North-East

भारतीयहरू अरूभन्दा बढी कोभिड-१९ प्रतिरोधी छन्?

भारतीयहरू अरूभन्दा बढी कोभिड-१९ प्रतिरोधी छन्?

दशौँ लाख भारतीयहरूसँग सफा खानेपानीको पहुँच सीमित छ, उनीहरू अस्वस्थ खानेकुरा खान्छन्, प्रदूषित हावामा सास फेर्छन् र सघन बस्तीमा बसोबास गर्छन्। अनुसन्धानकर्ताहरूका अनुसार यी अवस्थाले उनीहरू मुटुरोग, श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर र मधुमेहको जोखिममा पर्दै आएका छन्। यी अवस्थाले रोगको भार भारतीयहरूमा धेरै देखिएको सरकारी प्रतिवेदनमा पनि उल्लेख छ। वायू प्रदूषण एक्लैले हरेक वर्ष १० लाखभन्दा धेरै भारतीयको ज्यान जाने गरेको बताइन्छ। विश्व स्वास्थ्य सङ्गठनले कोभिड-१९ बाट जोगिन सफा खानेपानी, सरसफाइ तथा स्वास्थ्यकर परिस्थिति अत्यावश्यक भएको बताएको छ।
Read More
पछिल्लो २४ घण्टामा थपिए २ हजार ९ सय ३३ कोरोना संक्रमित, ३ हजार १ सय ५० डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए २ हजार ९ सय ३३ कोरोना संक्रमित, ३ हजार १ सय ५० डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ५० जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या हालसम्म ३७ हजार ५२४ छ । मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ६९ हजार ८१२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार…
Read More
‘विद्रोही’ प्रधानमन्त्री ओली !

‘विद्रोही’ प्रधानमन्त्री ओली !

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई आइतबार सहजै भनिदिए, ‘सँगै बस्न सकिन्न भने अलगअलग जाऔं । तपाईंले कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु ।’  आफ्नो पद नै धरापमा पर्ने सम्भावना भए पनि उनी कुनै विद्रोही नेताजस्तै आफ्नो पार्टी फुटाउने धम्की दिन सक्छन् । आगामी परिणाम जे होला, त्यसलाई काबुमा राख्न सक्ने गरी उनी ‘ओभर कन्फिडेन्ट’ देखिन्छन् । तपाईंलाई लाग्न सक्छ, के प्रधानमन्त्री विद्रोही हुन सक्छन् ? प्रधानमन्त्री ओलीको कार्यशैलीलाई के भन्नुहुन्छ ? के उनको सरकार सञ्चालनको कार्यशैली कुनै विद्रोही नेताभन्दा फरक छ ? यी प्रश्नको उत्तर खोज्ने हो भने प्रधानमन्त्री कुनै विद्रोही नेताभन्दा कम छैनन् । उनको…
Read More
कांग्रेसमा सहमति निस्केन, मंगलबार पनि बैठक बस्ने

कांग्रेसमा सहमति निस्केन, मंगलबार पनि बैठक बस्ने

कांग्रेसको सोमबार बसेको अनौपचारिक बैठकले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने ठोस समझदारी बनाउन सकेन । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय र गतिविधिबाट महाविधेशन निष्पक्ष हुनेमा आशंका उठाउँदै गत असोज ११ गते पार्टी केन्द्रीय कार्यालयमा १६ बुँदे ज्ञापन पत्र दर्ता गराएका थिए । ज्ञापनपत्रमा विधान विपरितका सबै काम उल्टाउनु पर्ने माग पौडेल पक्षले राखेको छ । केन्द्रीय कार्यसमितिको बैठक अघि आफूहरुको माग सम्बोधन हुनुपर्ने अडान पौडेल पक्षले राखेपछि देउवाले सोमबार पदाधिकारी, पूर्व पदाधिकारीसहितको बैठक डाकेका हुन् । केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बोलाइएको छ । बैठकमा पौडेल पक्षले राखेको ज्ञापनपत्रको बुँदागत छलफल हुनुको साथै आशंकाहरु मेट्ने काम भएको संस्थापन…
Read More
अमेरिका निर्वाचनमा कति डलर खर्च हुन्छ?

