India

भारतीय टिममा कोरोना, श्रीलंकाविरुद्धको दोस्रो टी-२० स्थगित

भारतीय टिममा कोरोना, श्रीलंकाविरुद्धको दोस्रो टी-२० स्थगित

भारत र श्रीलंकाविचको दोस्रो टी २० खेल स्थगित भएको छ । तालिका अनुसार आज राति हुने भनिएको खेल कोभिडका कारण स्थगित भएको बताइएको छ ।  भारतीय टिमका एक खेलाडीमा कोरोना देखिएपछि अरु आठ खेलाडी पनि आइसोलेसनमा बसेकाले खेल स्थगित भएको छ । अब आजको खेल विहिबार हुनेछ ।  भारतीय टिमका एक जनामा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा रहेका अरु आठ जना खेलाडीपनि आइसोलेसनमा बसेपछि खेल नहुने भएको हो । यसका साथै इंग्ल्याण्ड भ्रमणमा जाने तयारीमा रहेका पृथ्वी शा र शुर्यकुमार यादवलाई पनि असर पर्ने भएको छ ।  इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि बीसीसीआईले दुई जना खेलाडीलाई पठाउने तालिका थियो । तर…
Read More
राज कुन्द्रा प्रहरी हिरासतमा थप १४ दिन बस्नुपर्ने

राज कुन्द्रा प्रहरी हिरासतमा थप १४ दिन बस्नुपर्ने

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पति एवं व्यापारी राज कुन्द्रालाई मुम्बईको अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाएको छ ।  कुन्द्रालाई गत साता सोमवार पक्राउ गरिएको थियो । त्यसपछि उनी प्रहरी हिरासतमै छन् ।  उनीसँगै पक्राउ परेका रायन थोर्पलाई पनि १४ दिनको न्यायिक हिरासतमा पठाइएको छ । मुम्बई प्रहरीले कुन्द्रालाई पोर्नोग्राफिक फिल्म बनाएको र हटशट्स यापमार्फत प्रसारण गरेको आरोपमा पक्राउ गरेको हो ।  मुम्बई प्रहरीका अनुसार, मुम्बई क्राइम ब्रान्चमा फेब्रुअरी महिनामा एउटा जाहेरी दर्ता भएको थियो । कुन्द्रालाई त्यसै विषयमा पक्राउ गरिएको हो ।  यस प्रकरणमा कुन्द्रा संलग्न रहेको पर्याप्त प्रमाण भेटिएको प्रहरीको दाबी छ ।
Read More
शिल्पाको फोन ‘क्लोनिङ’ गरी दोस्रोपटक सोधपुछ गर्ने तयारी

शिल्पाको फोन ‘क्लोनिङ’ गरी दोस्रोपटक सोधपुछ गर्ने तयारी

मुम्बई प्रहरीको क्राइम ब्रान्च अहिले अश्लील फिल्म बनाउने र्‍याकेट बन्द गर्ने मिसनमा छ । यसै मुद्दामा पक्राउ परेका अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यवसायी राज कुन्द्रामाथि अनुसन्धान भइरहेको छ ।  यही क्रममा राजका कर्मचारीदेखि अभिनेत्री सेट्टीसँग प्रहरीले एक चरण सोधपुछ गरिसकेको छ । मुम्बई प्रहरीले एकपटक फेरि शिल्पासँग सोधपुछ गर्ने तयारी गरिरहेको छ । खबरका अनुसार शिल्पाको फोन ‘क्लोनिङ’ गर्ने योजना बनाइरहेको छ ।  ‘क्लोनिङ’ गरेर जाँच गरेपछि शिल्पाको दोस्रोपटक बयान दर्ता गर्ने क्राइम ब्रान्चको तयारी छ ।  पहिलो पटक गत शुक्रबार क्राइम ब्रान्चले राजको उपस्थितिमा उनीहरूकै घरमा शिल्पाको वयान दर्ता गरेको थियो । जहाँ शिल्पाले आफ्नो श्रीमानलाई लगाएको आरोप…
Read More
हिमाचल प्रदेशमा पर्यटक गाडीमा पहिरो बजारिँदा नौ जनाको मृत्यु

