International

मिस अमेरिकाको उपाधि जितेकी सुन्दरीले ६० तला माथिबाट हाम्फालिन्, यस्तो नोट छोडेर गइन्

मिस अमेरिकाको उपाधि जितेकी सुन्दरीले ६० तला माथिबाट हाम्फालिन्, यस्तो नोट छोडेर गइन्

२०१९ मा मिस युएसएको उपाधि जितेकी अमेरिकी सुन्दरी चेस्ली क्रिस्टले ६० तला माथिबाट हाम्फालेर आत्महत्या गरेकी छिन् । उनले मृत्युभन्दा पहिले इन्स्टाग्राममा एउटा पोस्ट लेखेकी थिइन् । चेस्लीले मानसिक स्वास्थ्यका विषयमा लगातार आफ्नो कुरा राखिरहन्थिन् । मिडिया रिपोर्टअनुसार चेस्लीले अमेरिकाको स्थानीय समयअनुसार बिहान ७ बजेर १५ मिनेटको समयमा म्यानहट्टनमा संदिग्ध रुपमा आत्महत्या गरेकी हुन् । ६० तले ओरियल बिल्डिङमा उनको ९ औं तलामा अपार्टमेन्ट थियो । उनलाई पछिल्लो पटक बिल्डिङको २९ औं तलामा देखिएको थियो । २०१९ मा चेस्लीले नर्थ क्यारोलिनाको प्रतिनिधित्व गर्दै मिस अमेरिकाको उपाधि जितेकी थिइन् । उनी मोडलिङका साथै पेशाले वकिल पनि थिइन् । उनले नर्थ र…
Read More
अफगानिस्तान पुग्ने भारतको गहुँ

अफगानिस्तान पुग्ने भारतको गहुँ

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँ धेरै प्रकारका संकटहरू देखा परेका छन् । एकातिर देशमा आर्थिक संकट छ भने खाद्यान्न पनि उचित परिमाणमा उपलब्ध हुन सकेको छैन । यस्तो अवस्थामा भारतबाट अफगानिस्तानमा गहँ पुग्ने आशा छ । यो गहँ अर्को महिना अर्थात फरवरीदेखि पाकिस्तान हुँदै अफगानिस्तान पुग्नेछ । वास्तवमा, समस्याग्रस्त अफगानिस्तानमा गहँको ढुवानीका लागि इस्लामाबादसँग धेरै महिनादेखि छलफल भइरहेको थियो अन्ततः दुई देश सर्तका आधारमा सहमतिमा पुगेका छन् । भारतले पाकिस्तान हुँदै सडक यातायातमार्फत अफगानिस्तानमा ५० हजार टन गहुँ र औषधि पठाउने घोषणा गरिसकेको छ कूटनीतिक स्रोतका अनुसार, ढुवानी फरवरीदेखि शुरु हुनेछ । मापदण्डअनुसार पहिलो खेपको ३० दिनभित्र कुल परिमाण…
Read More
भारत र मध्य एशियाली देशहरू बीच शिखर सम्मेलन

भारत र मध्य एशियाली देशहरू बीच शिखर सम्मेलन

प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो भारत मध्य एशिया शिखर सम्मेलनको आयोजना गर्ने भएका छन् । भर्चुअल सम्मेलनमा कजाकिस्तान, उज्वेकिस्तान, ताजिकिस्तान तुर्कमेनिस्तान र किर्गिज गणतन्त्रका राष्ट्रपतिहरूले भाग लिनेछन् सम्मेलनमा यस प्रदेशको वर्तमान अवस्थाका बारेमा पनि चर्चा हुनेछ सम्मेलनमा कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकायेभ, - उज्वेकिस्तानका राष्ट्रपति शाभकत मिर्जियोयेभ, ताजिकिस्तानका राष्ट्रपति इमोमाली रहमोन, तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बर्दिमुहामेडोर किर्गिज गणतन्त्रका राष्ट्रपति सादिर जापारोभ सहभागी हुनेछन् । ब्रोड नेबरहुड सम्मेलनको वर्णन गर्दै विदेश मन्त्रालयले यो मध्य एशियाली देशहरूसँग भारतको बढ्दो सम्बन्धको प्रतिबिम्ब भएको बताएको थियो । मन्त्रालयले यी देशहरूलाई भारतको विस्तृत छिमेकीको भागको रूपमा वर्णन गरेको छ । भारत र यी देशका नेताहरूबीचको यो पहिलो…
Read More
ह्यारी पोटरका संवाद बोलेर विश्व कीर्तिमान

