North-East

यमनको विमानस्थलमा आक्रमण : २२ जनाको मृत्यु

यमनको विमानस्थलमा आक्रमण : २२ जनाको मृत्यु

यमनको दक्षिणी सहर एडनस्थित विमानस्थलमा गरिएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार ५० जनाभन्दा बढी घाइते भएका छन् । युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै विस्फोट गराइएको हो । घटनामा हताहत हुने सहायतामा जुटेका मानिसका साथै अधिकारीहरू पनि रहेको बताइएको छ । तर यमनका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन् । यमनी सूचनामन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूर्ण आतंकवादी कार्य गरेको बताएका बीबीसीले उल्लेख गरेको छ । यमन करिब ५ वर्षदेखि द्वन्द्वको चपेटामा परेको छ । साउदी अरबले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति…
Read More
फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र युरोपेली संघमा आबद्ध मुलुक सहित अन्य कतिपय मुलुकले प्रयोगमा ल्याएका छन् । कोरोनाभाइरस विरुद्ध आपतकालीन प्रयोगका लागि डब्लुएचओबाट खोप स्वीकृत प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो ।
Read More
सेरमको कोरोना खोपले पायो भारतमा आपत्कालीन प्रयोग अनुमति

सेरमको कोरोना खोपले पायो भारतमा आपत्कालीन प्रयोग अनुमति

अंग्रेजी नयाँ वर्षकै दिन भारत सरकारको एउटा उच्चस्तरीय विशेषज्ञ समितिले सेरम इन्स्टि्ट्युट अफ इण्डिया.(एसआईआई) द्वारा उत्पादित कोभिशिल्ड खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई भारत सरकारको केन्द्रिय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गको विषयगत विज्ञ समितिले शुक्रबार आपत्कालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो । यो निर्णयसँगै भारतमा खोपको आपत्कालीन प्रयोगको बाटो खुलेको छ । तर, यससम्बन्धी अन्तिम निर्णय भने भारतको औषधि नियन्त्रण महानिर्देशनालयले गर्ने जनाइएको छ । त्यसपछि भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगको औपचारिक रुपमा बाटो खुल्ने छ । आगामी साताभित्र उक्त निर्णय भइसक्ने अनुमान छ । अनुमति दिइएको सम्बन्धमा भारत सरकारले भने औपचारिक रुपमा…
Read More
नेपाल चीन सम्बन्ध: अमेरिकाको तिब्बत कानुनले निम्त्याउन सक्ने तरङ्ग

नेपाल चीन सम्बन्ध: अमेरिकाको तिब्बत कानुनले निम्त्याउन सक्ने तरङ्ग

अमेरिकाले यसै साता अनुमोदन गरेको तिब्बतसम्बन्धी एउटा महत्त्वपूर्ण कानुनको प्रत्यक्ष प्रभाव नेपालमा पर्न सक्ने परराष्ट्र मामिलाका जानकारहरूले बताएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गरेपछि कार्यान्वयनमा आएको तिब्बत नीति र समर्थन ऐन २०२० ले तिब्बतीहरूलाई समर्थन गर्ने उल्लेख गरेको छ। उक्त कानुनले निर्वासनमा रहेका धार्मिक नेता दलाई लामाको उत्तराधिकारी नियुक्त गर्ने चिनियाँ अधिकारीविरुद्ध प्रतिबन्धसम्मका कदम चाल्न मिल्ने बाटो खोलेको विवरण आएका छन्। चीनले तिब्बत आफ्नो आन्तरिक मामिला भएको भन्दै आफ्नो देशको स्वार्थलाई आघात पुर्‍याउने कुनै कदमले अमेरिका र चीनको सम्बन्धलाई थप बिगार्न सक्ने चेतावनी दिएको छ। नेपालसँग कसरी जोडिन्छ? नयाँ कानुनले अमेरिकाले वर्षौँदेखि नेपालमा चासो प्रकट गर्दै आएको चीनबाट शरण खोज्दै…
Read More
सार्वजनिक प्रयोगका लागि साइनोफार्मले विकास गरेको खोप स्वीकृत

सार्वजनिक प्रयोगका लागि साइनोफार्मले विकास गरेको खोप स्वीकृत

चीनले सरकारी स्वामित्व रहेको औषधि उत्पादक साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ। उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभाकारी देखिएको जनाएको भोलिपल्ट चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन्।चीनमा अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोग गरिराखिएको छ।सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरस महामारी सुरु भएको थियो।
Read More
यूकेमा कोभिड-१९ को दोस्रो खोपलाई प्रयोगको अनुमति

