North-East

भारतमा एक साताभित्र खोप अभियान सुरु हुने

भारतमा एक साताभित्र खोप अभियान सुरु हुने

भारत सरकारले साता दिनमा पहिलो चरणको खोप अभियान सुरु गर्ने भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै दुईवटा खोपले आपत्कालीन अनुमति पाएको दिनदेखि हिसाब गरेर दस दिनभित्र खोप अभियान सुरु गर्ने बताएको छ । यस हिसाबले सात दिनभित्र उक्त अभियान सुरु गर्ने तय भएको हो । भारतको औषधि नियन्त्रण महानिर्देशालयले शनिबार र आइतबार गरी भारतमा उत्पादित कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई आपत्कालीन अनुमति दिने निर्णय गरेको थियो । कोभिसिल्डको विकास अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले गरेको हो भने कोभ्याक्सिन भने भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो । कोभिसिल्डको उत्पादक सेरम इन्स्टिच्युुट अफ इन्डिया (एसआईआई) हो…
Read More
अमेरिकी चुनाव: जोर्जियाको चुनावले सिनेटमा शक्ति सन्तुलनको निर्णय गर्दै

अमेरिकी चुनाव: जोर्जियाको चुनावले सिनेटमा शक्ति सन्तुलनको निर्णय गर्दै

अमेरिकी राज्य जोर्जियामा राष्ट्रपति चुनिएका जो बाइडनको डेमोक्र्याटिक पार्टीले सिनेटमा वर्चस्व कायम गर्छ कि गर्दैन भन्ने निर्णय गर्ने दोस्रो चरणको चुनावमा भएको छ। बाइडनको पार्टीमा सिनेटमा आफ्नो वर्चस्व कायम गर्नका लागि त्यहाँ हुने दुईवटा सीटका चुनावमध्ये दुवैमा जित हासिल गर्नुपर्ने हुन्छ। यदि उक्त पार्टीले सिनेटका दुवै सिट जितेमा उसलाई आफ्ना मुद्दाहरू पारित गराउन सहज हुनेछ। बाहिरिदैँ गरेका रिपब्लिकन राष्ट्रपति डोनल्ड ट्रम्पले भने सिनेटमा वर्चस्व कायम राखिराख्न दुईमा एक सीट मात्र जिते पनि पुग्छ। बाइडनले अमेरिकाका आगामी वर्षहरू जोर्जियनहरूले तय गर्ने बताएका छन्। यसैबेला ट्रम्पले चाहिँ मतदाताहरूलाई उनीहरूले माया गर्ने "अमेरिकालाई बचाउनले अन्तिम मौका" भएको बताएका छन्। हाल सिनेटमा जर्जियाबाट रिपब्लिकन…
Read More
दक्षिण कोरियाले प्रतिघण्टा एक हजार किलोमिटर कुद्‍ने रेल बनायो

दक्षिण कोरियाले प्रतिघण्टा एक हजार किलोमिटर कुद्‍ने रेल बनायो

कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम सुरु गरेको थियो । गत सेप्टेम्बरमा उक्त अवधारणाको पहिलो सफलतास्वरूप प्रतिघण्टा ७१४ किलोमिटरका दरले कुद्न सफल भएको थियो । नयाँ घोषणाअनुसार अब पहिला देखिएका सबै ‘फल्ट’हरु समाधान गरी प्रतिघण्टा एक हजार किलोमिटरभन्दा बढीको गतिमा कुद्न सक्ने गरी रेल प्रणालीको सफल परीक्षण सम्पन्न भएको कोरेलले बताएको छ । दक्षिण कोरियाले विकास गरेको उक्त रेलको…
Read More
साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्ष लामो प्रतिबन्ध ‘हटाउने’

साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्ष लामो प्रतिबन्ध ‘हटाउने’

साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले दिएको छ।साउदी अरबको यो कदमलाई कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ। मङ्गलवार साउदी अरबमा हुन लागेको गल्फ कोअपरेशन काउन्सिलको एउटा सम्मेलनअघि यो कदम चालिएको हो।एक वरिष्ठ अमेरिकी अधिकारीले गतिरोध अन्त्यका लागि एउटा सम्झौतामा हस्ताक्षर हुने बताएका छन्।
Read More
कतार नाकाबन्दी: साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्ष लामो प्रतिबन्ध ‘हटाउने’

कतार नाकाबन्दी: साउदी अरबले कतारमाथि लगाएको साढे तीन वर्ष लामो प्रतिबन्ध ‘हटाउने’

साउदी अरबले कतारसँगको जल तथा स्थल सीमा फेरि खोल्न लागेको जानकारी कुवेतले दिएको छ। साउदी अरबको यो कदमलाई कतार र विभिन्न खाडी राष्ट्रबीच लामो समयदेखि विद्यमान विवाद समाधानको दिशामा एउटा महत्त्वपूर्ण उपलब्धि मानिएको छ। मङ्गलवार साउदी अरबमा हुन लागेको गल्फ कोअपरेशन काउन्सिलको एउटा सम्मेलनअघि यो कदम चालिएको हो। एक वरिष्ठ अमेरिकी अधिकारीले गतिरोध अन्त्यका लागि एउटा सम्झौतामा हस्ताक्षर हुने बताएका छन्। आतङ्कवादलाई समर्थन गरेको आरोप लगाउँदै कतारका छिमेकी देशहरूले साढे तीन वर्षअघि उसमाथि नाकाबन्दी लगाएका थिए। यूएई, बहरेन, इजिप्टले साउदी अरबसँग कूटनीतिक, व्यापारिक र यात्रा प्रतिबन्धलगायत साझेदारी गरेका थिए। सानो भए पनि निकै धनी अरब मुलुक कतारले जिहादी आतङ्कवादीहरूलाई समर्थन…
Read More
बस दुर्घटना हुँदा १९ यात्रु घाइते

बस दुर्घटना हुँदा १९ यात्रु घाइते

घोराही तुलसीपुर सडकखण्ड अन्तर्गत सोमबार ग्वारखोलामा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको ना६ख १८१४ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ७ ग्वारखोला पुल नजिकै पल्टिँदा बसमा सवार यात्रु घाइते भएका हुन् । दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका-१९ ग्वारखोलाकी ३० वर्षीया लक्ष्मी केसी, वडा नम्बर ६ का १९ वर्षीय झनक के.सी.,बरुवागाउँकी २१ वर्षीया सरु बस्नेत, वडा नम्बर ४ की ३६ वर्षीया तिला कुँवर, वडा नम्बर ५ की ३० वर्षीया सुशिला शर्मा, वडा नम्बर १६ भेलाहीका ५५ वर्षीया बासुदेव चौधरी र वडा नम्बर १४ का २६ वर्षीय सुमन श्रेष्ठ घाइते भएका छन् । यसैगरी तुलसीपुर ७ का १८ वर्षीय विशाल…
Read More
कालिम्पोङको म्युजिकल कन्सर्टमा भागदौड हुँदा दुईको मृत्यु

कालिम्पोङको म्युजिकल कन्सर्टमा भागदौड हुँदा दुईको मृत्यु

भारतको  कालिम्पोङमा आइतबार राति आयोजित म्युजिकल कन्सर्टमा अचानक भागदौड मच्चिँदा दुई जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार कालिम्पोङको मेला मैदानमा आयोजित कन्सर्टमा भएको भागदौडका क्रममा चार जना घाइते भएका छन् । कालिम्पोङ जिल्लाका प्रहरी प्रमुख हरिकृष्ण पाईका अनुसार भागदौडमा ६ जना घाइते भएका थिए जसमा दुई जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार भागदौडबाट ४० वर्षीया अनिता क्षेत्री र ४६ वर्षीया बनिता गुरुङको मृत्यु भएको हो । उनीहरु दुवै कालिम्पोङको चन्द्रलोक क्षेत्रका बासिन्दा हुन् । काठमाडौं र दार्जिलिङका कलाकारहरुको सहभागितामा सांगितिक कार्यक्रम आयोजना भएको थियो । टिकट काउन्टरमा बाक्लो भीड थियो । मानिसहरू कार्यक्रममा प्रवेश गर्ने हतारोमा थिए । त्यही क्रममा अचानक…
Read More
भारतमा दाहसंस्कार स्थलको छाना खस्दा १७ को मृत्यु

भारतमा दाहसंस्कार स्थलको छाना खस्दा १७ को मृत्यु

भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कार स्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा कम्तीमा ३८ जना घाइते भएका छन् । घटनालगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ । मेरठका विभागीय आयुक्त सी मेश्रामले १७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । ‘हामीले घटनाबारे अनुसन्धान सुरु गरिसकेका छौं । अनुसन्धानबाट दोषी ठहरिएका व्यक्ति वा संस्थालाई कडा कारबाही गर्नेछौं,’ मेरठका विभागीय आयुक्त सी मेश्रामले भने । यसैबीच, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘दुखद् घटना भएको छ । मैले जिल्ला अधिकारीहरूलाई राहत अभियान सञ्चालन गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘घटनाबाट…
Read More
११,७८० मत खोज्‍न चुनाव अधिकारीलाई ट्रम्पको दबाब

११,७८० मत खोज्‍न चुनाव अधिकारीलाई ट्रम्पको दबाब

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा फोन रेकर्ड बाहिरिएको छ । जसमा राष्ट्रपति ट्रम्पले जर्जिया राज्यका वरिष्ठ चुनाव अधिकृतलाई केही भोटको व्यवस्था गर्न दबाब दिएका छन् । आफ्नो जित सुनिश्चित गर्न ट्रम्पले सेक्रेटरी अफ स्टेट ब्राड रेफेनस्पर्जरलाई चुनावमा धाँधली भएको बताउँदै आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । यो रेकर्डिङ वासिङ्टन पोस्टले सार्वजनिक गरेको हो । राष्ट्रपति ट्रम्पले रेफेनस्पर्जरसँग भनेका छन्, ‘म केवल ११ हजार ७ सय ८० भोट चाहन्छु । जुन हामीसँग भएकोभन्दा एक बढी हो । किनकी हामीले चुनाव जितेका छौं । ’ जर्जियामा राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याट उम्मेदवार जो बाइडेन विजयी भएका थिए । जर्जियामा बाइडेनले २४ लाख ७३ हजार ६ सय ३३ मत प्राप्त…
Read More
पाकिस्तानमा हिन्दू सन्तको समाधिस्थल भत्काइएपछि सर्वोच्च अदालतमा मङ्गलवार सुनुवाइ हुँदै

पाकिस्तानमा हिन्दू सन्तको समाधिस्थल भत्काइएपछि सर्वोच्च अदालतमा मङ्गलवार सुनुवाइ हुँदै

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको करक जिल्लामा एक हिन्दू सन्तको समाधि भत्काइएपछि देशको सर्वोच्च अदालतले उक्त मुद्दामा सुनुवाइ गर्ने निर्णय गरेको छ।सुनुवाइ ज्यानुअरी ५, मङ्गलवारका दिन हुनेछ। गत साता पाकिस्तानको सर्वोच्च अदालतले एउटा प्रेस विज्ञप्ति जारी गर्दै पाकिस्तान हिन्दू परिषद्का प्रमुख संरक्षक रमेश कुमार वाकवानीले यो मुद्दाका बारेमा प्रधानन्यायाधीश गुलजार अहमदसँग कुराकानी गरेको जनाएको थियो।"पाकिस्तानका प्रधानन्यायाधीश यो मामिलालाई लिएर चिन्तित हुनुहुन्छ र उहाँले संसद्लाई यो विषयलाई स्वतः जानकारीमा लिइएको छ र यस विषयमा इस्लामाबादमा ज्यानुअरी ५, २०२१ मा सुनुवाइ गरिने जानकारी दिनुभएको छ," विज्ञप्तिमा भनेका छन्।
Read More