अमेरिका निर्वाचनमा कति डलर खर्च हुन्छ?

हुनुभन्दा एक-दुई वर्षअघि नै चुनावी अभियान र सुरु हुन्छ। अनि त्यसमा अर्बौँ डलर खर्च हुन्छ। कोरोनाभाइरस महामारीले यो वर्षको निर्वाचन चक्र केही फरक देखिएको छ। तर नोभेम्बर ३ मा हुने मतदानअघि ठूलो रकम खर्च भइरहेको छ।सन् २०१६ को निर्वाचन अभियानमा झन्डै ६.५ अर्ब डलर खर्च भएको अनुमान गरिएको छ।त्यो खर्च कसले बेहोर्‍यो? अनि यसपालि कति खर्च होला त?
Read More
संविधान कुल्चेर समृद्धिका खोक्रा नारा

संविधान कुल्चेर समृद्धिका खोक्रा नारा

नेपालमा कोभिड–१९ महामारी सुरु भएयता सर्वोच्च अदालतले यसको नियन्त्रण, जनस्वास्थ्य एवम् सुरक्षा र विदेशमा अलपत्र परेकाहरूको मुलुक फर्कन पाउने मौलिक अधिकारको प्रत्याभूति गर्ने लगायतका विषय कार्यान्वयनका लागि सरकारका नाममा कम्तीमा आधा दर्जन फैसला वा आदेशहरू दिएको छ । तर तिनलाई वर्तमान सरकारले कार्यान्वयन नगरेको मात्र होइन, खुलेआम चुनौती दिएको छ । संविधानले परिकल्पना गरेका निकायहरूमा पदाधिकारीहरू नियुक्त भएका छैनन् । महामारी नियन्त्रणकै नाममा पनि कानुनले नचिनेका ऐंजेरु संस्थाहरू निरन्तर थपिएका छन् । राज्य सञ्चालकहरूको प्राथमिकता जनताका दुःख र महमारीको अझै बढ्दो भयभन्दा दूर, पद र स्वार्थ बाँडफाँटमा मात्र केन्द्रित छ । संविधानका प्रावधान र सर्वोच्च अदालतका फैसलासमेत कार्यान्वयन गराउने र त्यसो हुन नसक्दा दोषभागीलाई…
Read More
नेकपा विभाजन हुन सक्ने प्रधानमन्त्रीको चेतावनी

नेकपा विभाजन हुन सक्ने प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका छन् । सचिवालयका केही सदस्यसहित आफू निकट नेताहरुसँग खुमलटारमा छलफल गरेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका हुन् । प्रधानमन्त्री ओलीसँगको भेट र त्यहाँ भएका विषयबस्तुबारे जानकारी दिन दाहालले वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापालाई खुमलटार बोलाएर थप कदमबारे परामर्श गरेका थिए । ‘प्रधानमन्त्रीले सचिवालय बैठक पनि बोलाउदिनँ, तपाईंहरुले जुनसुकै कमिटीको बैठक बोलाएर बुहमतले निर्णय गरे पनि त्यसलाई मान्दिनँ । कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु । एकै ठाँउ बस्न सकिन्नँ…
Read More
देहरादून घटना: निकम्मा देखिने कूटनीतिक पहुँच र संयन्त्र

