North-East

पार्टी दुई तिहाई नजिक हुँदाहुँदै पनि कांग्रेससँग हार-गुहार गर्नुपर्ने ! [अन्तर्वार्ता]

पार्टी दुई तिहाई नजिक हुँदाहुँदै पनि कांग्रेससँग हार-गुहार गर्नुपर्ने ! [अन्तर्वार्ता]

नेकपामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष एवं वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच धुव्रीकरण भइँरहदा हरिवोल गजुरेलसहितका केही नेता भेटघाटमा जुटेका छन् । उनीहरुले आइतबार प्रधानमन्त्री ओली र सोमबार कार्यकारी अध्यक्ष दाहालसँग भेट गरे । पार्टीलाई फुटबाट बचाउनु पर्छ, सरकार र पार्टीको काम प्रभावकारी बनाउनुपर्छ भन्ने पक्षमा हो । अहिले फुट भयो भने राष्ट्रलाई नै दुर्घटनातिर लैजान्छ । जनतामा ठूलो निराशा पैदा हुन्छ । जेजति परिवर्तन भएका छन्, त्यसमाथि नै प्रश्न खडा हुनसक्छ । परिवर्तन विरोधी, कम्युनिष्ट विरोधीलाई खुशीको हुन्छ । तर, राष्ट्र र जनताका पक्षमा उभिनेहरुका लागि दुखदायी हो । जनताको लागि के–के गर्दा पार्टी फुटबाट जोगिन सक्छ, त्यहीँ–त्यहीँ गरिराखेका छौं । दौडधुप…
Read More
नेकपा विवाद : संवाद ठप्प, गुटबन्दी चुस्त

नेकपा विवाद : संवाद ठप्प, गुटबन्दी चुस्त

आरोप-प्रत्यारोपकाबीच विवाद बढ्दै जाँदा नेकपाका दुई समूहका शीर्ष नेताबीच संवाद ठप्प भएको छ । तर, दस दिनका लागि सचिवालय बैठक स्थगित गरेका शीर्ष नेता समूहगत छलफल र रणनीतिमा निर्माणमा भने व्यस्त छन् । दुवै पक्षबीचको संवादहीनता र यसबीचमा उनीहरुले गरेको तयारीले मंसिर १३ को सचिवालय बैठकपछिको नेकपा राजनीति थप टकरावपूर्ण र जटिल हुने सम्भावना बढेको छ । पछिल्लोपटक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी सचिवालयमा प्रवेश गरेका दुवै अध्यक्षका पत्र र दाहालको राजनीतिक प्रस्तावलाई छलफलका लागि तल्ला तहसम्म पठाएपछि नेकपाभित्र बढ्दो टकराव सतहमा आएको हो । पार्टी विवाद मिलाउन दोस्रो तहका केही नेताहरुको दौडधूप चले पनि गुटगत…
Read More
राष्ट्रपति निर्वाचित जो बाइडनलाई सत्ता हस्तान्तरण सुरु गर्न डोनल्ड ट्रम्प तयार

राष्ट्रपति निर्वाचित जो बाइडनलाई सत्ता हस्तान्तरण सुरु गर्न डोनल्ड ट्रम्प तयार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुनसक्ने स्वीकार गरेका छन्।उनले त्यसका निम्ति जिम्मेवार सङ्घीय निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए) लाई 'गर्नुपर्ने आवश्यक काम गर्न' सिफारिस गरेको बताए। तर चुनावको परिणामविरुद्ध आफ्नो कानुनी लडाइँ जारी रहने ट्रम्पको भनाइ छ।जीएसएले पनि बाइडनलाई 'स्पष्ट विजेता'को रूपमा आफूले स्वीकार गरेको जनाएको छ। अमेरिकी राज्य मिशिगनमा राष्ट्रपति निर्वाचित जो बाइडनको जित औपचारिक रूपमा प्रमाणित भएसँगै मत परिणामलाई चुनौती दिने डोनल्ड ट्रम्पको प्रयासमा गम्भीर धक्का लागेको छ।जीएसएले बाइडन समूहलाई प्रक्रिया सुरु गर्ने भनी जानकारी दिएपछि ट्रम्पले ट्वीट गरेका छन्। ट्रम्पद्वारा नियुक्त प्रशासक इमिली मर्फीले राष्ट्रपति निर्वाचित बाइडनका…
Read More
मनोज गजुरेलको कोरोना अनुभव : सरकारले भनेझैं श्वास फेर्न गाह्रो हुन्जेल कुरें

