North-East

सेती अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

सेती अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचारत कोरोना संक्रमित ५७ वर्षीया महिलाको मृत्यु भएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ बस्ने ती महिलालाई असोज १० गते अस्पताल भर्ना गरिएको थियो । बुधबार उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । श्वासप्रश्वासको समस्या समेत बढेपछि उनलाई आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । बिहीबार बिहान साढे ५ बजे उनको मृत्यु भएको छ ।
Read More
२४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ३८ जना कोरोनामुक्त

२४ घण्टामा थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि, ३ हजार ३८ जना कोरोनामुक्त

पछिल्लो २४ घण्टामा बिहीबार थप २ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा १ लाख ६४ हजार ७१८ संक्रमितको संख्या पुगेको छ ।  त्यसैगरी २४ घण्टामा ३ हजार ३८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३८ हजार ९५२ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख १९ हजार ६४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ९ हजार ७६९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ६८९ जना रहेका छन् ।
Read More
सरकारी वकिल कार्यालयमार्फत चौरसिया हत्याको जाहेरी दर्ता

सरकारी वकिल कार्यालयमार्फत चौरसिया हत्याको जाहेरी दर्ता

 मुकेश चौरसिया हत्याको जाहेरी जिल्ला प्रहरी कार्यालय पर्साले लिन नमानेपछि पीडित पक्षले बिहीबार सरकारी वकिल कार्यालयमार्फत कर्तव्य ज्यानको जाहेरी दर्ता गराएका छन् ।  गत बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्दवासिनी गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा शुक्रबार वीरगन्जमा मृत्यु भएको थियो । घटनाको ७ दिन बितिसक्दा पनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेपछि पीडित पक्ष बिहीबार निवेदनसहित जाहेरी लिएर सरकारी वकिल कार्यालय पुगेको थियो । सरकारी वकिल कार्यालयका पदमबहादुर कार्कीले निवेदन दर्ता गरी आवश्यक कारबाहीका लागि जाहेरी जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको बताए । ‘मुद्दा दर्ता र अनुसन्धान गर्ने जिम्मा प्रहरीको हो,’ उनले भने,…
Read More
फेसबुकको भारत नीति हेर्ने  दिइन् राजीनामा

फेसबुकको भारत नीति हेर्ने दिइन् राजीनामा

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्।घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्। मुस्लिमविरोधी पोस्टहरूको हकमा भारतको सत्तारूढ दलका समर्थकहरूले घृणा फैलाउने अभिव्यक्ति रोक्ने आफ्ना नीति उल्लङ्घन गर्ने गरे पनि फेसबुकले त्यसप्रति नरम रवैया अपनाएको द वाल स्ट्रीट जर्नलले आरोप लगाएको थियो। अङ्खी दासले विवादास्पद निर्णयहरू गरेको र उनी राजनीतिक रूपमा पूर्वाग्रही भएको पनि उक्त पत्रिकाले आरोप लगाएको थियो।
Read More
आसाममा केएफसी भारतले समुदायलाई समर्थन गर्दछ

आसाममा केएफसी भारतले समुदायलाई समर्थन गर्दछ

केएफसी भारतले आसाममा उनीहरूको 'मिलियन फिड' को हिस्साको रूपमा समुदायहरूलाई समर्थन विस्तार गर् यो । ब्रान्डले जारी महामारीको समयमा जीविका र किफायती खाना कमाउन संघर्ष गरिरहेका प्रवासी कामदारहरू र दैनिक ज्यालादारी कमाउनेहरूलाई खाना प्रदान गर्यो । आसामका शहरहरूमा आवश्यक खाना र स्वच्छता वस्तुहरूको वितरण मार्फत 1,50,000 भन्दा बढी खानाहरू प्रदान गरिएको थियो । केएफसी भारतले प्रभावित समुदायलाई आवश्यकतामा 1 मिलियन खाना दिने प्रतिबद्धतासहित वर्षको सुरुमा 'फिड एक मिलियन' को घोषणा गरेको थियो । लकडाउनको म्याद कायमै रहेकाले ब्राण्डले प्रतिबद्धता दोब्बर बनायो र अहिले देशभर 2 लाखभन्दा बढीको खाना वितरण सम्पन्न गरेको छ । जवाफदेहीताको साथ साझेदार गर्दै गुवाहाटी, कोक्रझार, सोनापुर…
Read More
राजधानीको वायु ‘अति प्रदुषित’ अवस्थामा

राजधानीको वायु ‘अति प्रदुषित’ अवस्थामा

राजधानी नयाँदिल्ली सहरको वायु अति प्रदुषित अवस्थामा पुगेको छ ।दिल्ली प्रदुषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँदिल्लीको वायुमण्डलमा प्रदुषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । रोहिणीमा ३४६, आरके पुराममा ३२९, आनन्द विहारमा ३७७ र मुँड्कामा ३६३ वायु गुणस्तर सूचक (एक्वुआई) रहेको समितिले जनाएको छ । यो सूचकले चार ओटै ठाउँको अवस्था अति प्रदुषित देखाएको अधिकारीहरुले जनाएका छन् । वायु गुणस्तर सूचक शून्यदेखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म प्रदुषित, ३०१ देखि ४०० सम्म अति प्रदुषित र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ । केन्द्रीय प्रदुषण नियन्त्रण वोर्डले…
Read More
वर्मोरा ग्रानिटोले रु. लगानी गर्ने दुई बिरुवामा 300 करोड

