India

केएफसी इन्डिया ले विश्व ब्रेल दिवस मनायो

केएफसी इन्डिया ले विश्व ब्रेल दिवस मनायो

केएफसी इन्डिया ले आफ्ना रेस्टुरेन्टहरूमा ब्रेल-इनेबल्ड मेनुहरू सुरू गरेको छ। 4 जनवरीमा विश्व ब्रेल दिवस मनाउनका लागि, मेनुहरू दिल्ली, मुम्बई, कोलकाता र बैंगलोरमा सुरु हुने रेस्टुरेन्टहरूमा रोल आउट भइरहेका छन्, र यो नेशनल एसोसिएसन फर द ब्लाइन्ड (भारत) सँगको सहकार्यमा डिजाइन गरिएको छ। क्यूएसआर ब्राण्डद्वारा पहिलो पटक, मेनुहरू आगामी हप्ताहरूमा देशका 500+ रेस्टुरेन्टहरूमा उपलब्ध हुनेछन्। गत वर्ष ब्राण्डले आफ्नो केएफसी क्षमता पहल घोषणा गर्‍यो जो 2024 सम्ममा 2X सशक्तिकरणको लागि केन्द्रित प्रयास हो। कार्यक्रमले रेस्टुरेन्टहरूमा महिला कार्यबललाई दुई गुनाले वृद्धि गर्ने र 2024 सम्म सुन्न र बोल्न मा कमजोर हुने टोलीका सदस्यहरूद्वारा सञ्चालित विशेष केएफसी को पदचिह्न दोब्बर बनाउने लक्ष्य…
Read More
‘आरआरआर’को हिन्दी भर्सनमा रामचरण र जुनियर एनटीआरकै आवाज

‘आरआरआर’को हिन्दी भर्सनमा रामचरण र जुनियर एनटीआरकै आवाज

बहुप्रतीक्षित दक्षिण भारतीय चलचित्र ‘आरआरआर’को हिन्दी भर्सनमा पनि मुख्य कलाकार रामचरण र जुनियर एनटीआरकै आवाज सुन्न पाइने भएको छ । निर्देशक एसएस राजमौली भन्छन्, “हिन्दी भाषाका दर्शकका लागि यो एउटा ट्रिट हो । किनभने, पहिलोपटक उनीहरूले आफ्नै आवाजमा डब गराएका छन् । उनीहरूले सही शब्दावली उच्चारणका लागि धेरै हदसम्म प्रयास गरेका छन् ।” उनका अनुसार रामचरण र जुनियर एनटीआर दुवैलाई सेट र घरमा पनि हिन्दी सिकाउने गुरुको व्यवस्था गरिएको थियो । चलचित्र तेलुगु, हिन्दी, कन्नाडालगायत थुप्रै भाषामा रिलिज हुँदै छ । चलचित्रमा तेलुगुसहित बलिउड स्टारहरू अजय देवगन र आलिया भट्टको पनि मुख्य भूमिका छ । भारतमा बढ्दो कोरोना संक्रमणका कारण…
Read More
भारतमा कोरोनाको तेस्रो लहर : आज ५८ हजार संक्रमित थपिए, ५३४ जनाको मृत्यु

भारतमा कोरोनाको तेस्रो लहर : आज ५८ हजार संक्रमित थपिए, ५३४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आज बिहान जनाएअनुसार संक्रमणबाट थप ५३४ जनाको मृत्यु भएको छ । आजको दैनिक संक्रमणदर ४.१८ प्रतिशत छ । सक्रिय संक्रमित संख्या २ लाख १४ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुने संख्या १५ हजार ३८९ छ । भारतमा ओमिक्रोन भेरिएन्ट संक्रमण संख्या २ हजार नाघेको छ । अहिलेसम्म २१३५ वटा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ वटा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको छ । महाराष्ट्रमा मात्रै ६५३ ओमिक्रोन केस पुष्टि भएको छ । दिल्लीमा ६४६, केरला १८५ र राजस्थानमा १७४ ओमिक्रोन…
Read More
फिल्म रिलिज रोकिनेमा पालोमा प्रभासको ‘राधे श्याम’ पनि…

