North-East

मानहानी र अपमानजनक टिप्पणीमा रोक लगाउन माग

मानहानी र अपमानजनक टिप्पणीमा रोक लगाउन माग

बलिउडका प्रमुख फिल्मकर्मीहरुको समूहले सोमबार दिल्ली उच्च अदालतमा बलिउडविरुद्ध गैरजिम्मेवार टिप्पणी गरेको र बलिउडलाई 'फोहोर' तथा 'अपराधी'को रुपमा चित्रण गरेको भन्दै अदालत पुगेका छन् ।भारतका फिल्मसम्बन्धी चारवटा संगठन, जसमा निर्माता संघहरुको संगठन पनि सामेल छ र ३४ जना फिल्म निर्माताहरुले दुई भारतीय संचारमाध्यम 'रिपब्लिक टिभी' र 'टाइम्स नाउ'विरुद्ध मुद्दा दर्ता गरेका हुन् । मुद्दा दर्ता गर्नेहरु संस्थाहरुमा बलिउडका ठूला स्टारहरु सलमान खान, शाहरुख खान, आमिर खान, अजय देवगन, फरहान अख्तर, करण जौहरलगायतका फिल्म निर्माण कम्पनीहरु छन् । अदालतमा दर्ता गरिएको मुद्दामा टिभी कार्यक्रम प्रस्तोताहरु अर्नब गोश्वामी, प्रदीप भण्डारी, राहुल शिवशंकर र नविका कुमारले मानहानी गरेको र अपमानजनक टिप्पणीहरु गरेको भन्दै यस्ता समाचार प्रशारण…
Read More
अजरबैजानको गान्जामा अर्मेनियाद्वारा मिसाइल आक्रमण : १२ को मृत्यु, ४० भन्दा बढी घाइते

अजरबैजानको गान्जामा अर्मेनियाद्वारा मिसाइल आक्रमण : १२ को मृत्यु, ४० भन्दा बढी घाइते

बाकु — अर्मेनियाले गरेको आक्रमणमा आफ्ना १२ जना नागरिक मारिएको अजरबैजानले जानकारी दिएको छ । शनिबार अर्मेनियाले अजरबैजानको दोस्रो ठूलो सहर गान्जालाई लक्षित गरी गरेको मिसाइल आक्रमणमा २ जना बालबालिकासहित १२ जना सर्वसाधारणको मृत्यु भएको अजरबैजानले जनाएको छ । आक्रमणमा परी ४० जनाभन्दा बढी घाइते भएको अजरबैजानका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । अर्मेनियाले सहरमा रहेको अपार्टमेन्टमा आक्रमण गरेको समाचारमा उल्लेख छ । अर्मेनियाका तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।  अजरबैजानका राष्ट्रपतिका सहयोगी हिक्मत हाजियभले ट्वीट गर्दै अहिले आक्रमणबाट ध्वस्त भएका भवनका भग्नावशेषहरुबाट मानिसहरुको उद्धार भइरहेको बताएका छन् । साथै उनले अर्मेनियाले भएको ‘राज्य आतंकको नीति’ बन्द गर्नुपर्ने बताएका…
Read More
सरकार आयो

सरकार आयो

ठगुनी पासवानको गुनासो थियो कि सरकार उनको आँगनमा आएन । पञ्चायत ढलेको थाहा थियो । गणतन्त्र आएको थाहा थियो तर सरकार उनको आँगन टेकेको थाहा थिएन । जनताका लागि भनेर लडेका थुप्रै मान्छे सरकारमा गए । सरकारमा जानुअघि उनीहरूले वाचा गरेका थिए कि अबचाहिँ उनीहरूको जिन्दगी अवश्य बदलिनेछ किनकि सरकार उनीहरूको आँगनमा आउनेछ । ठगुनी रिसाएर भन्थिन्, ‘साले ठगहरू ! हामीजस्तो गरिबको आङ्नामा सरकार आउँदैन । आउने भए, आइसक्थ्यो ।’ उनले यो यसै भनेकी थिइन् । उनलाई पहिले त सरकार आउने कुरामा विश्वास थियो । एकएक गर्दै उनको विश्वास भत्किएपछि उनले रिसाएर सरकार आउने आस मारेकी थिइन् । तर, ठगुनीलाई चक्मा दिँदै सरकार उनको आँगनमा आएको थियो । फरक यत्ति थियो…
Read More
अनि सारंगीले मुद्दा जित्यो

अनि सारंगीले मुद्दा जित्यो

मेरी हजुरआमा बित्नुभएको थियो, जब हो कि होइन भन्ने स्तरको रमरम सम्झना जम्मा गर्न सक्ने उमेरमा थिएँ म । त्यस्तै झल्कोजस्तो लाग्ने सम्झना छ— हजुरआमाको, हाम्रो भेगका एक जना चर्चित ‘गाइने’ लालबहादुरले घरको आँगनमा बसेर हजुरबाको कर्खा गाएको र हजुरआमा फलैंचामा बसेर हत्केलामाथि चिउँडो राखेर सुकसुकाइरहनुभएको । धेरैपछि जब घ्याम्पेसाल बजारमा एक दिन लालबहादुरले फेरि गाए हजुरबाको कर्खा, म फेरि पूर्वस्मृतिमा डुबें । हजुरआमाको त्यही हो कि होइनजस्तो सुँक्क–सुक्क सम्झनालाई मनको रिलले घुमाएर ल्यायो । त्यसपछि पृथ्वीनारायण शाहको गोर्खा राज्य विस्तारकालीन चर्चित मणिराम गाइनेका दरसन्तान लालबहादुर समयको एउटा लामो खेलोमा कसरी गोर्खाको पाखोबाट उठेर रेडियो नेपाल आइपुगे, राजा महेन्द्रलाई गीत सुनाए र यताको सानसौकत…
Read More
पक्राउ गरिएका नेपालीबारे भारतले जानकारी दिएन

