02
Nov
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई आइतबार सहजै भनिदिए, ‘सँगै बस्न सकिन्न भने अलगअलग जाऔं । तपाईंले कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु ।’ आफ्नो पद नै धरापमा पर्ने सम्भावना भए पनि उनी कुनै विद्रोही नेताजस्तै आफ्नो पार्टी फुटाउने धम्की दिन सक्छन् । आगामी परिणाम जे होला, त्यसलाई काबुमा राख्न सक्ने गरी उनी ‘ओभर कन्फिडेन्ट’ देखिन्छन् । तपाईंलाई लाग्न सक्छ, के प्रधानमन्त्री विद्रोही हुन सक्छन् ? प्रधानमन्त्री ओलीको कार्यशैलीलाई के भन्नुहुन्छ ? के उनको सरकार सञ्चालनको कार्यशैली कुनै विद्रोही नेताभन्दा फरक छ ? यी प्रश्नको उत्तर खोज्ने हो भने प्रधानमन्त्री कुनै विद्रोही नेताभन्दा कम छैनन् । उनको…
