North-East

बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाचा

बाइडनले पद सम्हालेको सय दिनमा १० करोडलाई खोप दिने बाचा

अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्। उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड-१९ को बाटो भने मोड्ने बताए।उनले आफ्ना रणनीतिबारे थप बताएका छैनन्। २० ज्यानुअरीमा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई '१०० दिनसम्म मास्क लगाउन' आग्रह गरे।
Read More
सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८,८४८.८६ मिटर

सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८,८४८.८६ मिटर

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सार्वजनिक गरेका हुन् । नेपाल सरकार र चीन सरकारी टोलीद्वारा छुट्टाछुट्टै रूपमा सगरमाथाको उचाइ मापन गरी प्रतिवेदन दुवैतर्फका प्राविधिकलाई बुझाइएको थियो । मंगलबार नापी विभागमा भूमि सुधार मन्त्रालयका टोलीसहित परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र चीनमा चिनियाँ विदेश मन्त्री वाङ यी लगायतको टोलीद्वारा भर्चुअल रूपमा संयुक्त रूपमा नयाँ उचाइ सार्वजनिक गरिएको हो । सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो ।…
Read More
ठेकेदार सम्पर्कविहीन हुँदा ६५ किमि प्रसारण लाइन विस्तारको काम अलपत्र

ठेकेदार सम्पर्कविहीन हुँदा ६५ किमि प्रसारण लाइन विस्तारको काम अलपत्र

कर्णालीका हिमाली जिल्लामा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न सरकारले प्रक्रिया अघि बढाए पनि ठेकेदार सम्पर्कविहीन हुँदा काममा ढिलाइ भएको छ । ठेक्का अवधि सकिएको १५ महिना बित्दासमेत दैलेखको दुल्लुदेखि कालीकोटको मान्मसम्मको ६५ किमि प्रसारण लाइनको काम पूरा हुन नसकेको हो । त्रिपुरेश्वर/नवदुर्गा जेभीले ३ वर्षभित्रै लाइन विस्तार सक्ने गरी आर्थिक वर्ष ०७३/७४ मा ठेक्का सम्झौता गरेको थियो । कम्पनीसँगको म्याद ०७६ साउनमै सकिएको विद्युत् प्राधिकरणले जनाएको छ । दैलेखबाट कालीकोटसम्म पोल गाड्ने काम सकिए पनि लाइन विस्तार अझै हुन नसकेको विद्युत् प्राधिकरण, प्रदेश कार्यालय सुर्खेतका निर्देशक सुरेन्द्रप्रसाद अग्रहरीले बताए । ‘ठेकेदार लामो समयदेखि सम्पर्कविहीन छन्,’ उनले भने, ‘अहिलेसम्म दुल्लुबाट कालीकोटसम्म पोल गाड्ने काम मात्र…
Read More
कोरोना भ्याक्सिन छनोट र आयातका लागि समयमै गृहकार्य गर्न सरकारलाई विज्ञहरुको अपील

कोरोना भ्याक्सिन छनोट र आयातका लागि समयमै गृहकार्य गर्न सरकारलाई विज्ञहरुको अपील

विभिन्‍न क्षेत्रका विज्ञहरुले कोभिड १९ को भ्याक्सिन छनोट र आयातका लागि समयमै गृहकार्य गर्न सरकारलाई अपील गरेका छन् ।  मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै विज्ञहरुले विश्‍वमा भ्याक्सिन विकास, परीक्षण र वितरण सुरु भएको औंल्याउँदै नेपालमा खरिद, आयात र वितरण समयमै गर्न सके छिट्टै कोभिड महामारीबाट पार पाउन सक्ने विश्वास व्यक्त गरेका छन् । 'नेपालले आफैं भ्याक्सिन विकास नगरेकाले हामीकहाँ भ्याक्सिन खरिद, आयात र वितरणको विषय अहिले महत्वपूर्ण बनेको छ । राज्यका लागि ठूलो आर्थिक र व्यवस्थापकीय भार पर्ने यो काम सामयिक, चुस्त र प्रभावकारी हुन सके हामीले पनि छिट्टै यो महामारीको संकटबाट पार पाउन सक्ने छौं ।' उनीहरुले भ्याक्सिन छनोट, आयात र वितरणको…
Read More
देशमा राजनीतिक समस्या निम्त्याउन खोजियो : प्रधानमन्त्री ओली

देशमा राजनीतिक समस्या निम्त्याउन खोजियो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अहिले राजनीतिक समस्या निम्त्याउन खोजिएको बताएका छन् । काठमाडौंको दक्षिणमा रहेको सुवर्णकिर्ती महाविहारमा जेष्ठ नागरिक आवास गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशमा राजनीतिक समस्या निम्त्याउन बलजफ्ती प्रयास भएको बताएका हुन् । उनले यस्ता प्रयासहरु सफल नहुने बताए । देशमा हत्या हिंशाको विकराल कालखण्ड फर्काउने कोशिस पनि भइरहेको उनको भनाइ थियो । यसतर्फ सबैलाई सचेत हुन आग्रह गरेका छन् । समाज पथभ्रष्ट हुँदै पुरानो हत्या हिंसाको बाटोमा फर्कन लागेको पनि प्रधानमन्त्री ओलीले बताए । पछिल्लो समय समाज दिग्भ्रमित भएको भन्दै प्रधानमन्त्री ओलीले बुद्धका उपदेशलाई इमान्दारिताका साथ पालना गर्न आग्रह गरे । मोरङको मिक्लाजुङमा मंगलबार प्रतिबन्धित नेत्र विक्रम चन्द समूहले शिक्षकलाई हत्या…
Read More
राष्ट्रपतिको भूमिका विवादमा पर्नुको कारणबारे के भन्छन् संविधानविद्‌