पक्राउ गरिएका नेपालीबारे भारतले जानकारी दिएन

 दिल्ली प्रहरीको विशेष इकाइले गत सेप्टेम्बर १९ (असोज ३) मा पत्रकार सम्मेलन गरेर भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचना विदेशीलाई दिएको आरोपमा पत्रकार राजीव शर्मालाई पक्राउ गरेको औपचारिक जानकारी दियो ।ती गोप्य सूचना प्राप्त गर्न शर्माका ‘मतियारको भूमिका खेलेका’ दुई विदेशीलाई पनि पक्राउ गरिएको प्रहरीले सुनायो । पक्राउ परेका दुई विदेशीमा क्विङ सी नामकी चिनियाँ महिला र उनका सहयोगी नेपाली नागरिक राज भनेर चिनिने शेरसिंह बोहरा भनी खुलाइएको थियो । उनीहरूमाथि भारतविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको छ । आरोप पुष्टि भए सरकारी गोपनीयता कानुनबमोजिम १४ वर्षसम्म कैद हुन सक्छ ।
Read More
हात्तीमाथि बसेर योग गर्दै गर्दा योगगुरु बाबा रामदेव लडे

हात्तीमाथि बसेर योग गर्दै गर्दा योगगुरु बाबा रामदेव लडे

यूपीको मथुरामा हात्तीमाथि बसेर योग गर्दै गर्दा योगगुरु बाबा रामदेव लडे ।हात्ती हल्लिएको कारण सन्तुलन बिग्रियो र उनी खसे ।यद्यपी उनलाई कुनै चोटपटक भने लागेन ।भाइरल बनेको यो भिडिओ हेर्नुहोस्।
Read More
चीनबाट भएको सीमा अतिक्रमणलाई ढाकछोप गर्न खोज्‍नु राष्ट्रघात : कांग्रेस

चीनबाट भएको सीमा अतिक्रमणलाई ढाकछोप गर्न खोज्‍नु राष्ट्रघात : कांग्रेस

हुम्लामा चिनियाँ पक्षबाट भएको सीमा अतिक्रमणलाई सरकारले ढाकछोप गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ ।  कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी गर्दै सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि सरकार मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको आरोप लगाएका छन् । कुनै पनि छिमेकी मुलुकबाट हुने सीमा अतिक्रमण कांग्रेसलाई अस्वीकार्य हुने बताउँदै सरकारले ढाकछोप गर्न खोज्नु राष्ट्रघात भएको शर्माको टिप्पणी छ । 'सीमा अतिक्रमण उत्तरी मित्रराष्ट्रबाट होस् या दक्षिणीबाट, हामीलाई दुवै अस्वीकार्य छ । हुम्लाको सीमामा चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय हो । झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको…
Read More
कृष्णगोपाल श्रेष्ठ सहरी विकास, पार्वत गुरुङ सञ्‍चार मन्त्री

कृष्णगोपाल श्रेष्ठ सहरी विकास, पार्वत गुरुङ सञ्‍चार मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्‍मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख छ ।  नयाँ मन्त्रिपरिषद्‍मा नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । यसअघिका अर्थमन्त्री युवराज खतिवडाले ६ महिनाभित्र संसद सदस्य बन्न नसकेपछि राजीनामा दिएका थिए । नयाँ हेरफेर अनुसार उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् । यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हालेका पार्वत गुरुङलाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिइएको…
Read More
बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड

 बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरिएको छ  । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो ।कानुनमन्त्री अनिसुल हकले सञ्चार माध्यमहरूसँग कुरा गर्दै संशोधित कानुन राष्ट्रपतिबाट मंगलबार जारी भएपछि तत्काल लागू हुने बताएका छन् । गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । प्रदर्शनमा विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
Read More
अमेजन भारत उत्तर पूर्वमा आफ्नो पहुँच गहिरो छ

अमेजन भारत उत्तर पूर्वमा आफ्नो पहुँच गहिरो छ

अमेजन भारतले उत्तर पूर्वी भारतका 8 राज्यहरूमा आफ्नो डेलिभरी नेटवर्क विस्तारको घोषणा गर्यो । यस क्षेत्रका 60 अमेजन-स्वामित्व र डेलिभरी सेवा साझेदार स्टेशनको नजिक, कम्पनीले यस वर्ष चम्फाई, कोलासिब, लुम्डिंग, पासिघाट जस्ता टाढाका शहरहरू सहित यसको डेलिभरी फुटप्रिन्टमा धेरै नयाँ पिन कोडहरू थपेको छ र मोकोक्चुङ । अमेजनले स्थानीय उद्यमीहरूसँग डेलिभरी सेवा साझेदार कार्यक्रमको हिस्साको रूपमा साझेदारी गरेको छ, यी साना व्यवसायहरूलाई वृद्धि अवसरहरूको साथ सक्षम पार्दै र अमेजन भारतलाई टियर 3 र टियर 4 स्थानहरूमा आफ्नै डेलिभरी सेवाहरूको साथ उत्तर पूर्वमा 4 स्थानहरूमा मद्दत गर्दै । अमेजन भारतको विस्तारित पहुँचले शहरहरूमा ग्राहकहरूलाई सीमलेस किनमेल अनुभव प्रदान गर्नेछ जुन पूर्वी…
Read More