मनोज गजुरेलको कोरोना अनुभव : सरकारले भनेझैं श्वास फेर्न गाह्रो हुन्जेल कुरें

 'ओह्हो ! गजुरेल सर पनि आउनु भो, के हो दुनियाँलाई हसाउने मान्छे आफू रुँदै आए त,' कात्तिक १० मा बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा पुग्दा कोरोनाका बिरामीले यसो भन्दै मनोज गजुरेलको स्वागत गरे । श्वास फेर्न नसकेर छटपटिँदै अस्पताल पुगेका उनले नमीठो मुस्काउनसहित भनिदिए,'हजुर हो'। कोरोनाबाट भर्खरै तंग्रिएका उनीहरु एकपछि अर्को विषय निकाल्दै मनोजसँग एकतर्फी बोलिरहे । मनोजलाई भने भित्रभित्रै लागिरहेको थियो, 'धेरै नबोलिदिए हुन्थ्यो' । अस्पतालको शय्यामा घोप्टो परेर त कहिले कोल्टे फेर्दै श्वाससँग संघर्षरत उनलाई बोल्न पनि श्वासकै अभाव थियो त्यो समय । मनोजका दाइ धिरेन्द्र एयरपोर्टमा काम गर्छन् । असोज २७ मा दाइलाई ज्वरोले च्याप्यो । सामान्य ज्वरो ठाने परिवारका सबैले । केहि दिनपछि…
Read More
चामल अनियमितता प्रकरण : शर्मालाई ३ लाख ५९ हजार धरौटी

चामल अनियमितता प्रकरण : शर्मालाई ३ लाख ५९ हजार धरौटी

मुगुको लागि आएको सरकारी अनुदानको चामल भक्तपुर पठाउने व्यापारीलाई जिल्ला प्रशासन कार्यालयले सोमबार धरौटीमा छाड्न आदेश दिएको छ । आइतबार दर्ता भएको कालोबजारी सम्बन्धी मुद्दाको प्रारम्भिक सुनुवाइपछि कार्यालयले यस्तो आदेश दिएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी रोम महतका अनुसार चामल ढुवानीकर्ता बासुदेव शर्मालाई ३ लाख ५९ हजार ५ सय रुपैयाँ र ट्रक चालक वीरेन्द्रकुमार थापालाई त्यसको आधा रकममा धरौटीमा छाड्न आदेश दिइएको हो । जिल्ला न्यायाधिवक्ताको कार्यालयले कालोबजार तथा केही अन्य सामाजिक तथा सजाय ऐन–२०३२ को दफा ४ अनुसार अधिकतम २ लाख ५० हजार रुपैयाँ जरिबाना र १ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो । कार्यालयले मुद्दा विचाराधीन…
Read More
ललितानिवास जग्गा प्रकरण : पूर्वमन्त्री जोशीलाई विशेष अदालतले साधारण तारेखमा छोड्यो

ललितानिवास जग्गा प्रकरण : पूर्वमन्त्री जोशीलाई विशेष अदालतले साधारण तारेखमा छोड्यो

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको मुद्दा लागेका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेव जोशीलाई विशेष अदालतले साधारण तारेखमा छोडेको छ । सोमबार विशेष अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र बोलेन्द्र रुपाखेतीको इजलासले पूर्वमन्त्री जोशीलाई साधारण तारेखमा छोड्ने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए । 'उहाँ आफैं उपस्थिति हुनुभएको थियो । उहाँलाई साधारण तारेखमा छोड्ने आदेश भएको छ,' उनले भने । प्रवक्ता पाण्डेका अनुसार हालसम्म उक्त प्रकरणका ५० भन्दा बढी प्रतिवादी विशेष अदालतमा उपस्थित भइसकेका छन् । ललिता निवास प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १७५ जनालाई प्रतिवादी बनाएर अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । छोटो समयका लागि भूमिसुधारमन्त्री भएका…
Read More
नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार ४३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको २ लाख २ हजार ६७ पुगेको छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २२ हजार २८८ रहेको छ ।
Read More
अरुणाचल प्रदेशमा बैजुका विद्यार्थीको सफलता