हिमाचल प्रदेशमा पर्यटक गाडीमा पहिरो बजारिँदा नौ जनाको मृत्यु

आइतवार भएको उक्त घटनामा अन्य तीनजना घाइते भएका छन्। घटनास्थलमा खिचिएको तथा सामाजिक सञ्जालमा प्रेषित भिडिओमा एउटा पहाडबाट पहिरो खसेको र ठूलाठूला ढुङ्गा एउटा पुलमा बजारिएको देखिन्छ। बटसेरी-साङ्गला मार्गमा अचानक पहाडमा विस्फोट भएको जस्तो सुनिएको अनि धूलो उडेको देखिएको। त्यसपछि तीव्र गतिमा ढुङ्गाहरू तल खस्न थालेका थिए। हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले उक्त घटनालाई "हृदयविदारक" भनेका छन्। रोकेर राखिएका सवारीसाधनमा ठूला ढुङ्गाहरू बजारिएको अनि त्यसपछि पुल भत्किएको दृश्य ट्विटरमा प्रेषित भिडिओमा देखिन्छ। उक्त घटना किन्नौर जिल्लामा भएको हो। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले शोक प्रकट गर्दै मृतकका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। दिल्लीबाट हिमाचलको प्रसिद्ध चितकुल गाउँ घुम्न जान गएका मानिसहरू…
Read More
हिमाचल प्रदेशको किन्नौरमा पहिरोले ९ जनाको मृत्यु

हिमाचल प्रदेशको किन्नौरमा पहिरोले ९ जनाको मृत्यु

हिमाचल प्रदेशको किन्नौर जिल्लामा एउटा ठूलो पहिरो गएको छ। यस दुर्घटनामा ९जाना पर्यटकहरुले आफ्नो ज्यान गुमाएका छन्। यी सबै पर्यटकहरू दिल्ली एनसीआरका थिए। किन्नौरको सांगला वैलीमा (Sangla valley) अचानक पहाडको टुप्पोबाट ढुङ्गा खसेर तल बगिरहेको खोलामा आउँदा त्यसको गति यती छिटो भयो कि त्यसले नदीको फलामको पुल भाँचिदिए।नजिकैका धेरै पर्यटकहरू पनि भारी बोल्डरहरु र ढुङ्गाको यस पहिरोको घटनामा ज्यान गुमाए। ती मध्ये तीनजनाको अवस्था गम्भीर छ। पछिल्ला केही दिनमा भारी वर्षा भएपछि हिमाचल प्रदेशका धेरै जिल्लाहरुमा पहिरोका घटनाहरू अघि आईरहेका छ तर यो ति मध्य सबैभन्दा खराब र दुखको घटना रहेको छ। ढुङ्गाले नजिकका घरहरू, स्याउ बगैचा र पार्क गरिएका…
Read More
उत्तर-पूर्वी अन्तरिक्ष उपयोग केन्द्रको बैठकमा मुख्यमन्त्री पीएस गोलेको सहभागिता

उत्तर-पूर्वी अन्तरिक्ष उपयोग केन्द्रको बैठकमा मुख्यमन्त्री पीएस गोलेको सहभागिता

मेघालयको राजधानी सिलङ्गमा आज भारत सरकारका गृह तथा सहकारिता मन्त्री अमित शाहको अध्यक्षतामा बसेको उत्तर पूर्वी अन्तरिक्ष उपयोग केन्द्र (नेसाक) को बैठकमा मुख्यमन्त्री पीएस गोलेले पनि सहभागिता जनाए । नेसाकको मुख्यालयमा आयोजित बैठकमा डोनर, पर्यटन तथा संस्कृति मन्त्री जी किसन रेड्डी साथै पूर्वोत्तर राज्यहरूका मुख्यमन्त्रीहरूको विशेष सहभागिता रहेको थियो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पीएस गोलेले भौगोलिक विशेषताको विशेष उल्लेख गर्दै सिक्किम राज्यको संक्षिप्त पृष्ठभूमि राखे। पूर्वी हिमालयको युवा पर्वतीय क्षेत्रमा अवस्थित सिक्किम राज्य भुकम्पीय क्षेत्र ४ भित्र पर्ने र यहाँ घरि घरि भूस्खलन हुने गरेको उनले बताए । यसरी नै जलवायु परिवर्तनको बारेमा बोल्दै उनले भने, जलवायु परिवर्तनको प्रभाव…
Read More
जम्मु काश्मिरमा पुलिसले खसाल्यो उडिरहेको ड्रोन

