India

भारतको अदालतमा बम विस्फोट, २ जनाको मृत्यु

भारतको अदालतमा बम विस्फोट, २ जनाको मृत्यु

भारतमा पन्जाब प्रान्तको लुधियाना सहरमा अवस्थित एउटा अदालतभित्र बम विस्फोट भएको छ । बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएका छन् । स्थानीय समयअनुसार बिहीबार दिउसो करिब साढे १२ बजेर अदालतको बाथरुममा विस्फोट भएको थियो । विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ । विस्फोट लगत्तै प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ । सो अदालत लुधियाना सहरको मुटुमा रहेको डिस्ट्रिक्ट कमिसनरको कार्यलय नजिक पर्छ । अदालतमा कसले विस्फोट गराएको भन्ने बारेमा केही खुलाइएको छैन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
Read More
भारतमा ओमिक्रोन संक्रमितको संख्या दुई सय पुग्यो, सबैभन्दा बढी दिल्ली र महाराष्ट्रमा

भारतमा ओमिक्रोन संक्रमितको संख्या दुई सय पुग्यो, सबैभन्दा बढी दिल्ली र महाराष्ट्रमा

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमितको संख्या दुई सय पुगेको छ । संक्रमितमध्ये ७७ जना निको भइसकेका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोनका संक्रमित सबैभन्दा बढी दिल्ली र महाराष्ट्रमा भेटिएका छन् । दुवै स्थानमा ५४–५४ जनामा ओमिक्रोन संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।  यस्तै, तेलंगानामा २० र कर्नाटकमा १९ जनामा ओमिक्रोन संक्रमण पुष्टी भइसकेको छ ।  दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले ओमिक्रोनको सामना गर्न सबै तयारी गरिसकिएको बताएका छन् । उनले केन्द्र सरकारसँग बुस्टर डोजको अनुमति दिन पनि अपिल गरेका छन् । 
Read More
रिलिज अघि नै कपिल देवको बायोपिक ‘८३’ को टिकट ब्रिकी, हालसम्म १० करोडको कारोवार

रिलिज अघि नै कपिल देवको बायोपिक ‘८३’ को टिकट ब्रिकी, हालसम्म १० करोडको कारोवार

बलिउड अभिनेता रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्म '८३' डिसेम्बर २६ बाट सिनेमाघरमा प्रदर्शन हुँदैछ। कपिल देवको बायोपिकमा आधारित यस फिल्मले रिलिज अघि नै १० करोड कमाएको छ। बक्स अफिस इन्डियाका अनुसार यस फिल्मले अग्रिम बुकिङबाट १० करोड कमाएको हो। फिल्मसँग भारतीय क्रिकेट फ्यानहरुको भावना जोडिएकोले पनि मल्टिप्लेक्सको एड्भान्स बुकिङ भएको र  १५ हजार टिकट बिक्री भएको बताइएको छ। साथै म्युजिक राइट्स र ओटीटी राइट्सबाट पनि यस फिल्मले राम्रो कमाई गर्ने बताइएको छ। कबिर खानको निर्देशन रहेको फिल्ममा भारतीय क्रिकेटर देवको भूमिका रणवीर सिंहले निर्वाह गरेका छन्। फिल्ममा सन् १९८३ जुन २५ मा भारतले पहिलोपटक वर्ल्ड कप जितेको कथा प्रस्तुत हुनेछ। कपिल देवको वर्ल्ड…
Read More
नागाल्यान्डः भारतीय सेनाले गोली हान्दा १४ जनाको मृत्यु भएपछि शोक र आक्रोश, एक विधवाको प्रश्न ‘अब मेरो हेरचाह कसले गर्छ?’

नागाल्यान्डः भारतीय सेनाले गोली हान्दा १४ जनाको मृत्यु भएपछि शोक र आक्रोश, एक विधवाको प्रश्न ‘अब मेरो हेरचाह कसले गर्छ?’