यूकेमा कोभिड-१९ को दोस्रो खोपलाई प्रयोगको अनुमति

अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्ध बनाएको अर्को खोपले यूकेमा प्रयोगका लागि अनुमति पाएको छ।उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ।यूके सरकारले यो खोपका १० करोड मात्रा झिकाइसकेको छ।यूकेमा प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो। यसअघि डिसेम्बरको सुरुतिर फाइजर-बायोएन्टेकले बनाएको खोप कोभिड-१९ विरुद्ध प्रयोग हुन थालेको थियो। चीनमा पनि साईनोफार्मले बनाएको अर्को खोप तीन चरणको परीक्षणपछि ७९ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ। बायोएन्टेक र मोडेर्नाले बनाएका खोपहरू कोभिड-१९ विरुद्ध बढी प्रभावकारी देखिएका छन्।यूकेका स्वास्थ्यमन्त्रीले ज्यानुअरी ४ देखि यो खोप दिन थालिने बताएका छन्।उनका अनुसार नयाँवर्षका प्रारम्भिक साताहरूमा खोप अभियान तीव्र गतिमा…
Read More
अमेरिकामा पनि देखियो नयाँ स्वरूपको कोरोना

अमेरिकामा पनि देखियो नयाँ स्वरूपको कोरोना

अमेरिकामा पनि नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । कोलोराडोका एक युवकमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको बीबीसीले जनाएको छ । उनलाई अहिले आइसोलेसनमा निगरानीमा राखिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार उनको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । अधिकारीहरूले अमेरिकामा नयाँ स्वरूपको कोरोना फैलिइसकेको आशंका व्यक्त गरेका छन् । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म १ करोड ९५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ३ लाख ३८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकामा फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको र मोडर्नाको कोरोना खोप आपत्कालीन प्रयोगमा आइसकेको छ । बेलायतमा पहिलो पटक देखिएको कारोना भाइरसको नयाँ प्रकार…
Read More
सिनोफार्मको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी

सिनोफार्मको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी

चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । तेस्रो चरणको चिकित्सकीय परीक्षणमा खोपको प्रभावकारिता ७९ प्रतिशतसम्म देखिएको कम्पनीले बुधबार जनाएको छ । फाइजर र बायोएनटेकले संयुक्त रुपमा र मोर्डनाले बनाएको कोरोना खोपभन्दा सिनोफार्मको कोरोना खोपको प्रभावकारिता भने कम देखिएको छ । फाइजर–बायोएनटेकको प्रभावकारिता ९५ प्रतिशतसम्म र मोडर्नाको ९४.४ प्रतिशत प्रभावकारिता देखिएको थियो । त्यस्तै अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्ध खोपको प्रभावकारिता ९० प्रतिशत रहेको दाबी गरिएको छ । चीनले पहिलो पटक कोरोना खोपको प्रभावकारिताबारेको तथ्यांक सार्वजनिक गरेको हो । चिनियाँ सरकारको स्वामित्वमा रहेको सिनोफार्मको कोरोना खोप चीनमा आपत्कालीन प्रयोगका रुपमा हजारौं नागरिकलाई दिइसकेको दाबी गरिएको छ । आपत्कालीन प्रयोगबमोजिम १० लाखभन्दा बढी…
Read More
दिल्लीमा आठ जनामा देखियो नयाँ प्रकारको कोरोना भाइरस

दिल्लीमा आठ जनामा देखियो नयाँ प्रकारको कोरोना भाइरस

भारतको राजधानी नयाँदिल्लीमा  बुधबार आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी थप ६ जनामा भने कोलकाता, बैंगलोर र पुनाको प्रयोगशालामा पुष्टि भएको बताइएको छ । योसँगै भारतमा नयाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या २० पुगेको छ । यसअघि मंगलबार मात्र भारत सरकारले ६ जनामा त्यस किसिमको कोरोना भाइरस पुष्टि भएको जनाएको थियो । संक्रमितको संख्या थप बढ्न सक्ने आंशका गरिएको छ । नयाँ प्रकारको भाइरस पुरानो भाइरसभन्दा ७० प्रतिशतले चाँडै संक्रमित तुल्याउने अनुसन्धानहरुबाट खुलेको छ । यसकारण पनि नयाँ भाइरसबाट संक्रमितको संख्या बढेसँगै महामारी थप बढ्ने हो कि भन्ने कुराले त्रास र चिन्ता बढाएको छ । बेलायतमा नयाँ प्रकारको भाइरस देखिएपछि २५…
Read More
अक्सफोर्डको कोरोना खोपलाई बेलायतमा अनुमति

अक्सफोर्डको कोरोना खोपलाई बेलायतमा अनुमति

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले एस्ट्राजेनेकाको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्धको खोपले बेलायतमा प्रयोगका लागि अनुमति पाएको छ । नियामक निकाय मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए) ले खोपलाई अनुमति दिएसँगै आममानिसमा खोप वितरण गर्ने बाटो खुलेको छ । बेलाययतमा प्रयोग अनुमति दिनुको अर्थ यो प्रभावकारी र सुरक्षित छ भन्ने पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ । बेलायतमा कोरोना संक्रमितको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउन थालेका बेला यस खोपले अनुमति पाउनुले ठूलो राहत मिल्ने आशा गरिएको छ । बेलायतमा मंगलबार एकै दिनमा ५३ हजार संक्रमित थपिएका थिए । सरकारले आउँदो जनवरी ४ तारिखबाट दुई हप्ताभित्र अक्सफोर्ड/एस्ट्राजेनेका तथा फाइजर-बायोएनटेकका २० लाख खोपको पहिलो डोज वितरण…
Read More