24
Nov
दोलखा भीमेश्वर मन्दिरमा रहेको शिलामा मंगलबार दिउँसो ‘पसिना’ आएको छ । दिउँसो १ बजेर ४३ मिनेटदेखि २ बजेर ५४ मिनेटसम्म शिलामा ‘पसिना’ आएको भीमेश्वर नगरपालिका—२ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए । त्यसपछि पुन: दोहार्याएर ‘पसिना’ आएको थियो । भीमेश्वरको शिलामा पसिना आएपछि भक्तजनहरु मन्दिर परिसरमा भेला भएर घण्टी बजाउने, धूप बत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले शिलामा हम्कने गर्छन् । भीमेश्वरको शिला (चट्टान)मा पानीका कालो थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको विश्वास गर्ने गरिएको छ । कोरोना महामारीका कारण बन्द भएको मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीयलाई खबर गरेपछि जिल्ला प्रशासनका प्रतिनिधि, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी, नेपाल सेना दोलखाका…
