा फुटबल स्टार लिओनल मेस्सीले आँशु रोक्न सकेनन् । उजी निकै भावुक देखिएका थिए । बार्सिलोनामा बस्न तयार भए पनि त्यो सम्भव नभएको उनको गुनासो थियो । हुन पनि उनी क्लबसँग नयाँ सम्झौता गर्ने गरी कोपा अमेरिका जितेर बार्सिलोना फर्किएका थिए । तर जब उनका एजेन्ट समेत रहेका बुबा जोर्जे मेस्सीले बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टालाई भेटे, सम्झौता नहुने थाहा पाए । बुबा घरमा आएपछि मेस्सीले त्यो खबर थाहा पाए । उनले सबभन्दा पहिला पत्नी एन्टोनेलालाई सुनाए । ‘त्यसपछि हामीहरु खुब रोयौं किनकि हामी निकै दुःखी थियौं,’ बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन् । त्यसपछि छोराहरुलाई बार्सिलोना…
Read More
भारत पहिरोः हिमाचल प्रदेशको राजमार्गमा धेरै सवारीसाधन पुरिए, कम्तीमा १३ जनाको मृत्यु

भारत पहिरोः हिमाचल प्रदेशको राजमार्गमा धेरै सवारीसाधन पुरिए, कम्तीमा १३ जनाको मृत्यु

भारतको हिमाचल प्रदेशमा एउटा राजमार्गमा गाडीहरूमाथि पहिरो खस्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने धेरै मानिसहरू पुरिएका छन्। बुधवार डाँडाबाट खसेका ढुङ्गामाटोहरू एउटा ट्रक, एउटा बस र केही साना सवारीसाधनमाथि बज्रिएका थिए। सरकारी अधिकारीहरूका अनुसार ढुङ्गामाटो खस्न नरोकिएकाले उद्धारकार्य प्रभावित भएको छ। भारतमा यो वर्ष मनसुनमा असामान्य रूपमा धेरै वर्षा भएकाले धेरै ठाउँ बाढी र भूस्खलनबाट प्रभावित भएका छन्।बुधवार किन्नौर जिल्लामा भएको घटनामा १० जनाको जीवित उद्धार गरिएको छ। झन्डै ३० जना अझै पहिरोमा पुरिएको आशङ्का गरिएको स्थानीय विवरणहरूमा उल्लेख छ। भारत-तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरीहरू उद्धारकार्यमा परिचालित भएका छन्। एक स्थानीयवासी अबिद हुसैनले उद्धाराक‍ार्य राति पनि चलोस्…
Read More
फाटेको जिन्स : गरिबहरुको बाध्यता कसरी आधुनिक पुस्ताको फेसन बन्यो ?

फाटेको जिन्स : गरिबहरुको बाध्यता कसरी आधुनिक पुस्ताको फेसन बन्यो ?

भारतको उत्तराखण्डका नयाँ मुख्यमन्त्री तीरथ सिंह रावतले केही दिनअघि फाटेको जिन्सको बारेमा दिएको एक विवादित बयानपछि भारतीयहरुले ट्वीटरमा #rippedjeans रिप्ड जीन्स ट्रेन्ड सुरु गरे । तीरथ सिंहले ‘फाटेको जिन्स’ लगाउने महिलामाथि गरेको टिप्पणीले सामाजिक सञ्जालमा केटाहरुको समेत फाटेको जिन्सको फोटो ट्याग गर्न थाले । यसरी रिप्ड जिन्सलाई लिएर चर्चा सुरु भएको छ । यहाँ रिप्ड जिन्सको बारेमा चर्चा गरिएको छ । त्यसो त जिन्स पाइन्ट लगाउने चलन निकै पहिलेदेखि नै चल्दै आएको हो । आज सायदै युवा पुस्ता होलान् जसले जिन्सको प्रयोग नगरुन् । अहिले बजारमा एक मात्रै नभएर कयौं प्रकारको रिप्ड जिन्सको प्रयोग पाउन सकिन्छ । गाउँदेखि लिएर शहरसम्म…
Read More
मेस्सीलाई अनुबन्ध गर्ने दौडमा युनाइटेड पनि

मेस्सीलाई अनुबन्ध गर्ने दौडमा युनाइटेड पनि

लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि नै उनलाई अनुबन्ध गर्ने होडमा पेरिस सेन्ट जर्मेन अघि रहेको छ । तर, अहिले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि यो दौडमा सामेल भएको छ । युनाइटेडले मेस्सीलाई हरेक हप्ता ६ लाख ७२ हजार युरो तलब दिने गरी २ वर्षको करार अफर गर्ने तयारी गरेको छ । बेलायती पत्रिका द सनका अनुसार युनाइटेडले मेस्सीलाई भित्र्याउनका लागि आफ्नो अफर प्रस्तुत गर्ने तयारी गरेको हो । हालसम्म मेस्सी पीएसजी जाने बारेमा विमर्श भइरहेका बेला यो सिजन जाडोन सान्चो र राफायल भरानलाई भित्र्याएको युनाइटेडले पनि उनलाई अनुबन्धन गर्ने महत्त्वाकाङ्क्षा देखाएको छ । पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न नसकोस् भनेर युरोपेली…
Read More
अफगानिस्तान युद्ध: तालिबान र सरकारबीचको लडाइँमा तीन दिनभित्र २७ बालबालिका मारिए

अफगानिस्तान युद्ध: तालिबान र सरकारबीचको लडाइँमा तीन दिनभित्र २७ बालबालिका मारिए

अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच सङ्घर्ष जारी रहेका बेला तीन दिनमा २७ बालबालिका मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको बताएको छ। दुई पक्षबीच लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसाधारणले घर छाडेर राजधानी काबुलतर्फ गइरहेको विवरणहरू आएका छन्। विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशैभरि आफ्नो नियन्त्रण फैलाइरहेको छ, गत शुक्रवारयता उसले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको छ। अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ। त्यहाँ गत महिनाको हिंसामा मात्र एक हजारभन्दा बढी सर्वसाधारण मारिएका छन्। सोमवार युनिसेफले जारी गरेको वक्तव्यमा बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे…
Read More