जम्मु काश्मिरमा पुलिसले खसाल्यो उडिरहेको ड्रोन

जम्मु काश्मिरको कनाचक इलाकामा पुलिसले एक ड्रोनलाई खसालेको छ । उक्त ड्रोन पाकिस्तानबाट पठाइएको सञ्चारमाध्यमको दाबी छ । समाचार एजेन्सी एउनआईका अनुसार यस ड्रोन खसेसँगै पाँच किलो आईईडी पनि बरामद गरिएको छ । सीमा क्षेत्रमा पछिल्ला केही दिनदेखि लगातार ड्रोन देखिएको सञ्चारमाध्यमले जनाएका छन् । ड्रोनको मार्फतबाट कुनै ठूलो हमलालाई सार्थक बनाउने प्रयासमा विद्रोहीहरु लागेको भन्दै गुप्तचरहरुले यसअघि नै सरकारलाई सतर्क गराइसकेका छन् । त्यहीकारण सुरक्षा बलले यस चुनौतीलाई सामना गर्नका लागि रणनीति बनाएको छ । त्यही रणनीतिअन्तर्गत यस ड्रोनलाई खसालिएको जनाइएको छ । उता, बारामुल जिल्लाको सोपोरस्थित वारपोरामा सुरक्षा बल र विद्रोहीबीचको मुठभेडमा परेर केही सैन्यधारी मारिएका छन् ।…
Read More
मेरो फोन पनि ट्याप भएको छः राहुल गान्धी

मेरो फोन पनि ट्याप भएको छः राहुल गान्धी

पूर्व कांग्रेस अध्यक्ष राहुल गान्धीले स्पाइवेयर पेगाससको जासुसी जासूसलाई देशद्रोह भनिएको छ । संसद परिसरमा पत्रकारहरूसँग कुरा गर्दै राहुल गान्धीले भने, गृहमन्त्री अमित शाहले राजीनामा गर्नुपर्दछ र प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकाको छानबिन सर्वोच्च अदालतको निगरानीमा गरिनु पर्छ। राहुल गान्धीले कांग्रेसका सांसदसहित शुक्रबार संसद परिसरमा महात्मा गान्धीको मूर्ति अगाडि प्रदर्शन गरे । राहुल गान्धीले भने, सरकारले पेगाससलाई राजनीतिक हतियारको रूपमा प्रयोग गयो र मेरो फोन पनि ट्याप भएको र छ । उनले भने, जासूस कांडमा विपक्षी एकजुट छ । यो सम्पूर्ण कुराको लागि सरकार जिम्मेवार छ । यस कार्यमा गृहमन्त्रीले राजीनामा गर्नुपर्दछ र प्रधानमन्त्रीको विरुद्ध छानबिन हुनुपर्दछ राहुल गान्धीले भने, 'के…
Read More
अनिल अम्बानीको फोन नम्बर पेगासस जासुसीको सूचीमा

अनिल अम्बानीको फोन नम्बर पेगासस जासुसीको सूचीमा

भारतीय उद्योगपति अनिल अम्बानी पनि पेगासस जासुसीको सूचीमा रहेको खुलासा भएको छ । उनीसँगै सिबिआईका पूर्व निर्देशक आलोक बर्मा पनि जासुसको निशानामा रहेको द इन्डियन एक्सप्रेसले प्रकाशित गरेको एक रिपोर्टमा उल्लेख छ द वायर नामक समाचार पोर्टलमा प्रकाशित समाचारका आधारमा तयार पारिएको सो रिपोर्टमा सिबिआईका अर्को पूर्व विशेष निर्देशक राकेश अस्थाना र एके बर्माको फोन पनि जासुसी भइरहेको उल्लेख गरिएको छ । उद्योगपछि अनिल अम्बानीका कर्मचारी टोनी जेसुडान र फ्रान्सको कम्पनी दासोएडिएसनका भारत स्थित प्रतिनिधि ब्यांकट रावको नम्बर पनि सो सूचीमा छ । अनिल अम्बानी र उनका कर्मचारीको नम्बर सन् २०१८ मा नै जासुसीमा परेको छ । त्यो बेला भारतमा…
Read More
अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुई भारतीय पक्राउ

अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुई भारतीय पक्राउ

अवैध ओसारपसार गर्दै गरेको अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना भारतीय पक्राउ परेका छन् । विराटनगर १७ स्थित मटेरुवा नाकाबाट  शुक्रबार  प्रहरीले अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना भारतीयलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेश राज्यको लखन उमहानगरका ३४ वर्षीय अतुलकुमार र ३५ वर्षीय सन्दीपसिंह राय  छन् ।उनीहरूको साथबाट भारतीय नोट पाँच सयको दुई सय थान,  र सन्दीपसिंह रोयको साथबाट पाँच सयको भारतीय नोट दुई सय १७ थान, अमेरिकन नोट एक सयको  २१ थान, २० को पाँच थान, १० को एक थान  र एकको चार थान बरामद गरेको  प्रहरीले जनाएको छ ।  पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व…
Read More