30
Jul
हामीले भारतमा खोप उत्पादनको क्षमता र खोप आपूर्तिलाई असर पार्ने अन्य पक्षलाई हेरेका छौँ। भारतले अहिले कति खोप उत्पादन गर्छ? भारतमै बनिरहेका दुईवटा खोप कोभिशील्ड र कोभ्याक्सीनको उत्पादनबारे भारत सरकारले हालै फरकफरक सूचना दिएको थियो। ती दुई खोप भारतीय खोप अभियानको मेरुदण्डका रूपमा छन्। आस्ट्राजेनेकाबाट अनुमति लिएर सीरम इन्स्टिट्यूट अफ इन्डियाले कोभिशील्ड उत्पादन गरिरहेको छ भने भारतमै विकसित कोभ्याक्सीन पनि उत्पादन भइरहेको छ। संसद्मा उठेको प्रश्नको उत्तरमा जुलाई २० तारिखमा स्वास्थ्य मन्त्रालयले प्रतिमहिना कोभिशिल्डको ११ करोड मात्राबाट बढाएर १२ करोड पुर्याउने योजना रहेको जनाएको थियो। तर सोही विषयमा अर्को प्रश्नको उत्तरमा प्रतिमहिना अनुमानित १३ करोड मात्रा उत्पादन क्षमता रहेको जानकारी…
