11
Jul
भारतमा केही दिन यता कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । खुला सीमा भएका कारण भारतमा संक्रमण बढेसँगै नेपालमा पनि पनि त्यसको जोखिम नेपालमा पनि पर्ने देखिन्छ । भारतमा गएको एक दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २७ हजार ११४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले उक्त तथ्यांक सार्वजनिक गरेको हो । जुन एक दिनको अहिलेसम्मकै सबैभन्दा बढी हो । योसँगै भारतमा कुल संक्रमितको संख्या आठ लाख नाघेको छ । विश्वका कोरोना भाइरसको उच्च संक्रमण भएका मुलुकहरुमध्ये भारत तेस्रो स्थानमा छ । पहिलोमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल रहेका छन् । भारतमा हालसम्म संक्रमणबाट २२ हजार १ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।…
