09
Nov
पर्सा प्रहरीले १६ लाख रूपैयाँसहित एक भारतीय नागरिकलाई सोमबार पक्राउ गरेको छ । ना ६४ प ९०५६ नम्बरको मोटरसाइकलमा सवार भारत विहारको रक्सौल निवासी कृष्णकुमार जैनको साथबाट १६ लाख रूपैयाँ बरामद भएको हो । उनलाई वीरगन्ज महानगरपालिका ७ माईस्थान अगाडिबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरले जानकारी दिए । उनका अनुसार अवैध वित्तीय कारोबार (हुण्डी) भइरहेको छ भन्ने खबर प्राप्त भएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको रकम बरामद गरेको हो । जैनलाई बैंक तथा वित्तीय ऐन सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी कुँवरले जनाए ।
