17
Jul
भारतमा कोरोनाभाइरसबाट सङ्क्रमण भएका व्यक्तिको कुल सङ्ख्या १० लाख नाघेको छ। विश्वभरि कोरोनाभाइरस महामारीबाट प्रभावित देशहरूको सूचीमा भारत अमेरिका र ब्रजिलपछि तेस्रो स्थानमा छ। भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले शुक्रवार बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा देशभरि थप ३४,९५६ जनामा सङ्क्रमण पुष्ट भएपछि सङ्क्रमितको कुल सङ्ख्या १०,०३,८३२ पुगेको हो। सरकारी तथ्याङ्कले अहिलेसम्म भारतमा २५,००० भन्दा बढी मानिसको मृत्यु भएको र ६,००,००० जना निको भएको देखाउँछ।यो Twitter पोस्ट छोड्नुहोस्, 1 Twitter पोस्ट समाप्त, 1 भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित छन्। राजधानी दिल्ली त्यसपछि तेस्रो स्थानमा आउँछ। महाराष्ट्रमा अहिलेसम्म २,८४,००० जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् भने झन्डै ११,२०० जनाको…