ह्यारी पोटरका संवाद बोलेर विश्व कीर्तिमान

११ वर्षका बालकले ह्यारी पोटरका संवाद चिनेर विश्व कीर्तिमान कायम गरेका छन् । बेलायतको म्यानिङ ट्री एसेक्सका एली चेम्लिकले ह्यारी पोटरको सबै संस्करणबाट उठाएका संवाद बोल्ने चरित्र चिनेर गिनिज वल्र्ड रेकर्र्ड बनाएका हुन् ।  एलीले स्टार्स वार्सका शृंखलाबाट चरित्रले बोलेको संवाद मिलाएपछि वल्र्ड रेकर्डका लागि प्रयत्न गर्ने मनोबल बढेको बताएका छन् । एलीले ६ वर्षको उमेरमा पहिलो पल्ट ह्यारी पोटर सिरिज पढेको र पढ्ने बित्तिकै यसको फ्यान बनेको बताएका छन् । उनले रेकर्डका लागि थप पढेको र अन्ततः सफल भएको बताएका छन् ।  उनले कीर्तिमानका लागि प्रयास गर्नुअघि साथीहरूसँग बारम्बार परिक्षण गरेका थिए । वल्र्ड रेकर्डका लागि दुई जना टाइम किपर र…
Read More
पाक प्रधानमन्त्रीको सपना साकार होला जस्तो छाँट देख्दिन

पाक प्रधानमन्त्रीको सपना साकार होला जस्तो छाँट देख्दिन

देशको टाउकोमा थुप्रिएको अत्यधिक ऋण, मुद्रास्फीति र अनियन्त्रित महँगाईका कारण आफूलाई अचेल निद्रा नलाग्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बताएका छन् । एक नयाँ मिडिया रिपोर्टले पनि यो तथ्य पुष्टि गरेको छ । तथापि, महँगाईबारे कोरोना महामारी अधिक जिम्मेवार रहेको पनि इमरानले स्पष्टीकरण दिएका छन् । पाकिस्तानी पत्रिका 'डन' का अनुसार, आकाश हुँदै गएको महँगाईले आफूलाई राति निदाउन नदिएको इमरानको स्वीकारोक्ति छ। उनले मुद्रास्फीति विश्वव्यापी समस्या भएको पनि भन्न भ्याएका थिए । सन् २०१८ मा प्रधानमन्त्री हुँदा पाकिस्तानी जनता निकै खुशी थिए। क्रिकेटमा खुबै जमेका र देशको प्रतिनिधित्व गरेका खेलाडी इमरान जब पाकिस्तानको सत्तामा आए तब त्यहाँका जनतामा आशा पलाएको थियो…
Read More
चीनको ब्रिटेनलाई चेताउनी

चीनको ब्रिटेनलाई चेताउनी

चीनले आइतबार ब्रिटेनलाई चेताउनी दिँदै कोल्डवार प्लेबुकको पालना नगर्न भनेको छ । चीनका अनुसार यसको कुनै परिणाम निस्कने छैन। वास्तवमा, यसअघि ब्रिटेनका शीर्ष अधिकारीले र रक्षा मामिलाका जानकारले आफ्नो अष्ट्रेलियाली समकक्षसँग कुराकानी गरेका थिए र एयूकेयूएस (अकस) लाई अघि बढाउने कुरामा जोड दिएका थिए र रुसचीनको प्रतिस्पर्धा गर्नका लागि एक वैचारिक गुटको संयोजनको कुरा गरेका थिए । ब्रिटेनले यो कदम पछि चीनले प्रतिक्रिया दिँदै चेताउनी दिएको छ । अकस एक ऐतिहासिक सुरक्षा सम्झौता हो जसमा अमेरिका, ब्रिटेन र अष्ट्रेलिया सामेल छन् । यो सम्झौताको पछाडि अमेरिकाको उद्देश्य चीनको यो क्षेत्रमा बढ्दो दबदबालाई कम गर्ने बताएको छ । चीनले अकसको गठनपछि…
Read More
अभिनेता आर्नोल्ड कार दुर्घटनामा

अभिनेता आर्नोल्ड कार दुर्घटनामा

हलिउडका लोकप्रिय अभिनेता आर्नोल्ड स्क्र्वाजनिगर अमेरिकाको लस एन्जेल्समा कार दुर्घटनामा परेका छन् । लस एन्जेल्स प्रहरीले शुक्रवार अपरान्हमा भएको सो दुर्घटनामा चारवटा सवारी साधन परेको जनाएको छ । एक व्यक्ति घाइते भएको तर उनको स्थिती चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्राप्त तस्बिरहरुमा एउटा ठूलो स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) ब्रेन्टवुडको इन्टरसेक्सनमा कम्तिमा दुईवटा सवारी साधनमाथि खप्टिएको देखिन्छ । साथै आर्नोल्ड नजिकै उभिरहेको देखिन्छन् ।  प्रहरीले यस सम्बन्धमा अझै कसैलाई पक्राउ गरिनसकेको र रक्सी एवं लागुऔषध प्रयोगका कारण दुर्घटना भएको हुनसक्ने दाबी गरेको छ ।  प्रहरी अधिकारीहरुले दुर्घटनामा संलग्न व्यक्तहरुको परिचय खुलाएको छैन । तर, अभिनेता तथा क्यालिफोर्नियाका पूर्व गवर्नर आर्नोल्डका…
Read More
प्रियंका र निकले गरे सरोगेसी विधिमार्फत बच्चा जन्माउने घोषणा

