05
Nov
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा परम्परागत रूपमा नै मतपरिणामको रात भनिने गरिएको समयावधि अब लम्बिएर मतपरिणामको सप्ताह होला जस्तो देखिएको छ।चुनावमा निर्णायक विजय हासिल गर्नका लागि उम्मेदवारहरूको हकमा के के हुनुपर्छ त अब? मतदानको दिनभन्दा अगाडि गरिएका वैचारिक मत सर्वेक्षणहरूले प्रस्तुत गरिएका नतिजाहरूमा जो बाइडनको सहज जित हुने आकलन देखि लिएर झिनो मतान्तरले डोनल्ड ट्रम्पको विजय हुनेसम्मका प्रक्षेपणहरू थिए। तिनमा डोनल्ड ट्रम्पले कुल राष्ट्रव्यापी बहुमत हासिल गर्नुको साटो इलेक्टरल कलेजको ठूलो मतसङ्ख्याका कारण विशेष महत्त्व पाएका सङ्ग्रामस्थल निर्वाचन क्षेत्र भनिएका राज्यहरूमा जित हासिल गरेर आफ्नो पुन:नियुक्ति गर्न सक्ने कुराहरू पनि थिए रातभरिमा पनि नसकिएर लम्बिन पुगेको मतगणनाको समयावधिपछि जो बाइडनले ल्यान्डस्लाइड अर्थात्…
