31
Dec
सिक्किमको पेलिङमा स्काईवाक क्षेत्रमा काम गर्ने क्रममा ११ जना मजदुर तल खसेका छन्। जसमा जलपाईगुडीका ५ जना मजदुर सामेल छन्। जसमध्ये २ जनाको मृत्यु भएको छ भने ३ जनाको अवस्था चिन्ताजनक रहेको छ । उनी जलपाईगुडी जिल्लाको सदर ब्लकको बरोपटिया ग्राम पञ्चायतको झाकुवा पाडा र धामीपाडा गाउँका बासिन्दा हुन्। स्रोतका अनुसार मृत्यु हुनेमा रवि राई (३२) का बुबा कर्ण राई र सुधाराम उराँ (४२) बुबा शुक्र उराँउ रहेका छन् । जबकि प्रशान्त राई सहित ३ जना गम्भीर घाइते भएका छन् । घाइते तीनै जनाको सिलगढीको एक निजी अस्पतालमा उपचार भइरहेको छ । शव शनिबार बिहान जलपाईगुडीस्थित उनीहरूको घरमा लगिएको थियो।…
