11
Feb
छोरीलाई ट्युशनबाट लिएर घर फर्किने क्रममा जलपाइगढ़ीका तृणमूल नेता लुत्फर रहमान दुर्घटनामा परे। तिनलाई ट्रकले कुल्चिँदा घटनास्थलमै तृणमूल नेताको मृत्यु भयो। तिनको मृत्युको खबर फैलिन साथ क्षेत्रमा तनाउ फैलियो। मृतकका परिवारजनहरूले 31 नम्बर राष्ट्रिय राजमार्ग अवरुद्ध गरी विरोध प्रदर्शन गरे। पुलिसको गाड़ीमा समेत तोड़फोड़ गरियो।स्थानीय सूत्रअनुसार मङ्गलवार राति छोरीलाई ट्युशनबाट लिएर मोटरसाइकलमा घर फर्किरहेका तृणमूल जलपाइगढ़ी सदर 2 नम्बर ब्लकका अल्पसङ्ख्यक सेलका अध्यक्ष लुत्फरलाई 31 नम्बर राष्ट्रिय राजमार्गको गोशाला मोड़ क्षेत्रमा एउटा अनियन्त्रित ट्रकले ठक्कर दियो। दुवैजना सड़कमा उछिट्टिए। ट्रकले लुत्फरलाई कुल्चिँदै अघि बढ्यो। घटनास्थलमै तिनको मृत्यु भयो। गम्भीर घाइते तिनकी छोरीलाई जलपाइगढ़ी मेडिकल कलेज लगियो। त्यहाँ तिनको उपचार भइरहेको…