पूर्वोत्तर भारतीय राज्य नागाल्यान्डको एउटा गाउँ। एउटा झुप्रोबाहिर केही महिलाहरू उदास र मौन मुद्रामा बसिरहेका देखिन्छन्। त्यस झुप्रोभित्र एउटा युवती कोलाहल गरिरहेकी छिन्। दश दिनअघि मात्र विवाह गरेकी उनले रुँदै प्रश्न गरिन्,"अब मेरो हेरचाह कसले गर्छ?" ती युवती २५ वर्षीय मोङ्लोङ हुन्। उनका पति होकुप कोन्याक यसै महिनाको सुरुतिर भारतीय सुरक्षा बलले गोली चलाउँदा मारिएका छ जनामध्ये एक थिए। मारिनेहरू म्यान्मारको सीमानजिकै मोन जिल्लामा कामबाट फर्किरहेका कोइलाखानीका कामदार हुन्। सैन्य शिविरमा आक्रमण गर्न गएका मानिसमाथि गोली चलाउँदा थप आठ जनाको मृत्यु भयो। उक्त भिडन्तमा एक सैनिकको पनि ज्यान गयो। वर्षौँदेखि स्थानीय लडाकु समूहहरूको नेतृत्वमा जारी विद्रोहले त्रसित नागाल्यान्डमा उक्त घटना…
Read More
राज्यसभामा जया बच्चन आक्रोशित- म श्राप दिन्छु तपाईँहरूको खराब दिन सुरू हुन्छ

राज्यसभामा जया बच्चन आक्रोशित- म श्राप दिन्छु तपाईँहरूको खराब दिन सुरू हुन्छ

राज्यसभामा समाजवादी पार्टीकी सांसद तथा अभिनेत्री जया बच्चनले सरकारमाथि आक्रोश पोख्दै 'श्राप' दिएकी छन्। राज्यसभामा भइरहेको नार्कोटिक ड्रग्स र साइकोट्रोपिक पदार्थ (संशोधन) विधेयकमाथिको छलफलका क्रममा सोमबार संसदको चर्काचर्की भएको हो। सरकारको अब खराब दिन आएको भन्दै जया बच्चन आक्रोशित बनिन्। सभामुखले जया बच्चनलाई नार्कोटिक ड्रग्स एन्ड साइकोट्रपिक सब्सटेन्सेस (संशोधन) विधेयक २०२१ मा छलफलमा बोल्न समय दिए। उनले सुरूमै भनिन्, ‘म तपाईंलाई धन्यवाद दिन चाहन्नँ। किनकी तपाईं यताबाट चिच्याउँदै बेलमा जाने समयको याद गर्ने कि आज त्यो कुर्सीमा बसेको बेलाको याद गर्ने?’ जया बच्चनले बोलिरहेका बेला भाजपा सांसद राकेश सिन्हाले उनीमाथि संसदको गरिमा घटाएको भन्दै आक्रोश पोखे। उनले सभामुखलाई व्यक्तिगत रूपमा सम्बोधन गरेको आरोप लगाउँदै…
Read More
सत्ताको रिमोट कण्ट्रोल भएको आरोप निराधार : भागवत

सत्ताको रिमोट कण्ट्रोल भएको आरोप निराधार : भागवत

हिमाचल प्रदेशको कांगडा जिल्लामा आफ्नो बसाइको तेस्रो दिन शनिबार राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) प्रमुख मोहन भागवतले सार्वजनिक कार्यक्रममा सहभागी भएर संघको | पीडा व्यक्त गरेका छन् । उनले सत्ताको रिमोट कन्ट्रोल | संघसँग नभएको बताए । यो आरोप निराधार छ धर्मशाला कलेजको प्रेक्षागृहमा आयोजित भूतपूर्व सैनिक प्रबुद्धता कार्यक्रममा उनले विगत ९६ वर्षदेखि सधैँ आरएसएसको विरोध भएको बताए तर, हामीले समाज सेवालाई निरन्तरता दियौं स्वयंसेवकहरू सत्तामा आएपछि संघले केही राहत पाएको थियो सबै अवरोध पार गर्दै ९६ वर्षसम्म समाजसेवा गर्दै आरएसएस अगाडि बढ्यो । चीन र पाकिस्तानलाई अप्रत्यक्ष सन्देश दिँदै भागवतले भारतले कहिल्यै कसैसँग दुश्मनी नगरेको बताए तर संसारमा शत्रुहरू छन्…
Read More
बीएसएफ भारत – बंगलादेश मित्रताको प्रमुख स्तम्भ : जयशंकर

