रिलिज अघि नै कपिल देवको बायोपिक ‘८३’ को टिकट ब्रिकी, हालसम्म १० करोडको कारोवार

बलिउड अभिनेता रणवीर सिंहको मुख्य भूमिका रहेको फिल्म ‘८३’ डिसेम्बर २६ बाट सिनेमाघरमा प्रदर्शन हुँदैछ। कपिल देवको बायोपिकमा आधारित यस फिल्मले रिलिज अघि नै १० करोड कमाएको छ।

बक्स अफिस इन्डियाका अनुसार यस फिल्मले अग्रिम बुकिङबाट १० करोड कमाएको हो। फिल्मसँग भारतीय क्रिकेट फ्यानहरुको भावना जोडिएकोले पनि मल्टिप्लेक्सको एड्भान्स बुकिङ भएको र  १५ हजार टिकट बिक्री भएको बताइएको छ। साथै म्युजिक राइट्स र ओटीटी राइट्सबाट पनि यस फिल्मले राम्रो कमाई गर्ने बताइएको छ।

कबिर खानको निर्देशन रहेको फिल्ममा भारतीय क्रिकेटर देवको भूमिका रणवीर सिंहले निर्वाह गरेका छन्।

फिल्ममा सन् १९८३ जुन २५ मा भारतले पहिलोपटक वर्ल्ड कप जितेको कथा प्रस्तुत हुनेछ। कपिल देवको वर्ल्ड कपसम्मको संघर्षपूर्ण यात्रालाई नै फिल्मको कथा बनाइएको छ। फिल्ममा दीपिका पादुकोण कपिल देवकी श्रीमती रोमी भाटियाको भूमिकामा देखिँदैछिन्।

यो फिल्म हिन्दी, तमिल, तेलुगू, मलयालम र कन्नड भाषामा रिलिज हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *