North-East

अमेरिकी चुनाव: ट्रम्पले जोर्जियाका अधिकारीलाई मतपरिणाम ‘उल्टाउन’ भनेको कल रेकर्ड सार्वजनिक

अमेरिकी चुनाव: ट्रम्पले जोर्जियाका अधिकारीलाई मतपरिणाम ‘उल्टाउन’ भनेको कल रेकर्ड सार्वजनिक

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जिया राज्यका उच्च निर्वाचन अधिकारीलाई निर्वाचन परिणाम उल्टाउन पर्याप्त मत "खोज्न" भनेको कल रेकर्ड सार्वजनिक भएको छ। वाशिङ्टन पोस्टद्वारा सार्वजनिक गरिएको रेकर्डमा ट्रम्पले जोर्जियाका सेक्रेटरी अफ स्टेट ब्राड रफेन्सपोगरसँग भनेका छन्, "म मात्र ११,७८० भोट खोज्न चाहन्छु।" रफेन्सपोगरले त्यसको प्रतिउत्तरमा जोर्जियाको नतिजा सही भएको बताइरहेको सुनिन्छ। अन्य राज्यहरूसहित जोर्जियामा पनि जो बाइडनले जितेका छन्। बाइडनले कुल ३०६ इलेक्टरल कलेज मत पाएका छन् भने ट्रम्पले मात्र २३२ मत पाएका छन्। नोभेम्बर ३ को मतदानदेखि ट्रम्पले व्यापक रूपमा चुनावमा धाँधली भएको आरोप लगाइरहेका छन् तर उनले त्यसको कुनै पनि प्रमाण दिन सकेका छैनन्। सबै ५० वटै राज्यहरूले चुनावी…
Read More
उखु बेचेको २४ लाख रुपैयाँ पाइने आश बोकेर काठमाण्डू गएका यी किसान जीवित घर फर्किन पाएनन्

उखु बेचेको २४ लाख रुपैयाँ पाइने आश बोकेर काठमाण्डू गएका यी किसान जीवित घर फर्किन पाएनन्

आफूले बेचेको उखुको भुक्तानी पाइन्छ कि भन्ने आशा बोकेर सर्लाहीबाट नारायण राय यादव मंसिरको अन्तिम साता काठमाण्डू गएका थिए। तर किसानहरूको आन्दोलनकै क्रममा हृदयाघातका कारण उनको मृत्यु भयो।आफ्नो पसिनाको मूल्य नपाएका किसानले अकालमा मृत्यवरण गर्नुपर्ने स्थिति उत्पन्न भएको भन्दै उनका आफन्त र आन्दोलनमा सहभागी अन्य किसानले आक्रोश प्रकट गरेका छन्। हृदयाघात निहुँ मात्रै भएको तर यादवको मृत्युको मुख्य जिम्मेदार सरकार र चिनी मिल उद्योगीहरू भएको उनीहरूको दाबी छ।"यादव काठमाण्डू आएदेखि जोरपाटीस्थित कृष्ण मन्दिरमा बसेर आन्दोलन गर्न एकाबिहानै माइतीघर पुग्थे र बेलुका फर्किन्थेँ," उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रले भने।
Read More
यमनको विमानस्थलमा आक्रमण : २२ जनाको मृत्यु

यमनको विमानस्थलमा आक्रमण : २२ जनाको मृत्यु

यमनको दक्षिणी सहर एडनस्थित विमानस्थलमा गरिएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार ५० जनाभन्दा बढी घाइते भएका छन् । युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी अरबबाट आएर अवतरण गरेको केही बेरमै विस्फोट गराइएको हो । घटनामा हताहत हुने सहायतामा जुटेका मानिसका साथै अधिकारीहरू पनि रहेको बताइएको छ । तर यमनका प्रधानमन्त्रीले आफू र मन्त्रिपरिषद् सदस्यहरू सकुशल रहेको बताएका छन् । यमनी सूचनामन्त्रीले हुथी विद्रोहीहरूले कायरतापूर्ण आतंकवादी कार्य गरेको बताएका बीबीसीले उल्लेख गरेको छ । यमन करिब ५ वर्षदेखि द्वन्द्वको चपेटामा परेको छ । साउदी अरबले नेतृत्व गरेको अरब राष्ट्रहरूको समूहले हुथी विद्रोहीहरूलाई परास्त गर्न र राष्ट्रपति…
Read More
फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै यी खोप अमेरिका, क्यानाडा र युरोपेली संघमा आबद्ध मुलुक सहित अन्य कतिपय मुलुकले प्रयोगमा ल्याएका छन् । कोरोनाभाइरस विरुद्ध आपतकालीन प्रयोगका लागि डब्लुएचओबाट खोप स्वीकृत प्राप्त गर्ने फाइजर पहिलो कम्पनी हो ।
Read More
सेरमको कोरोना खोपले पायो भारतमा आपत्कालीन प्रयोग अनुमति

सेरमको कोरोना खोपले पायो भारतमा आपत्कालीन प्रयोग अनुमति

अंग्रेजी नयाँ वर्षकै दिन भारत सरकारको एउटा उच्चस्तरीय विशेषज्ञ समितिले सेरम इन्स्टि्ट्युट अफ इण्डिया.(एसआईआई) द्वारा उत्पादित कोभिशिल्ड खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकसित खोपलाई भारत सरकारको केन्द्रिय औषधि मापदण्ड नियन्त्रण संगठनअन्तर्गको विषयगत विज्ञ समितिले शुक्रबार आपत्कालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो । यो निर्णयसँगै भारतमा खोपको आपत्कालीन प्रयोगको बाटो खुलेको छ । तर, यससम्बन्धी अन्तिम निर्णय भने भारतको औषधि नियन्त्रण महानिर्देशनालयले गर्ने जनाइएको छ । त्यसपछि भारतमा कोभिड–१९ विरुद्धको खोप प्रयोगको औपचारिक रुपमा बाटो खुल्ने छ । आगामी साताभित्र उक्त निर्णय भइसक्ने अनुमान छ । अनुमति दिइएको सम्बन्धमा भारत सरकारले भने औपचारिक रुपमा…
Read More
नेपाल चीन सम्बन्ध: अमेरिकाको तिब्बत कानुनले निम्त्याउन सक्ने तरङ्ग

नेपाल चीन सम्बन्ध: अमेरिकाको तिब्बत कानुनले निम्त्याउन सक्ने तरङ्ग

अमेरिकाले यसै साता अनुमोदन गरेको तिब्बतसम्बन्धी एउटा महत्त्वपूर्ण कानुनको प्रत्यक्ष प्रभाव नेपालमा पर्न सक्ने परराष्ट्र मामिलाका जानकारहरूले बताएका छन्। राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गरेपछि कार्यान्वयनमा आएको तिब्बत नीति र समर्थन ऐन २०२० ले तिब्बतीहरूलाई समर्थन गर्ने उल्लेख गरेको छ। उक्त कानुनले निर्वासनमा रहेका धार्मिक नेता दलाई लामाको उत्तराधिकारी नियुक्त गर्ने चिनियाँ अधिकारीविरुद्ध प्रतिबन्धसम्मका कदम चाल्न मिल्ने बाटो खोलेको विवरण आएका छन्। चीनले तिब्बत आफ्नो आन्तरिक मामिला भएको भन्दै आफ्नो देशको स्वार्थलाई आघात पुर्‍याउने कुनै कदमले अमेरिका र चीनको सम्बन्धलाई थप बिगार्न सक्ने चेतावनी दिएको छ। नेपालसँग कसरी जोडिन्छ? नयाँ कानुनले अमेरिकाले वर्षौँदेखि नेपालमा चासो प्रकट गर्दै आएको चीनबाट शरण खोज्दै…
Read More
सार्वजनिक प्रयोगका लागि साइनोफार्मले विकास गरेको खोप स्वीकृत

सार्वजनिक प्रयोगका लागि साइनोफार्मले विकास गरेको खोप स्वीकृत

चीनले सरकारी स्वामित्व रहेको औषधि उत्पादक साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ। उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभाकारी देखिएको जनाएको भोलिपल्ट चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन्।चीनमा अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोग गरिराखिएको छ।सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरस महामारी सुरु भएको थियो।
Read More
यूकेमा कोभिड-१९ को दोस्रो खोपलाई प्रयोगको अनुमति

यूकेमा कोभिड-१९ को दोस्रो खोपलाई प्रयोगको अनुमति

अक्सफर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले कोरोनाभाइरसविरुद्ध बनाएको अर्को खोपले यूकेमा प्रयोगका लागि अनुमति पाएको छ।उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ।यूके सरकारले यो खोपका १० करोड मात्रा झिकाइसकेको छ।यूकेमा प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो। यसअघि डिसेम्बरको सुरुतिर फाइजर-बायोएन्टेकले बनाएको खोप कोभिड-१९ विरुद्ध प्रयोग हुन थालेको थियो। चीनमा पनि साईनोफार्मले बनाएको अर्को खोप तीन चरणको परीक्षणपछि ७९ प्रतिशत प्रभावकारी देखिएको बताइएको छ। बायोएन्टेक र मोडेर्नाले बनाएका खोपहरू कोभिड-१९ विरुद्ध बढी प्रभावकारी देखिएका छन्।यूकेका स्वास्थ्यमन्त्रीले ज्यानुअरी ४ देखि यो खोप दिन थालिने बताएका छन्।उनका अनुसार नयाँवर्षका प्रारम्भिक साताहरूमा खोप अभियान तीव्र गतिमा…
Read More
अमेरिकामा पनि देखियो नयाँ स्वरूपको कोरोना

अमेरिकामा पनि देखियो नयाँ स्वरूपको कोरोना

अमेरिकामा पनि नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । कोलोराडोका एक युवकमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको बीबीसीले जनाएको छ । उनलाई अहिले आइसोलेसनमा निगरानीमा राखिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार उनको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । अधिकारीहरूले अमेरिकामा नयाँ स्वरूपको कोरोना फैलिइसकेको आशंका व्यक्त गरेका छन् । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म १ करोड ९५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ३ लाख ३८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकामा फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको र मोडर्नाको कोरोना खोप आपत्कालीन प्रयोगमा आइसकेको छ । बेलायतमा पहिलो पटक देखिएको कारोना भाइरसको नयाँ प्रकार…
Read More
सिनोफार्मको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी

सिनोफार्मको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी

चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । तेस्रो चरणको चिकित्सकीय परीक्षणमा खोपको प्रभावकारिता ७९ प्रतिशतसम्म देखिएको कम्पनीले बुधबार जनाएको छ । फाइजर र बायोएनटेकले संयुक्त रुपमा र मोर्डनाले बनाएको कोरोना खोपभन्दा सिनोफार्मको कोरोना खोपको प्रभावकारिता भने कम देखिएको छ । फाइजर–बायोएनटेकको प्रभावकारिता ९५ प्रतिशतसम्म र मोडर्नाको ९४.४ प्रतिशत प्रभावकारिता देखिएको थियो । त्यस्तै अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्ध खोपको प्रभावकारिता ९० प्रतिशत रहेको दाबी गरिएको छ । चीनले पहिलो पटक कोरोना खोपको प्रभावकारिताबारेको तथ्यांक सार्वजनिक गरेको हो । चिनियाँ सरकारको स्वामित्वमा रहेको सिनोफार्मको कोरोना खोप चीनमा आपत्कालीन प्रयोगका रुपमा हजारौं नागरिकलाई दिइसकेको दाबी गरिएको छ । आपत्कालीन प्रयोगबमोजिम १० लाखभन्दा बढी…
Read More