राष्ट्रपतिको भूमिका विवादमा पर्नुको कारणबारे के भन्छन् संविधानविद्‌

राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी विशेषको झगडा मिलाउने पटकपटक प्रयास गरेको आरोप लगाउँदै कतिपयले त्यसको आलोचना गर्दै आएका छन्। तर कतिपयले देशको अभिभावकका नाताले समसामयिक विषयमा राष्ट्रपतिले चासो राख्नु अस्वाभाविक नभएको तर्क गर्ने गरेका छन्।विगतमा नेपाली काङ्ग्रेसका नेता रहेका तत्कालीन राष्ट्रपति रामवरण यादव पनि यस्ता आरोपबाट मुक्त रहन सकेका थिएनन्।उसो भए के नेपालमा राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि पनि नेता/नेत्रीले आफ्नो पूर्वदलीय आस्थाबाट माथि उठ्न नसकेका हुन् त? यो विषयमा हामीले संवैधानिक कानुनका केही जानकारहरूसँग कुराकानी गरेका छौँ।
Read More
चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ‘ऐतिहासिक साझेदारी’

चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा ‘ऐतिहासिक साझेदारी’

सरकारले चीन र नेपालबीच सगरमाथाको उचाइका बारेमा 'ऐतिहासिक साझेदारी' भएको भन्दै मङ्गलवार सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्ने जनाएको छ। परराष्ट्र मन्त्रालयले चिनियाँ पक्षसँग समन्वय गरेपछि उचाइ सार्वजनिक गर्ने मिति तय भएको बताइएको छ। विभागका महानिर्देशक प्रकाश जोशीले सोमवार झन्डै दुई साताअघि मन्त्रिपरिषद्ले अनुमोदन गरेको सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको जानकारी दिएका छन्। उनले भने, "यो शुद्ध र वैज्ञानिक काम गरेका हौँ। हामीले उचाइ निर्धारण गरेका हौँ।" उचाइ घोषणापछि अध्ययन विधि जस्ता अन्य प्राविधिक विवरण सार्वजनिक गर्दै जोशीले जानकारी दिए। विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिने पनि जनाएको छ। यसअघि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण…
Read More
भक्तराज आचार्यसँग अन्तर्वार्ता : यहाँ ‘अ–सुर’ हरूको राज छ !

भक्तराज आचार्यसँग अन्तर्वार्ता : यहाँ ‘अ–सुर’ हरूको राज छ !

३० वर्षदेखि ललितपुर महालक्ष्मीस्थानस्थित घरभित्र एकोहोरो जीवन बिताउन बाध्य छन्, भजनशिरोमणि भक्तराज आचार्य । २०४६ साल मंसिर १९ गतेको एउटा दुर्घटनापछि उनको जीवनमा ठूलो बज्रपात पर्‍यो । हातले हार्मोनियमका रिडहरू फिट्न सके पनि स्वर र सुर हरायो । आफूले गाएका करिब ४ सयजति गीत, गजल, भजन, राष्ट्रिय गीत र बालगीतलाई साक्षी राखेर उनको जीवन बेसुर बन्यो । सुरमा पकड भएका विशेष गायक भनेर प्रशंसा पाइरहेको उर्वर समयमै क्यान्सरले उनको जिब्रो काटिनु नेपाली संगीतका निम्ति एउटा सुर हराउनुजस्तै हो । २०७७ साल मंसिर १५ गते बिहान साढे ११ बजे उनको घर पुग्दा उनी पिंढीमा उठीउठी एक सुरले हातमा तातो पानी खन्याइरहेका…
Read More
२४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा शनिबार थप १ हजार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ ।   देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार २५५ छ भने हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५३६ जना रहेका छन् । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १७ लाख ७८ हजार २४ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ६ हजार ७४ पीसीआर परीक्षण भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको संख्या २ लाख २४ हजार…
Read More
नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल

नम्रता श्रेष्ठ बनिन् यस वर्षको मिस नेपाल

२३ वर्षीया नम्रता श्रेष्ठले यस वर्षको मिस नेपाल उपाधि जितेकी छन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । किन्डरगार्डेन शिक्षिकासमेत रहेकी नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितेका छन् । त्यस्तै सह-उपाधितर्फ मिस कन्फिडेन्टको मिस नेपाल नम्रता, मिस ब्युटी विथ पर्पज सन्ध्या शर्मा, मिस हेल्दि नेहा सरकार, मिस फोोजेनिक आस्थिका श्रेष्ठ, मिस पपुलर चोइस सन्ध्या शर्मा र मिस ग्ल्यामर योजना भट्टराई घोषित भइन् । कोरोना महामारीका कारण यस वर्ष मिस…
Read More