North-East

टीम कुक: एपल कम्पनीका प्रमुख कार्यकारीलाई ७५ करोड अमेरिकी डलर बोनस

टीम कुक: एपल कम्पनीका प्रमुख कार्यकारीलाई ७५ करोड अमेरिकी डलर बोनस

एपल कम्पनीको प्रमुख कार्यकारीका रूपमा १० वर्ष पूरा गरेका टीम कुकले ५० लाख कित्ता शेयर प्राप्त गरेका छन्। यूएस सेक्यूरीटीज एन्ड एक्सचेन्ज कमीशनमा शेयर कारोबारको जानकारी दिने एक कम्पनीका अनुसार कुकले तीमध्ये अधिकांश शेयर लगभग ७५ करोड अमेरिकी डलरभन्दा बढी रकममा बेचेका छन्। उनलाई दिइएको शेयर एपलका संस्थापक स्टीभ जबबाट कम्पनीको नेतृत्व सम्हाल्दा गरिएको सहमतिअनुसार भएको बताइएको छ। सहमतिमा उनलाई एपलको शेयरले अन्य ठूला कम्पनीको प्रतिस्पर्धामा गरेको प्रगतिको आधारमा शेयर दिइने उल्लेख थियो। एपलका अनुसार गत तीन वर्षमा कम्पनीको शेयर मूल्य १९१.८३ प्रतिशतले वृद्धि भएका कारण उनले सो सङ्ख्यामा शेयर प्राप्त गरेका हुन्। एपलको शेयर मूल्य सन् २०११ मा उनी…
Read More
कोलकाता को प्रसिद्ध सडक संगीतकार भगोबन माली को लागी एक ट्रिब्यूट गीत

कोलकाता को प्रसिद्ध सडक संगीतकार भगोबन माली को लागी एक ट्रिब्यूट गीत

कोलकाता मा एक सडक संगीतकार को ट्रिब्यूट मा एक गीत बनाउन को लागी युवा प्रतिभाशाली संगीतकारहरु को एक समूह मिले। समूहको भर्खरै ओरिजिनल सिंगल टाइटल 'बेहला बाजन' रिलीज भएको छ। गीतलाई गौरब सरकारले गाएका हुन् भने प्रजन्न दत्तले संगीतबद्ध गरेका छन्, दिव्येन्दु बन्धोपाध्यायले लेखेका हुन्, जसमा भगोबन माली फीचर छन्। भगोबन माली कोलकाता बाट एक सड़क संगीतकार जो आफ्नो रोटी र मक्खन को लागी कोलकाता को सडक मा वायलिन बजाउँछ।यो विशेष गीत र यसको पछाडि कडा मेहनत को बारे मा बोल्दै, गीत को संगीतकार प्रजन्न दत्ता ले भन्नुभयो, "संकट को यो समयमा यदि कलाकारहरु साथी कलाकारहरुलाई समर्थन गर्दैनन् भने हामी…
Read More
अफगानिस्तान: अमेरिका र यूकेद्वारा काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम भएको चेतावनी

अफगानिस्तान: अमेरिका र यूकेद्वारा काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम भएको चेतावनी

अमेरिका र ब्रिटेनले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको चेतावनी दिँदै आफ्ना नागरिकहरूलाई त्यहाँ नजान भनेका छन्। विमानस्थल पुगिसकेकाहरूलाई तत्काल त्यहाँबाट फर्कन भनिएको छ। दुवै राष्ट्रले बुधवार अबेर त्यस्तो सूचना जारी गरेका हुन्। काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारणहरू प्रतीक्षारत छन्। १० दिन अघि तालिबानले नियन्त्रणमा लिएको काबुलबाट ८२,००० भन्दा बढीलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ र राष्ट्रहरू अगस्ट ३१ भित्र मानिसहरूको उद्धार सम्पन्न गरिसक्न उद्धत छन्। तालिबानले त्यो समयसीमा लम्ब्याउने विषयको विरोध गरेको छ तर अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनका अनुसार अगस्ट ३१ पछि पनि अफगान नागरिक र विदेशीहरूलाई देश छोड्न दिने उसले वाचा…
Read More
तालिबानद्वारा अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त