फिल्म रिलिज रोकिनेमा पालोमा प्रभासको ‘राधे श्याम’ पनि…

कोभिड १९ को संक्रमण र त्यसकै ओमोक्रन भेरियन्ट तीब्र गतिमा फैलिन थालेपछि बाउन्स ब्याक हुँदै गरेको भारतीय फिल्म उद्योग पुन: थला पर्ने संकेत देखा परेको छ। ट्रेड एनलिस्ट तरन आदर्शले आज ट्विट गर्दै फिल्म 'राधे श्याम'को प्रदर्शन स्थगित भएको सार्वजनिक गरे। 'अब औपचारिक रुपमा आयो - राधे श्याम प्रदर्शन स्थगित।' बाहुबली स्टारर प्रभासको लिड रोल रहेको राधे श्याम पछिल्लो समय संक्रमणका कारण रिलिज डेट स्थगित हुने चौथो ठूलो बहुप्रतिक्षित फिल्म हो। यसअघि बहुप्रतिक्षित फिल्महरु जर्सी, आरआरआर र पृथ्वीराज ले रिलिज रोकिसकेका छन्। जनवरी १४ मा रिलिज मिति तय थियो फिल्मको। ३ सय ५० करोड लागत रहेको फिल्मका निर्देशक राधा कृष्ण कुमार…
Read More
झारखण्डमा एक युवकलाई भिडले कुटपिट गरी जिउँदै जलायो

झारखण्डमा एक युवकलाई भिडले कुटपिट गरी जिउँदै जलायो

झारखण्डको सिमडेगा जिल्लाको ग्रामीण क्षेत्रमा भिडले एक युवकलाई गम्भीर कुटपिट गरी जिउँदै जलाएको छ ।प्रहरीले घटनालाई ‘मब लिन्चिङ जस्तो’ भनेको छ । घटनाको अनुसन्धान भइरहेको र केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार मारिने युवककी पत्नीले भिडसँग ज्यानको भिक मागेकी थिइन् । तर उनको बिन्ती नसुनेर कुटपिट गरेर जलाएका हुन् ।बेसराजारा गाउँमा यो घटना भएको हो । मारिने व्यक्तिका नाम सञ्जू प्रधान हो । स्थानीय आदिवासीहरुको स्वीकृति बिना सञ्जूले रुख काटेर दाउरा बेच्ने गरेको आरोपमा उनको हत्या भएको हो । आदिवासीहरुको पारम्परागत खूँटकटी व्यवस्था अनुसार ग्राम प्रधानको इजाजत बिना गाउँमा रुख काट्न पाइँदैन । सञ्जूले रुख काट्ने…
Read More
नेपाल-भारत सीमा विवाद

नेपाल-भारत सीमा विवाद

प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो नयाँ कार्यकालको पहिलो भारत भ्रमण गर्ने तयारीमा छन्। आसन्न भ्रमणमा उनीसँग दुई वर्षअघि नेपाल-भारत सम्बन्धलाई चिसो बनाएको कालापानी क्षेत्रको सीमा विवादको हल खोज्ने अवसर रहेको विज्ञहरूले औँल्याएका छन्। दिल्लीले नेपाल-भारत सीमा विवादका विषयमा ठोस छलफल अघि बढाउन आलटाल गरिरहेको भन्दै नेपाली विज्ञहरूले प्रधानमन्त्रीको भ्रमणमा कालापानी विवाद द्विपक्षीय छलफलको विषय बनाउनुपर्ने बताएका छन्। हालै भारतले आफ्नो राजनीतिक नक्सामा पश्चिमतर्फ नेपाल-भारत सीमा नदी मानिएको काली नदीको धारलाई फरक देखाएको विवरणहरू सार्वजनिक भएका थिए। नयाँ नक्सा कालापानीसहितका भूभाग आफ्नो भएको पुष्टि गर्ने भारतको प्रयासअनुरूप भएको कतिपय नेपाली सीमाविद्हरूले दाबी गरेका छन्। गत शनिवार अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर उत्तराखण्डका…
Read More
आईएटिओ को ३६ औं वार्षिक कन्वेन्शन

