16
Jun
तेस्रो लिङ्गी भएका कारण कामबाट कर्मचारी हटाउने रोजगारदाताले मुलुकको कानुन तोडिरहेको अमेरिकाको सर्वोच्च अदालतले फैसला गरेको छ। अमेरिकाको सर्वोच्च अदालतले सङ्घीय कानुनमा लिङ्गका आधारमा भेदभाव गर्न नपाइने उल्लेख छ। फैसलामा लैङ्गिक पहिचान र कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने पहिचान उक्त कानुनमा समावेश गरिएको बुझ्नुपर्ने बताइएको छ। उक्त फैसला तस्रो लिङ्गी समुदायका लागि ठूलो जीत भएको बताइएको छ। अमेरिकी अदालत रूढिवादी हुँदै बेला आएको यो फैसलालाई महत्त्वपूर्ण मानिएको छ। विपक्षी वकिलहरूले भने सन् १९६४ को सिभिल राइट्स एक्टका निर्माणकर्ताहरूले उक्त प्रावधानमा लिङ्ग वा कुनै निश्चित लिङ्गप्रतिको आकर्षणका आधारमा तय हुने लैङ्गिक पहिचानका विषयमा लागु हुने उद्देश्य नराखेको जिकिर गरेका…