तालिबानद्वारा अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त

२० वर्षपछि पुनः अफगानिस्तानको सत्ता सम्हालेपछि सरकार गठनको प्रक्रिया अघि बढाएको तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ । साथै तालिबानले गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा विभाग प्रमुख पनि नियुक्त गरेको छ । अफगानिस्तानको पाजहोक समाचार एजेन्सीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेअनुसार तालिबानले मंगलबार गुल आगालाई अर्थमन्त्री र सदर इब्राहिमलाई कार्यवाहक गृहमन्त्री बनाएको हो । यसैगरी सखउल्लाहलाई कार्यवाहक शिक्षा प्रमुख र अब्दुल बाकीलाई उच्च शिक्षाको कार्यवाहक प्रमुख बनाइएको छ । मुल्ला शिरिन काबुलको गभर्नर, हमदुल्ला नोमानी काबुलको मेयर र नजिबुल्लाह गुप्तचरको प्रमुख नियुक्त भएका छन् । तालिबानले यसअघि आफ्नो प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई संस्कृति तथा सूचनामन्त्री नियुक्त गरेको…
Read More
गाँजा बोकेर कतार हिँडेका युवा एयरपोर्टबाट पक्राउ

गाँजा बोकेर कतार हिँडेका युवा एयरपोर्टबाट पक्राउ

गाँजासहित कतार उड्न लागेका एकजना युवालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । कतार एयरवेजबाट उडानबाट कतारको दोहा उड्न लागेका चितवन खैरेनीका २७ वर्षीय राज पाडकलाई ८ सय ग्राम गाँजासहित मंगलबार प्रहरीले पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरोका एसपी जीवन श्रेष्ठका उनले ग्याष्ट्रिक हरण चुर्णको बट्टामा गाँजा लुकाई कतार उड्न लागेका थिए । एसपी श्रेष्ठका अनुसार पाडक वैदेशिक रोजगारी लागि कतार जान लागेका थिए । विमानस्थलको प्रस्थान कक्षस्थित एक्सरेमा जाँच गर्ने क्रममा उक्त परिमाणका बट्टामा गाँजा लुकाइएकाे अवस्थामा भेटिएको एसपी श्रेष्ठले जनकारी दिनुभयाे । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थल प्रहरीलाई बुझाइएको छ…
Read More
अफगानिस्तानमा बाइडनलाई नमीठो झापड : विश्वमा अमेरिकी प्रभुत्व अन्त्य भएको चर्चा !

अफगानिस्तानमा बाइडनलाई नमीठो झापड : विश्वमा अमेरिकी प्रभुत्व अन्त्य भएको चर्चा !

अफगानिस्तानबाट अमेरिकाले आफ्ना सैनिक फिर्ता लगेपछि त्यहाँ मच्चिएको अव्यवस्थाले विश्वमा अब अमेरिकी प्रभुत्व अन्त्य भएको टिप्पणीहरू गरिन थालेका छन् ।  अगस्ट ३१ सम्ममा आफ्ना सबै सैनिक अफगानिस्तानबाट हटाउने भनी राष्ट्रपति जो बाइडनले घोषणा गरेलगत्तै तालिबानले देशमा एकपछि अर्को गर्दै द्रुत गतिमा विजय प्राप्त गर्‍यो । अमेरिकाले आफ्ना सबै नागरिकलाई सुरक्षित रूपमा त्यहाँबाट बाहिर निकाल्न सकेको छैन र त्यसका लागि अगस्ट ३१ पछि पनि बसिरहनुपर्ने बताएको छ । तर तालिबानले अगस्ट ३१ को भाखा नघाएर एक दिन पनि बढी अमेरिका अफगानिस्तानमा बस्दा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । अफगानिस्तान छोड्न खोजेका केही अमेरिकी नागरिकलाई तालिबानले कुटपिट गरेको अमेरिकाका रक्षामन्त्री लोयड…
Read More
भारतसँगको सीमामा चीनले ५ सय नमूना गाउँ बनायो, गाउँको आडमा बंकर बनाएको दावी

भारतसँगको सीमामा चीनले ५ सय नमूना गाउँ बनायो, गाउँको आडमा बंकर बनाएको दावी

भारतसँगको सीमा क्षेत्रमा चीनले ५ सयवटा नमूना गाउँ बनाइसकेको छ । चीनले यी गाउँको आडमा बंकरहरु बनाइरहेको भारतीय पक्षले दावी गरेको छ । चीनले सीमासम्म सडक पनि बनाएको छ । सिक्किममा चीन, भारत र भुटानको त्रिदेशीय सीमा क्षेत्र डेकलाममा भएको फेस अफपछि भारत र चीनको सेनाबीच झडप पनि जारी छ । ६ महिना पहिलेसम्म दुई देशका सेनाबीच कैयौं पटक झडप भएको छ । सेनाले भने यसबारेमा धेरै जानकारी दिएको छैन । डोकलाम फेसअफपछि नै चीनले सिक्किम सीमानजिक तिब्बतमा शक्ति बढाउन सुरु गरेको छ । चीनले सिक्किमनजिकैसम्म २०१७ देखि निर्माण सुरु गरेर फराकिलो सडक र पक्की संरचना निर्माण गरिसकेको छ ।…
Read More
‘केजीएफ च्याप्टर–२’ को अर्को रेकर्ड