अरुणाचल प्रदेशमा बैजुका विद्यार्थीको सफलता

विश्वकै चिरपरिचित एडटेक कम्पनी बैजुका विद्यार्थीले फेरि सीबीएसई बोर्ड परीक्षामा ठूलो सफलता हासिल गरेका छन् । टेङ्गा भ्यालीको सेन्ट्रल स्कुलकी छात्रा स्वर्णश्री विश्वासले CBSE standard 97 को बोर्ड परीक्षामा जिल्ला मेरिट लिस्टमा 97 % प्रथम स्थान हासिल गरेकी छिन् । उनले मेरिट सूचीमा महत्वपूर्ण स्थान मात्र होइन । उनीजस्तै अन्य विद्यार्थी पनि बैजु 'उ' मा सामेल भएर उनीहरूको सफलता सुनिश्चित गरे । बैजुको शिक्षण विधिले विद्यार्थीलाई सहजै सिक्न मद्दत गर्छ । बैजुका सह-संस्थापक तथा शिक्षिका दिव्या गोकुलनाथले स्वर्णश्री विश्वासलाई बोर्ड परीक्षामा सफलता हासिल गरेकोमा बधाई दिए । उनले भने, यो बैजुको गर्वको क्षण हो । बैजु ' से ले विद्यार्थीलाई…
Read More
द स्टाइल आइकन 2k20: डिसेम्बरमा ग्रान्ड फिनाले

द स्टाइल आइकन 2k20: डिसेम्बरमा ग्रान्ड फिनाले

स्टाइल आइकन एसआर मोडलिङ स्टुडियोद्वारा आयोजित पश्चिम बंगालको सबैभन्दा ठूलो पृष्ठन्ट / मोडेल हन्ट हो । स्टाइल आइकन 2 k 20 सस्क्लिकद्वारा प्रस्तुत गरिएको छ, सन्दीपजी रियल इस्टेट प्राइभेट लिमिटेडद्वारा संचालित र इम्पोरियम मार्केटिंग प्राइभेट लिमिटेडद्वारा सह-संचालित । कार्यक्रम यस वर्ष एक नयाँ अवधारणाको साथ फिर्ता आएको छ - 'ग्रीन फर विन' । The Style Icon को उत्प्रेरणा समारोह सिलिगुडीको वाकर्स भिलेजमा 17 नोभेम्बरमा आयोजित थियो, जहाँ प्रायोजक, फेसन डिजाइनर, 50 भन्दा बढी उम्मेदवार र द स्टाइल आइकनका प्रोफेसनल मोडलहरू उपस्थित भएका थिए । आयोजक टिम र The Style Icon 2 k 19 का उपाधीबाहकहरु बाट उम्मेदवारहरुले धेरै नयाँ कुरा…
Read More
टाईडले सबैभन्दा ठूलो नि: शुल्क उत्पादन परीक्षाहरूको लक्ष्य लिएको छ

टाईडले सबैभन्दा ठूलो नि: शुल्क उत्पादन परीक्षाहरूको लक्ष्य लिएको छ

बजेटमा फिट हुने ठूलो सफाई गर्ने वाचाका साथ सेप्टेम्बरमा नयाँ 'पहेंलो' टाईड सुरु गरिएको थियो । टाईड इन्डिया, पी एण्ड जी बाट भारतमा अग्रणी कपडा स्याहार ब्रान्डहरू मध्ये एक, दर्शकको संलग्नता पुन: परिभाषित गर्न र उपभोक्ताको अनुभव बढाउन, यसको नयाँ उत्पादन टाईड ताजा र सफाको लागि आफ्नो नवीनतम निःशुल्क इन-स्टोर उत्पादन अनुभवी अभियानको साथ । यस नमूना ड्राइभको साथ, टाईडले धेरै भन्दा धेरै मानिसहरूलाई नयाँ उत्पादन प्रयास गर्न प्राप्त गर्ने लक्ष्य लिएको छ । ब्रान्डले निःशुल्क नमूनाहरूको साथ 20 लाख भन्दा बढी उपभोक्ताहरूको संलग्नता रहेको प्रक्षेपण क्षेत्रहरूमा 2-लाख भन्दा बढी स्टोरहरूमा पुग्ने सबैभन्दा ठूलो निःशुल्क उत्पादन परीक्षणहरू मार्गदर्शन गर्ने लक्ष्य…
Read More