आईएटिओ को ३६ औं वार्षिक कन्वेन्शन

गुजरातका मुख्यमन्त्री श्री भूपेन्द्र पटेलले गान्धीनगरको होटल द लीलामा आयोजित ३६औँ वार्षिक सम्मेलन इन्डियन एसोसिएसन अफ टुर अपरेटर (आईएटिओ) को उद्घाटन गरेका छन्। उद्घाटन समारोहमा भारत सरकारका पर्यटन सचिव श्री अरविन्द सिंह, गुजरातका पर्यटन सचिव श्री हरित शुक्ला र अन्य विशिष्ट व्यक्तिहरू उपस्थित थिए। आईएटिओ को यो ३६ औं सम्मेलनमा भाग लिन भारतभरबाट टुर अपरेटरहरू गुजरात आएका थिए। उनीहरुले ३ दिने सम्मेलनमा ‘ब्रान्ड इन्डिया: द रोड टु रिकभरी’ भन्ने विषयमा छलफल गरेका थिए। ब्रान्ड इन्डिया - द रोड टु रिकभरी फर रिभाइभल अफ बिजनेस, होटल्स इस न्यू नर्मल,कनेक्टिभिटी: न्यू फ्रन्टियर्स, एसईआईएस:एफटिपी २०२१-२०२६ अन्तर्गत नयाँ नीति, जिम्मेवार पर्यटन,स्वचालन र डिजिटल मार्केटिङ…
Read More
कोटा नियममा मोदी सरकारले परिवर्तन नगर्ने

कोटा नियममा मोदी सरकारले परिवर्तन नगर्ने

सरकारले आर्थिक रूपमा कमजोर खण्ड (ईडब्ल्यूएस) को पहिचानको लागि आठ लाख रुपियाँको विद्यमान वार्षिक आय सीमा जारी राख्ने निर्णय गरेको छ। सर्वोच्च अदालतमा पेश गरिएको एक शपथपत्रमा केन्द्रले मापदण्डहरूको पुनः मूल्याङ्कनका लागि || सरकारद्वारा गठित समितिले यस वर्षको परामर्श र भर्नाका लागि विद्यमान मापदण्डहरू जारी राख्न सुझाउ दिएको बताएको छ। यससँगै केन्द्र सरकारले ८ लाख रुपियाँसम्म आय भएका उम्मेद्वारहरूलाई एनईईटी पाठ्यक्रममा न भर्ना गर्न चाहेको बताएको छ।वास्तवमा हालै सर्वोच्च अदालतमा दर्ता गरिएको शपथ पत्रमा केन्द्र सरकारले समितिको प्रतिवेदनको प्रतिलिपि पनि संलग्न गरेको | छ। केन्द्रिय सरकारले नयाँ मापदण्डको सम्भावित | कार्यान्वयनका लागि सिफारिस सहित समितिका | सिफारिसहरू स्वीकार गर्ने निर्णय…
Read More
मध्य प्रदेशमा हंगामा, चन्द्रशेखर आजाद नजरबन्द

मध्य प्रदेशमा हंगामा, चन्द्रशेखर आजाद नजरबन्द

ओबीसी आरक्षणलाई लिएर मध्य प्रदेशमा हंगामा मच्चिएको छ ओबीसी महासभा कार्यकर्ताहरूले आइतबार शहरमा उग्र विरोध प्रदर्शन गरे कार्यकर्ताहरू विधायक क्वार्टरमा भेला भए र नाराबाजी गरे उनी मुख्यमन्त्री निवास घेर्न निस्कँदा पुलिसले उनलाई रोकेको थियो पुलिसले ठूलो संख्यामा प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। भीम आर्मीका चन्द्रशेखर आजादलाई पुलिसले विमानस्थलमा नजरबन्दमा राखेको छ। चन्द्रशेखर ओबीसी महासभाको प्रदर्शनमा भाग लिन भोपाल आउँदै थिए । अर्कोतर्फ, मध्य प्रदेशका पूर्व मुख्यमन्त्री कमलनाथले यस विषयमा ट्रीट गरेका छन्- पञ्चायत चुनाउमा ओबीसी आरक्षणको माग गर्दै भोपालमा आज ओबीसी महासभाले प्रदर्शनको घोषणा गरिसकेको छ। तर थाहा छैन किन शिवराज सरकार ओबीसी वर्गलाई बेवास्ता गरिरहेको छ, सरकार किन उनीहरूको दमनमा…
Read More
एकता कपुरलाई कोरोना संक्रमण

एकता कपुरलाई कोरोना संक्रमण

बलिउड निर्मात्री एकता कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  एकता कपुरलाई कोरोना संक्रमण पुष्टि भएको भारतीय मिडियाले जनाएको छ । बलिउडका कलाकारहरु आमिर खान, कात्तिक आर्यन, विक्रान्त मैसे, मनोज बाजपेयी, तारा सुतारिया संक्रमित भइसकेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढीरहेको छ ।
Read More