‘केजीएफ च्याप्टर–२’ को अर्को रेकर्ड

ट्रेलर रिलिज भएपछि नै धेरै रेकर्ड तोडेको दक्षिण भारतीय चलचित्र ‘केजिएफ च्याप्टर–२’ ले अर्को नयाँ रेकर्ड बनाएको छ। चलचित्रले स्याटेलाइट राइट्स बिक्रीको तमिल र मलयालम् चलचित्र उद्योगको रेकर्ड तोडेको हो। चलचित्रको साउथ भर्जनको स्याटेलाइट अधिकार सय करोड भारतीय रुपैयाँमा जी नेटवर्कले खरिद गरेको समाचारमा जनाइएको छ। योसँगै ‘केजिएफ च्याप्टर–२’ दक्षिण भारतीय चलचित्र उद्योगमा सर्वाधिक ठूलो रकममा स्याटेलाइट अधिकार बिक्ने चलचित्र बनेको छ। चलचित्रमा यश, सञ्जय दत्त, रविना टन्डन, श्रीनिधि सेट्टी, प्रकाश राजलगायतको अभिनय रहेको छ। प्रशान्त नीलले निर्देशन गरेको यो चलचित्रलाई अक्टोबर वा नोभेम्बरमा थिएटरमा रिलिज गर्ने तयारी गरिएको छ। सुरुमा सेप्टेम्बरमा रिलिज हुने भनिए पनि कोभिड–१९ महामारीका कारण चलचित्रको रिलिज…
Read More
तीन देशमा अक्षयको ‘बेलबटम’लाई प्रतिबन्ध

तीन देशमा अक्षयको ‘बेलबटम’लाई प्रतिबन्ध

बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘बेलबटम’ थिएटरमा रिलिज भइरहेको छ । यो फिल्मलाई दर्शकले निकै मनपराएका छन् । तर तीन देशले भने यो फिल्मको रिलिजमा प्रतिबन्ध लगाएका छन् । साउदी अरब, कुवेत र कतारका सेन्सर बोर्डले फिल्मको एक दृश्यमा आपत्ति जनाउदै प्रदर्शनमा प्रतिबन्ध लगाएको हो । सेन्सर बोर्ड अफ यूएईले फिल्ममा तीन देशको छवि खराब गर्ने प्रयास गरिएको दाबी गरेको छ । फिल्मले इतिहासलाई बंग्याएको आरोप उनीहरुको छ । यो फिल्म सन् ८० को दशकको एक सत्यघटनामा आधारित छ । फिल्म भारतको पहिलो सिक्रेट अपरेसन वरपर घुमेको छ । फिल्ममा प्लेनलाई अपहरण गरेर लाहौरबाट दुबई पुर्याइएको छ । त्यो बेला…
Read More
सलमानलाई एयरपोर्टको ढोकामा रोक्नु पर्ने कारण

सलमानलाई एयरपोर्टको ढोकामा रोक्नु पर्ने कारण

बलिउड अभिनेता सलमान खान तथा अभिनेत्री कट्रीना कैफ फिल्म ‘टाइगर–३’ छायांकनका लागि रुस प्रस्थान गरेका का छन् । उनीहरु दुर्बलाई मुम्बई एयरपोर्टमा देखिएको थियो । पापराजीहरुले सलमानलाई तस्बिरका लागि अनुरोध समेत गरेका थिए । तर, सलमानले उनीहरुको कुरा नसुनि एयरपोर्टतर्फ लागृ ।त्यही क्रममा सीआइएसएफका एक जना जवानले परीक्षणका लागि सलमानलाई एयरपोर्टको ढोकामा रोके । दुई महिना सम्मका लागि विदेशमा रहने भएपछि पापराजीले पनि सलमानसंग सुन्दर शटको माग गरेका थिए । त्यही क्रममा सलमान एयरपोर्टको गेटतर्फ अगाडि बढ्छन्, जहाँ टिकट। भिसा र परिचयपत्रको परीक्षण भइरहेको थियो । त्यहि समयमा सीआईएसएफका एक जवानले सलमानलाई एयरपोर्ट भित्र जानबाट रोक्नुका साथै पापराजीलाई पनि पछाडि…
Read More