वर्मोरा ग्रानिटोले रु. लगानी गर्ने दुई बिरुवामा 300 करोड

भारतको अग्रणी टायल र बाथवेयर ब्रान्ड मध्ये एक वर्मोरा ग्रानिटो प्रा लिले गुजरातको मोर्बीमा दुई राज्य-कला उच्च-प्रविधिको बिरुवाहरू स्थापना गर्दैछ । कम्पनीले ठूला ढाँचाको जीभीटी टायलका लागि प्रतिदिन 35,000 वर्ग मिटर सुविधामा करिब 300 करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको छ । कम्पनीले अप्रिल 2021 सम्ममा बिरुवा पूर्ण रूपमा व्यवसायिक रूपमा सञ्चालन हुने अपेक्षा गर्दछ र 1,200 प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसरहरू उत्पन्न गर्नेछ । नवप्रवर्तन, डिजाइन र प्रविधिको 25 वर्षे उत्सव मनाउँदै कम्पनीले रु. 25 लाख पुर्याउने लक्ष्य राखेको छ । आगामी 2-3 वर्षमा 1,600 करोड राजस्व गुजरातका मुख्यमन्त्री श्री विजयभाई रुपनीको हातमा अक्टोबर 27 मा गुजरातको गान्धीनगर, गुजरातमा…
Read More
तस्बिरमा हेर्नुहोस् कलाकारको दसैं

तस्बिरमा हेर्नुहोस् कलाकारको दसैं

कोरोनाको त्रासबीच पनि सर्वसाधरणले घरमै दसैं मनाएका छन् । अधिकांश कलाकारले सरकारले भनेझैं आफू जहाँ छन् त्यहीँ दसैं मनाए । यसपालि धेरैको दसैं परिवारभित्रै सीमित भएको देखिन्छ । कलाकार एवं निर्माता दीपकराज गिरीले यसपालि परिवारका पाँच सदस्यसँग दसैं मनाएका छन् । फेसबुकमा उनले लेखेका छन्,'आशीर्वाद २०७७ ! ४० जनाको परिवार यो पल्ट परिस्थितिले ५ जनाको बनायो । संख्या कम भयो होला आशीर्वाद कम भएन ।' छोरा अनमोल केसीलाई टिका लगाइदिएको तस्बिर राख्दै भुवन केसीले लेखेका छन्,'मेरो सम्पूर्ण परिवारलाई विजया दशमीको शुभकामना । सुरक्षित दसैं मनाऔं ।' तस्बिरमा छोरा अनमोल र भुवनले मास्क लगाएका छन् । दसैंमा सधै स्टेज कार्यक्रममा व्यस्त…
Read More
आइसोलेसनमा बस्‍नेहरुले पनि टीका लगाएर मनाए दसैं

आइसोलेसनमा बस्‍नेहरुले पनि टीका लगाएर मनाए दसैं

कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाहरुलाई आइसोलेसनमै बसेकी ज्येष्ठ नागरिक वृद्धाले साइत अनुसार टीका लगाइदिएर आशिर्वाद दिएकी छिन् । टीका लगाइदिनका लागि इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतम र कोरोना नियन्त्रण तथा रोकथाम उपसमिति संयोजक वडा नम्बर ९ का वडाध्यक्ष भूपेन्द्र बरालले दहीमा मुछेको टीका, जमरा, मीठाई लिएर इटहरी आइसोलेसन पुगेका थिए । कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका कतिपयमा दसैंजस्तो चाडबाडमा परिवारबाट अलग रहनु पर्दा न्याश्रो हुने, मानसिक तनाव व्यहोर्नु पर्ने भएकाले आत्मबल बढाउन, सान्तवना दिन टीका, जमरा र मिठाइ लिएर आइसोलेसन सेन्टर पुगेको उपमेयर गौतमले बताइन् । उनले भनिन्,'चाडबाडको बेला आइसोलेसनमा बस्नु भनेको कति पीडादायी हुन्छ ? त्यो त आइसोलेसनमा बस्नेलाई मात्र थाहा हुन्छ ।…
Read More
राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने

राष्ट्रपतिबाट शक्तिपीठ दर्शन र सर्वसाधारणलाई टीका कार्यक्रम नहुने

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दसैंको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन तथा विजयादशमीको दिन सर्वसाधारणलाई टीका प्रदानको कार्यक्रम स्थगन गरेकी छन् । विगतका दसैंमा उक्त परम्परा रहेकामा यस पटक विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
Read More