22
Jun
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि असफल बनाउने नियतकासाथ केही समूहहरु लागि परेको र काम गर्न नदिनका लागि नै मुद्दामा नै अल्झाउने जालझेल भइरहेको बताउनुभएको छ । कोभिडसँग लामो समय जुध्नु परेको अवस्था रहेको जनाउँदै यस्तो अवस्थामा पनि विकास निर्माणका कामहरु अघि बढाएको उहाँको भनाइ थियो । गौरादह नगरपालिका वडा नं. ४ डोरामारी माध्यमिक विद्यालय भवनको मंगलबार भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । यसबीचमा राजनीतिक असहयोग, खुट्टा तान्ने र देशमा विकास एवं उन्नती देख्न नचाहने प्रवृतिले काम गर्न नदिने परिस्थिति सिर्जना गरिएको छ, ओलीले भन्नुभयो। कहिले के नाममा भाँजो हाल्ने त कहिले के नाममा भाँजो…
