India

भारतीय विज्ञको दाबी : यी महिनामा बढी फैलिनेछ ओमिक्रोन भाइरस अनि नेपालसम्मै खतरा

भारतीय विज्ञको दाबी : यी महिनामा बढी फैलिनेछ ओमिक्रोन भाइरस अनि नेपालसम्मै खतरा

कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन भारतमा दिनदिनै बढ्दै गइरहेको छ । यतिबेला चिसो धेरै भएकाले कोरोनाको ओमिक्रोन भेरियन्ट बिस्तारै फैलिरहेको भए पनि जाडो घटेपछि ओमिक्रोन झन् फैलिने भारतीय विज्ञले दाबी गरेका छन् । राजधानी नयाँदिल्लीस्थित एम्सका कम्युनिटी मेडिसिन प्रोफेसर संजय रायले धेरै चिसो र धेरै गर्मीमा ओमिक्रोन कम फैलिने बताए । आगामी फेब्रुअरी, मार्च महिनामा ओमिक्रोन बढी फैलिने रायको अनुमान छ । ओमिक्रोन तीव्रगतिमा फैलिएर बिस्तारै घट्ने जनाइएको छ । ओमिक्रोन भाइरस सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, फेब्रुअरी र मार्च महिनामा बढी फैलिने जनाइएको छ । यतिबेला अंग्रेजी डिसेम्बर महिना चलिरहेको छ । भारतमा फेब्रुअरी र मार्च महिनामा ओमिक्रोन बढी फैलिएमा…
Read More
भारतमा प्रत्येक २५ मिनेटमा एक गृहिणीले गर्छिन् आत्महत्या, कारण के ?

भारतमा प्रत्येक २५ मिनेटमा एक गृहिणीले गर्छिन् आत्महत्या, कारण के ?

भारतमा अघिल्लो वर्ष २२,३७२ गृहिणीले आत्महत्या गरेको राष्ट्रिय अपराध रिकर्ड विभाग (एनसीआरबी) ले हालै एक  तथ्यांक सार्वजनिक गर्दै जानकारी दिएको छ ।  यस अनुसार प्रत्येक दिन ६१ र प्रत्येक २५ मिनेटमा एक गृहिणीले आत्महत्या गरेका छन् । भारतमा सन् २०२० मा भएको कुल १ लाख ५३ हजार ५२ आत्महत्यामा गृहिणीको संख्या १४.६ प्रतिशत रहेको छ । यसमा आत्महत्या गर्ने महिलाको संख्या ५० प्रतिशत भन्दा पनि बढी छ । यो स्थिती गत वर्षको मात्रै होइन । सन् १९९७ मा जब एनसीआरबीले पेशाको आधारमा आत्महत्याको आँकडा एकत्रित गर्न सुरु गर्यो त्यसयता प्रत्येक वर्ष गृहिणीको आत्महत्याको आँकडा सार्वजनिक भइरहेका छन् । सन्  २००९…
Read More
कंगनासँग विवाह गर्न श्रीमती छोड्न तयार अनिल कपूर !

कंगनासँग विवाह गर्न श्रीमती छोड्न तयार अनिल कपूर !

अभिनेत्री कंगना रनौतलाई बलिउडको क्वीनको रुपमा लिइन्छ । ३४ वर्षकी उनी अहिलेसम्म सिंगल नै छिन् र कसैको पर्खाइमा छिन् । तर, बलिउडका एक यस्ता कलाकार जसले उनीसँग विवाह गर्नका लागि आफ्नो श्रीमतीसम्म छोड्न सक्छन् । यी कलाकार कोही नभएर अनिल कपूर हुन् ।  उनले यो खुलासा करण जोहरको शो ‘कफी विद करण’मा गरेका हुन् ।  करणले अनिलसँग सोधे– ती महिलाको नाम बताउनुस्, जसका लागि तपाइँले आफ्नो पत्नी सुनीतालाई छोड्न सक्नुहुन्छ ?  यसमा अनिलले कंगनाको नाम लिएका थिए । यद्यपि अनिलले कंगनाको नाम मजाकमा लिए तर, सामाजिक सञ्जाल प्रयोगकर्तालाई बहाना त चाहिएको छ, ट्रोल गर्नका लागि ।
Read More
दुर्घटनाको अनुसन्धान गर्न कोर्ट अफ इन्क्वायरी जारी

