06
Nov
नेकपा सचिवालयको अनौपचारिक बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई औपचारिक बैठकका लागि सामूहिक आग्रह गर्ने निष्कर्ष निकालेको छ । पार्टी कार्यालय धुम्बाराहीमा शुक्रबार बसेको सचिवालयको बैठकले अर्का अध्यक्ष ओलीसँग सामूहिक भेटेर बैठकका लागि आग्रह गर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार पार्टीको औपचारिक बैठक बोलाउन कार्यकारी अध्यक्षले मिल्ने भए पनि एकतालाई ध्यान दिँदै अर्का अध्यक्ष ओलीको सहमतिमै बैठक बोलाउने नेताहरुबीच सहमति भएको छ । बैठकमा अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए । तर, प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली, सचिवालय सदस्य रामबहादुर थापा, ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल भने सहभागी…