देहरादून घटना: निकम्मा देखिने कूटनीतिक पहुँच र संयन्त्र

दिल्लीबाट एक बिहानको रेल्वे यात्रामा पुग्‍न सकिने उत्तराखण्डको देहरादूनस्थित बौद्धशिक्षा आधारित एक बोर्डिङमा नेपाली विद्यार्थीमाथि भएको कुटपिट र अमानवीय व्यवहारको घटना बाहिर आएपछि दिल्लीमा रहेका नेपाली राजदूत र काठमाडौंमा परराष्ट्र मन्त्री दुवैले ‘यसबारे ध्यानाकर्षण’ भएको ट्वीट सूचना बाहिर ल्याए । गत सोमबार भएको कुटपिटको खबर बिहीबार मिडियामा आएपछि हरिद्वार, ऋषिकेश र देहरादूनको नेपाली समाजका प्रतिनिधिले आफ्नै स्रोत तथा पहुँचका भरमा बिहीबार दिनभर लगाएर उक्त बोर्डिङ शाक्य एकेडेमीका सञ्चालक समूहसँग वार्ता गरे । वार्तापछि एकेडेमी प्रिन्सिपल छिरिङ छोदेनले ऊक्त घटनाप्रति क्षमायाचना माग्दै विद्यार्थीको इच्छाअनुसार घर फिर्ता पठाइने लिखित प्रतिबद्धता जनाइन् । उत्तराखण्डका सबै मुख्य पत्रपत्रिका, श्रव्यदृश्य माध्यममा विद्यार्थीमाथि भएको हर्कतको निन्दासहित प्राथमिकताका समाचार आइरहेकै बेला उत्तराखण्ड…
Read More
हरिवंशको कोरोना अनुभव : ‘नेगेटिभ आए पनि म ‘कोरोना फ्रि’ भएको छैन’

हरिवंशको कोरोना अनुभव : ‘नेगेटिभ आए पनि म ‘कोरोना फ्रि’ भएको छैन’

कोरोना लागिहाल्छ कि ! धेरैलाई झैं कलाकार हरिवंश आचार्यलाई पनि यो डर थियो । मनको डरमाथि आत्मबल बलियो पार्दै आफैँलाई भन्थें, 'मलाई कोरोना लाग्दैन' । उनकै शब्दमा सावधानी अपनाउन कतै चुकेकै थिएनन् । सामाजिक दूरी कायम गर्थे । साबुनपानीले हात धुन्थे, ‍स्यानिटाइजर प्रयोग गरिरहन्थें । बिहान तरकारी किन्न जाँदा पैसाका लागि अर्को प्लाष्टिकको झोला बोक्थे । फिर्ता आएको पैसा त्यसैमा राख्थे । त्यो पैसा २ दिनपछि स्यानिटाइजर लगाएर मात्रै प्रयोग गर्थे । सावधानी अपनाउँदा अपनाउँदै कसरी कोरोना लाग्यो, उनलाई थाहा छैन । 'मैले धेरै सम्झिन खोजें, कसरी सर्‍यो भनेर तर पत्ता लगाउन सकिनँ,' उनी सुनाउँछन् । पत्नी रमिलाको स्वाद नहराएको भए उनले कोरोनाको परिक्षण गर्ने…
Read More
‘नियन्त्रणमा लिइएको चामल खाद्य कम्पनीकै’

‘नियन्त्रणमा लिइएको चामल खाद्य कम्पनीकै’

भक्तपुर लैजाँदै गर्दा नियन्त्रणमा लिइएको चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालयले पठाएको चामलको नमूना परीक्षण गरेपछि कम्पनीको सुर्खेतस्थित कार्यालयले उक्त जानकारी दिएको हो । ‘प्रहरीले नियन्त्रणमा लिएको चामलको नमुना हामी (कम्पनी) सँग रहेको जापानी चामलसँग मिलेको छ,’ कार्यालय प्रमुख माधव मिश्रले कान्तिपुरसँग भने, ‘प्रारम्भिक रुपमा हामीले प्रहरीलाई यही रिपोर्ट दिने छौं ।’ सरकारी अनुदानको जापानी चामल बजारमा नपाइने उनले बताए । बिहीबार सुर्खेत प्रहरीले वीरेन्द्रनगरस्थित दुर्गा भगवती इन्टरप्राइजेजको नाममा भक्तपुर पठाउन लागिएको २ सय ५० क्विन्टल चामल सुब्बाकुनाबाट नियन्त्रणमा लिएको थियो । इन्टरप्राइजेजका प्रोप्राइटर रहेका वासुदेव शर्मा अर्को व्यावसायिक फर्म शर्मा निर्माण सेवाका समेत मालिक हुन् । शर्मा निर्माण खाद्य…
Read More