दुर्घटनाको अनुसन्धान गर्न कोर्ट अफ इन्क्वायरी जारी

तमिलनाडुको कुन्नूरमा सीडीएस बिपिन रावतको हेलिकप्टर दुर्घटनाको अनुसन्धान भइरहेको छ। यस दुर्घटनामा १४ जनाको मृत्युको कारण छानबिन गर्न रक्षा मन्त्रालयले गठन गरेको त्रिपक्षीय छानबिन आगामी दुई साताभित्र सम्पन्न हुने भएको छ । वायुसेनाका प्रमुख, एयर चीफ मार्शल विवेक राम चौधरीले दुर्घटनाको कारणबारे अनुसन्धान गर्न कोर्ट अफ इन्क्वायरी भइरहेको शनिबार बताउनुभयो यस विषयमा सबै कोणबाट अनुसन्धान भइरहेको छ । डन्डिगलको वायुसेना एकेडेमीमा कम्बाइन्ड ग्रेजुएशन परेडमा पत्रकारहरूसँग कुरा गर्दै, भारतीय वायु सेना प्रमुखले भने, हेलिकप्टर दुर्घटनाको अनुसन्धान केही हप्तामा हुनेछ। उनले अनुसन्धान भईरहेको र अति संवेदनशील भएकाले अहिले नै केही भन्न नसकिने बताए । वायुसेना प्रमुखले भने, 'कोर्ट अफ इन्क्वायरीमा आएका कुनै…
Read More
पूर्वी लद्दाख सीमामा चीनसँग तनाव जारी छ : भारतीय वायुसेना प्रमुख

पूर्वी लद्दाख सीमामा चीनसँग तनाव जारी छ : भारतीय वायुसेना प्रमुख

भारतीय वायुसेना प्रमुख एयर चिफ मार्शल वीआर चौधरीले पूर्वी लद्दाख सीमामा चीनसँग तनाव जारी रहेको बताएका छन्। शनिबार हैदराबादमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले चीनसँगको तनाव जारी रहेको बताएका हुन्।  समाचार एजेन्सी पीटीआईसँग उनले भने, ‘तनाव अझै जारी छ। पूर्वी लद्दाखका केही ठाउँमा चिनियाँ सेनाहरू पछि हटेका छन्। तर, सबै स्थानमा सेनाहरु हटिसकेका छैनन्।’ उनले यसबारे विस्तृतमा बताउन चाहेनन्। ‘तर, यति भन्न पर्याप्त छ कि हामी यस क्षेत्रमा छौं। र, यस क्षेत्रमा आउन सक्ने कुनै पनि चुनौतीको सामना गर्न तयार छौं,’ उनले भने।  यस क्षेत्रमा सेनाको तैनाथीको स्तर गत वर्षको अप्रिल महिनामा जस्तै रहेको छ। फरक प्रशंगमा उनले तमिलनाडुमा भएको हेलिकप्टर…
Read More
निवा बुपा हेल्थ इन्स्योरेन्सले जोरहाटमा प्रवेश गर्ने घोषणा गरेको छ

निवा बुपा हेल्थ इन्स्योरेन्सले जोरहाटमा प्रवेश गर्ने घोषणा गरेको छ

निवा बुपा हेल्थ इन्स्योरेन्स प्रालिले विकासको अर्को चरणको रूपमा जोरहाटमा प्रवेश गरेको घोषणा गरेको छ। निवा बुपाले जोरहाटमा आफ्नो सञ्चालन सुरु गर्दैछ, अर्को पाँच वर्षमा करिब १०,००० मानिसहरूलाई स्वास्थ्य कभरेज प्रदान गर्ने लक्ष्य राख्दै।
Read More
चीन सीमासम्म सड़क बनाउन केन्द्र सरकारलाई अनुमति

चीन सीमासम्म सड़क बनाउन केन्द्र सरकारलाई अनुमति

सर्वोच्च अदालतले चार धाम परियोजनालाई स्वीकृति दिएको छ। केन्द्र सरकारले यस परियोजनामार्फत सडकहरूलाई १० मिटरसम्म चौडा बनाउन खोजेको छ सबै मौसममा चल्ने राजमार्ग परियोजना र डबल लेन राजमार्ग बनाउनका लागि केन्द्र सरकारले अनुमति पाएको छ। चारधाम परियोजना अन्तर्गत चीन सीमामा सजिलै पुग्न भारतीय सेनालाई सहज हुनेछ र जुनसुकै मौसममा पनि सेना त्यहाँ पुग्न सक्नेछ । अदालतले मुद्दाको सुनुवाइ गर्दै राजमार्ग बनाउनका लागि सडकको चौडाइ बढाउनुमा रक्षा मन्त्रालयको कुनै दुर्भावना नरहेको बतायो । लगभग १२ हजार करोड रुपियाँको राजमार्ग विस्तार परियोजनाको परिकल्पना सन् २०१६ परियोजनाको परिकल्पना सन् २०१६ मा गरिएको थियो । त्यसअन्तर्गत उत्तराखण्डका चार प्रमुख मन्दिरहरू बद्रीनाथ, केदारनाथ, गंगोत्री र…
Read More
पाकिस्तानले भारतको शान्ति भंग गर्न चाहन्छ: राजनाथ सिंह

पाकिस्तानले भारतको शान्ति भंग गर्न चाहन्छ: राजनाथ सिंह

रक्षामन्त्री राजनाथ सिंहले हालै पाकिस्तानले आतंकवाद र अन्य भारत विरोधी गतिविधिलाई बढावा दिएर भारतको शान्तिलाई भंग गर्न खोजेको बताएका छन् । भारतीय सेनाले सन् १९७१ मा तिनीहरूको योजना विफल पारेको थियो र आतंकवादलाई जराबाट हटाउने काम भइरहेको छ । हामीले प्रत्यक्ष युद्धमा जितेका छौं र अप्रत्यक्ष युद्धमा पनि जित हाम्रै हुनेछ, उनले नयाँ दिल्लीको इण्डिया गेटमा आयोजित भारत-पाक १९७१ युद्ध मा सशस्त्र सेनाको वीरता र व्यावसायिकता र बंगलादेश स्वतन्त्रतामा उनीहरूको योगदानको स्मरण गर्ने कार्यक्रम स्वर्णिम विजय पर्वको उद्घाटन गरेपछि उनले भनेका छन् । उनले बताएका छन्, यो युद्धले धर्मको आधारमा भारतको विभाजन ऐतिहासिक गल्ती थियो भनी बताउँछ। पाकिस्तान एउटै धर्मको…
Read More
४० वर्षपछि पहिलोपल्ट प्रधानमन्त्री कुवेत जानसक्ने

४० वर्षपछि पहिलोपल्ट प्रधानमन्त्री कुवेत जानसक्ने

प्रधानमन्त्री नरेन्द्र मोदी चाँडै कुवेत जाने भएका छन् विशेष कुरा के छ भने विगत ४० वर्षमा कुनै पनि देशका प्रधानमन्त्रीको कुवेत भ्रमण यो पहिलो हुनेछ प्रधानमन्त्री मोदीको कुवेत भ्रमणको यो योजना पश्चिम एशियाका देशहरूसँगको सम्बन्धलाई दह्रो बनाउने र रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुयाउने रणनीतिक हिस्सा भएको बताएको छ। स्मरण रहोस्, कुवेत तेलको क्षेत्रमा धनी देश हो र भारतमा तेल आपूर्तिको एक महत्त्वपूर्ण स्रोत पनि हो । यस भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले कुवेतका निवेशकर्तालाई भारत आउन निमन्त्रणा दिन सक्ने र यसका साथै कुवेतसँग रक्षा सहकार्य बढाउने प्रयास गर्ने बताएको छ। केही मिडिया रिपोर्टमा भनिएको छ कि पीएम मोदी जनवरीको पहिलो सातामा…
Read More
दिल्लीमा थप ४ जनामा देखियो ओमोक्रन, कुल संख्या ७७ पुग्यो

दिल्लीमा थप ४ जनामा देखियो ओमोक्रन, कुल संख्या ७७ पुग्यो

भारतको राजधानी दिल्लीमा थप ४ जनामा कोरोना भाइरसको ओमोक्रन भेरियन्टको संक्रमण देखिएको छ।  यससँगै दिल्लीमा ओमोक्रनको १० केस पुष्टि भएको छ। स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारी अनुसार देशभर ७७ जनामा ओमोक्रनको केस देखिएको छ। दिल्लीमा ओमोक्रन पुष्टी भएका १० जना मध्ये एकजना निको भएर घर फर्किसकेका छन् भने ९ जना अस्पतालमा उपचाररत् छन्। यस्तै, तमिलनाडु र पश्चिम बंगालमा पनि पहिलो ओमोक्रनको केस देखिएको छ। महाराष्ट्र र केरलामा पनि ४-४ जनामा ओमोक्रन देखिएको छ।
Read More