बीएसएफ भारत – बंगलादेश मित्रताको प्रमुख स्तम्भ : जयशंकर

विदेश मन्त्री एस जयशंकरले ४ हजार किलोमिटर लामो भारत- बंगलादेश सीमानाको रक्षा गर्ने, सीमा सुरक्षा बल (बीएसएफ) भारत - बंगलादेश मित्रताको एक प्रमुख स्तम्भ रहेको बताएका छन् । विजय दिवस समारोहलाई सम्बोधन गर्दै विदेश मन्त्रीले बीएसएफले बंगलादेशको स्वतन्त्रता युद्धमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेकाछन् । तिनले भने, हामी निडर बीएसएफ अधिकारी र पुरुषहरूलाई सलाम गर्दछौं जसको संकल्प र वीरताले सन् १९७१ मा इतिहास र रचेको थियो। युद्धको समयमा सर्वोच्च बलिदान दिने ती सबै बीएसएफ सैनिकहरूलाई हाम्रो गहिरो सम्मान छ। यो वर्ष भारत र बंगलादेश दुवैका लागि विशेष महत्वको रहेको उल्लेख गर्दै जयशंकरले भने, राष्ट्रपति रामनाथ कोविन्दले ढाकामा विजय दिवसको उत्सवमा…
Read More
निषाद समाजको समस्या समाधान गर्नुहोस् : सञ्जय निषाद

निषाद समाजको समस्या समाधान गर्नुहोस् : सञ्जय निषाद

राजधानी लखनउमा आयोजित यालीमा निषाद समाजलाई आरक्षण घोषणा नगरेकोमा निषाद पार्टीका अध्यक्ष डा सञ्जय निषाद आक्रोशित भएका छन् उनले सरकार गठनअघि निषाद समाजका समस्या समाधान हुने भए मात्रै फाइदा हुने बताए । यस सम्बन्धमा सञ्जयले मुख्यमन्त्री योगी आदित्यनाथलाई पत्र लेखेका छन् । यसमा उनले निषादको भोट चाहिने हो भने ख्याल गर्नुपर्ने बताएका छन् । वास्तवमा बीजेपी र निषाद पार्टीको संयुक्त व्यालीमा निषाद समाजलाई दिएको आरक्षणको घोषणा गर्नु पर्ने थियो। सञ्जयले यो कुरा भन्दै समाजका मानिसहरूलाई न्यालीमा ल्याएका थिए तर मञ्चबाट घोषणा भने भएन । यसबाट रिसाएर सञ्जय भन्छन्, गृहमन्त्री अमित शाहले ज्यालीमा आरक्षणको सम्बन्धमा केही भन्नुपर्थ्यो तर उनले एक शब्द…
Read More
बजाज एलियान्ज जनरल इन्स्योरेन्सले ‘हेल्थ प्राइम’ एक वेलनेस राइडर लन्च गरे

बजाज एलियान्ज जनरल इन्स्योरेन्सले ‘हेल्थ प्राइम’ एक वेलनेस राइडर लन्च गरे

बजाज आलियांज जनरल इंश्योरेंस ने अपने अनोखे 'हेल्थ प्राइम' राइडर को लॉन्च करने की घोषणा की है। इस राइडर का लाभ कंपनी के स्वास्थ्य बीमा और व्यक्तिगत दुर्घटना पॉलिसियों के साथ उठाया जा सकता है। इस राइडर के तहत निर्बाध सेवाएं प्रदान करने के लिए, कंपनी ने बजाज फिनसर्व हेल्थ लिमिटेड, एक हेल्थ-टेक कंपनी के साथ मिलकर 2,500 से अधिक लैब चेन और 90,000 डॉक्टरों, बजाज आलियांज जनरल के व्यापक नेटवर्क का लाभ उठाया है।बीमा ग्राहकों की सेवा करेगी।
Read More
अफोर्डप्लान स्वस्थ प्रीपेड कार्ड

अफोर्डप्लान स्वस्थ प्रीपेड कार्ड

अफोर्डप्लान स्वस्थ र सेबब्रता अस्पताल ले कोलकाता र वरपरका बिरामी परिवारहरूका लागि अस्पताल सुविधाहरू अझ सस्तो र पहुँचयोग्य बनाउन स्वास्थ्य सेवा बचत कार्डको लागि आफ्नो सहकार्यको घोषणा गरेका छन्। अफोर्डप्लान स्वस्थ डिजिटल वालेट भएको येस बैंक प्रिपेड कार्ड हो जसले ओपीडी (बहिरि बिरामी विभाग) सेवाहरू, प्रयोगशाला परीक्षणहरू, औषधिहरूको खरिद र सबै आईपीडी (इनपेन्टेन्ट डिपार्टमेन्ट) उपचारहरूको लागि लक्ष्यमा आधारित ईएमआई बचतहरू सक्षम गर्दछ।
Read More