प्रियंका र निकले गरे सरोगेसी विधिमार्फत बच्चा जन्माउने घोषणा

बलिउड-हलिउड अभिनेत्री प्रियंका चोपडा र पति निक जोनसले सरोगेसी विधिमार्फत बच्चा जन्माउने घोषणा गरेका छन् । प्रियंकाले इन्स्टाग्राममार्फत सो जानकारी दिएकी हुन् । प्रियंकाले इन्स्टाग्राममा लेखेकी छिन्, सरोगेसीमार्फत बच्चालाई हाम्रो जीवनमा स्वागत गर्न पाउँदा हामी खुसी छौं । यो विशेष समयमा सम्मानपूर्वक हाम्रो प्राइभेसीको ख्याल राख्न हामी आग्रह गर्छौं ।’ सरोगेसीमार्फत निक-प्रियंकाको घरमा छोरा वा छोरी आउनेबारे भने कुनै जानकारी आएको छैन । पछिल्लो तीन महिनामा प्रियंका सरोगेसी मार्फत आमा बन्ने दोस्रो बलिउड अभिनेत्री हुन् ।
Read More
र्‍यापर केली र अभिनेत्री मेगनको अनौठौं विवाह प्रस्ताव, काँडा भएको औंठिदेखि…

र्‍यापर केली र अभिनेत्री मेगनको अनौठौं विवाह प्रस्ताव, काँडा भएको औंठिदेखि…

अमेरिकन र्‍यापर मसिन गन केलीले प्रेमिका तथा अभिनेत्री मेगन फक्सलाई विवाहको प्रस्ताव गरेका छन् । अनौठो तरिकाले गरिएको प्रस्ताव यतिखेर चर्चामा छ ।  र्‍यापर केलीले आफ्नी फियोन्से मेगन फक्सलाई विवाहको प्रस्ताव गर्दै काँडा भएको औंठी लगाइदिएका छन् । फक्सले प्रस्ताव स्विकारिन् उनीहरुले दुबैले एकअर्काको रगत पिए । जुन कुरा उनीहरु आफैले हालै एक अन्तर्वार्तामा खुलाएका छन् ।  सामान्यत औंठीमा एउटा मात्रै स्टोन राखिन्छ । तर केलीले आफ्नो र फक्सको बर्थ स्टोन गरी दुईवटा स्टोनसहितको औंठी दिएका छन्, त्यो पनि काँडासहितको ।  काँडा राख्नुको कारण बारे केली भन्छन्, “ताकी उनले आफ्नो औंठी फुकाल्न खोजिन् भने उनलाई पीडा होस् ।” यसका साथै…
Read More
‘ब्याट आउट अफ हेल’ का गायक मिट लोफको ७४ वर्षमा निधन

‘ब्याट आउट अफ हेल’ का गायक मिट लोफको ७४ वर्षमा निधन

अमेरिकी संगीतकर्मी मिट लोफको ७४ वर्षको उमेरमा निधन भएको छ। विश्व चर्चित गीत ‘व्याट आउट अफ हेल’ का गायकको के कारणले निधन भएको खुलाइएको छैन। २० जनवरीमा उनको निधन भएको सञ्चार माध्यमले जनाएका छन् । उनको वास्तविक नाम मार्भिन लि एडे हो। संगीतकर्म र अभिनय यात्रामा आएपछि उनले आफ्नो नाम परिवर्तन गरेका थिए। उनको निधनको बारेमा उनको परिवारले विज्ञप्ति जारी गरी जानकारी दिएको थियो। ‘हामीलाई थाहा उहाँ तपाईहरुको लागि कति महत्वपूर्ण हुनुहुन्थ्यो। यो शोकको घडीमा तपाईहरुले असाध्यै उर्जावान र सुन्दर मन भएको व्यक्ति गुमाउदा हामीप्रति देखाउनुभएको माया र साथप्रति कृतज्ञ छौँ। उहाँको मन देखि तपाईको आत्मासम्म यो कुरा पुगोस् ‘कमाल…
Read More