अभिनेता आर्नोल्ड कार दुर्घटनामा

हलिउडका लोकप्रिय अभिनेता आर्नोल्ड स्क्र्वाजनिगर अमेरिकाको लस एन्जेल्समा कार दुर्घटनामा परेका छन् । लस एन्जेल्स प्रहरीले शुक्रवार अपरान्हमा भएको सो दुर्घटनामा चारवटा सवारी साधन परेको जनाएको छ । एक व्यक्ति घाइते भएको तर उनको स्थिती चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ ।
 
घटनास्थलबाट प्राप्त तस्बिरहरुमा एउटा ठूलो स्पोर्ट युटिलिटी भेहिकल (एसयूभी) ब्रेन्टवुडको इन्टरसेक्सनमा कम्तिमा दुईवटा सवारी साधनमाथि खप्टिएको देखिन्छ । साथै आर्नोल्ड नजिकै उभिरहेको देखिन्छन् ।  प्रहरीले यस सम्बन्धमा अझै कसैलाई पक्राउ गरिनसकेको र रक्सी एवं लागुऔषध प्रयोगका कारण दुर्घटना भएको हुनसक्ने दाबी गरेको छ । 

प्रहरी अधिकारीहरुले दुर्घटनामा संलग्न व्यक्तहरुको परिचय खुलाएको छैन । तर, अभिनेता तथा क्यालिफोर्नियाका पूर्व गवर्नर आर्नोल्डका प्रवक्ताले भने दुर्घटनाका बेला उनले एसयूभी हाँकिरहेको लस एन्जेल्स टाइम्सलाई बताएका छन् । आर्नोल्डलाई कुनै चोटपटक नलागेको र घटनामाथि थप छानविन भइरहेको बताइएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *