India

भारतमा एकै दिन २ लाख ६४ हजार नयाँ संक्रमित

भारतमा एकै दिन २ लाख ६४ हजार नयाँ संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा २ लाख ६४ हजार मानिस कोरोना भाइरस संक्रमित भएका छन्। यसमा ओमिक्रोन भेरियन्ट संक्रमितको संख्या ५ हजार ७ सय ५३ संक्रमित रहेका छन्। भारतको स्वास्थ्य मन्त्रालयको अनुसार ३ सय १५ जनाको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ। बिबिसी हिन्दीका अनुसार कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या १ लाख ९ हजार ३ सय ४५ रहेको छ। संक्रमणको दर भने १४ दशमलव ७८ प्रतिशत रहेको छ। भारतमा कोरोनाको संक्रमण तिव्र रुपमा भईरहेको छ। सरकारले यसको प्रभाव रोक्न खोप कार्यक्रमलाई पनि अगाडि बढाइरहेको छ। दिनमा ७३ लाख भन्दा धेरै मानिसलाई खोप लगाइरहेको र हालसम्म भारतका १ अरब ५५ करोड जनसंख्यालाई…
Read More
भगवान भरोसामा प्रियंकाको सन्तान चाहना

भगवान भरोसामा प्रियंकाको सन्तान चाहना

अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस बलिउडको लोकप्रिय जोडीमा पर्दछन् । हालैमात्र यो जोडीले वेनिटी फेयरसँग परिवार योजनाबारे खुलेर कुराकानी गरेका छन् । फिल्म ‘द मेट्रिक्स’ अभिनेत्री प्रियंकाले सन्तान योजना आफ्नो भविष्यको योजनाको ठूलो हिस्सा भएको बताइन् । उनका अनुसार सन्तान जन्माउन उनलाई अहिले हतारो छैन । ‘भगवानको कृपाले जहिल्यै हुन्छ, त्यहीबेला हुन्छ । सन्तान जन्मदैमा फिल्ममा काम नगर्ने भन्ने होइन । त्यो त्यही समयमा निर्णय हुन्छ । तर एउटा सत्य के हो भने बच्चा जन्मिएपछि जीवन पक्कै कम गतिमा बढ्छ’, उनले भनेकी छन् । प्रियंकाले व्यस्तताको बाबजुद पनि सन् २०२२ मा घरसँग दुरी नबढाउने प्रण गरेकी छन्…
Read More
युवाहरूमाझ बढ्दो लोकप्रियताका कारण हिन्दीको भविष्य उज्ज्वलः मोदी

युवाहरूमाझ बढ्दो लोकप्रियताका कारण हिन्दीको भविष्य उज्ज्वलः मोदी

प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व हिन्दी दिवसको अवसरमा यस भाषाको प्रसारको बारेमा कुरा गरे । उनले भने, हिन्दी भाषाले हाम्रो ज्ञान र संस्कृतिको प्रसारमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । परराष्ट्र मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।यसैबीच युनेस्कोबाट भारतका लागि पनि खुशीको खबर आएको छ । विश्व सम्पदा केन्द्रले भारतका युनेस्को द्वारा चिन्हित सम्पदा स्थलहरूको विवरण आफ्नो वेबसाइटमा हिन्दीमा प्रकाशित गर्न सहमत भएको जनाएको छ । अर्कोतर्फ विश्व हिन्दी दिवसको अवसरमा कार्यक्रमको नेतृत्व परराष्ट्र राज्यमन्त्री मीनाक्षी लेखीले गरिन् । यसमा प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस जयशंकरले हिन्दीको महत्वबारे कुरा गरेका थिए । कार्यक्रममा मोदीले भने, हिन्दी भाषाले आफ्नो…
Read More
एसबीआई लाइफ फाइनेंसियल इम्युनिटी सर्वे २.०

एसबीआई लाइफ फाइनेंसियल इम्युनिटी सर्वे २.०

एसबीआई लाइफ इन्स्योरेन्सले अर्को व्यापक उपभोक्ता अध्ययन, वित्तीय प्रतिरक्षा सर्वेक्षण २.० को अनावरण गरेको छ, जसले कोभिड पछिको संसारमा वित्तीय तयारीप्रति उपभोक्ताको विकासशील व्यवहारमा गहिरो अन्तर्दृष्टि प्रदान गर्दछ। एसबीआई लाइफ ले नीलसनआईक्यू (इंडिया) सँग सर्वेक्षण सञ्चालन गर्यो, जसले भारतको लम्बाइ र चौडाइलाई समेट्ने २८ प्रमुख सहरहरूमा ५००० उत्तरदाताहरूसम्म पुग्यो।
Read More
भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा थप दुई लाख ४७ हजारभन्दा बढी कोरोना संक्रमित

भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ४७ हजार ४१७ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले  बिहीबार जानकारी दिएको छ। हाल यहाँ पाँच हजार ४८८ जना ओमिक्रोनका संक्रमितरहेका पनि सो मन्न्त्रालयले बिहीबार जानकारी दिएको छ।   भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको सङ्ख्या एघार लाख १७ हजार ५३१ रहेका छन्। गएको २४ घण्टामा भारतमा  ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४७ लाख  १५ हजार ३६१ जनालाई कोरोना सक्रमण निको भएको छ। यहाँ कोरोना भाइरस निको हुने दर ९५।५९प्रतिशत रहेको जनाइएको छ।  सोही अवधिमा थप  ३८० को कोरोना सङ्क्रमणका कारण…
Read More
लता मंगेशकरको स्वास्थ्यमा सुधार हुँदै

लता मंगेशकरको स्वास्थ्यमा सुधार हुँदै

कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत् भारतीय गायिका लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको छ। आईसीयूमा उपचाररत मंगेशकरको स्वास्थ्यमा केही सुधार आएको चिकित्सकहरुले बताएका छन्। मंगेश्करलाई चिकित्सकहरुले उच्च निगरानीमा राख्नुका साधै परिवारसँग समेत भेट्न दिइएका छैनन्। अझै १० देखि १२ दिन  उनलाई आईसियूमै राखिने अस्पतालले जनाएको छ। कोरोनाको सामान्य लक्षण देखिए पनि उमेरका कारण उनलाई मुम्बईको क्याण्डी अस्पतालमा आईसियूमा उपचार भर्ना गरिएको थियो। यसअघि सन् २०१९ मा श्वासप्रश्वासमा समस्या आउँदा लतालाई अस्पताल भर्ना गरिएको थियो।
Read More
सामन्थासँगको सम्बन्धविच्छेदमा खुशी नागा

सामन्थासँगको सम्बन्धविच्छेदमा खुशी नागा

दक्षिण भारतीय फिल्म स्टार नागा चैतन्य र उनकी अभिनेत्री पत्नी सामन्था रुथ प्रभुले गतवर्ष सम्बन्धविच्छेद गरे । यो जोडीलाई आदर्श मान्ने उनका फ्यानहरु उनीहरु को निर्णयले दुःखी बने । उनीहरु के कारणले अलग्गिए भन्ने कुरा अहिले पनि खुल्न सकेको छैन । नागाले हालैमात्र मिडियासँग आफूहरुको सम्बन्धविच्छेदका बारेमा बोलेका छन् । उनले सामान्थासँग अलग्गिएर आफू खुशी भएको प्रतिक्रिया दिएका छन् ।‘कुनै जोडी अलग्गिनु ठूलो कुरा होइन । हामी दुवैले मिलेर यो निर्णय लिएका हौं । यदि उनी यो फैसलामा खुशी छिन् भने म पनि खुशी छु । हामीले जुन अवस्थामा अलग्गिने निर्णय लियौं, त्यो सही थियो । त्यो समयमा त्यहीमात्र अन्तिम…
Read More
ब्लेण्डर्स प्राइडको नयाँ अभियान ‘मेड अफ् प्राइड’-मा आलिया भट्ट

ब्लेण्डर्स प्राइडको नयाँ अभियान ‘मेड अफ् प्राइड’-मा आलिया भट्ट

ब्लेण्डर्स प्राइडले आलिया भट्टलाई ब्राण्डको नयाँ अनुहारको रूपमा मनमोहक अभियान फिल्म ‘मेड अफ् प्राइड’ मार्फत स्वागत गरेको छ। यसले आलियाको अथक र कहिले हार नमान्ने मनोवृत्ति र आफ्नो प्रामाणिक आत्म भएकोमा उनको गर्वलाई झल्काउँछ। आफ्नो लचिलोपन र गतिशीलताको साथ बहु-आयामी अभिनेत्रीले वास्तवमा ब्राण्डको दर्शनलाई प्रतिनिधित्व गर्छिन् जुन यस बोल्ड र एम्पावरिङ अभियानको साथ एक रोमाञ्चक नयाँ मोड़ लिन्छ। ब्राण्डले जीवन्त, प्रेरणादायी र समकालीन आवाजको स्फूर्तिदायी स्वरको साथ नयाँ यात्रा शुरु गरेको छ। ब्ल्याक एण्ड वाइट इमेजरीबाट कलरमा परिवर्तन गर्ने निर्णय ब्राण्डको लागि स्फूर्तिदायी चाल हो तर यसले प्रीमियम क्युहरू एण्हान्स गर्न जारी राख्छ। फिल्मको कथाको माध्यमबाट, आलियाले दर्शकहरूलाई भन्छिन् -वाच…
Read More
यी हुन् बलिउडका सबैभन्दा धनी अभिनेत्री

यी हुन् बलिउडका सबैभन्दा धनी अभिनेत्री

बलिउड अभिनेत्री आम्दानीको मामिलामा निकै अगाडि छन् । केहीको आम्दानी त अभिनेता सरह हुन थालिसकेको छ । कोही अभिनेत्री त एक फिल्मका लागि १२ देखि १३ करोड (भारु) फि समेत लिने गर्छन् । बलिउडका यी हुन् सबैभन्दा धनी अभिनेत्री । प्रियंका चोपडा: बलिउडदेखि हलिउडसम्म छाउन सफल छिन् अभिनेत्री प्रियंका चोपडा । उनी भारतकी सबैभन्दा धनी अभिनेत्रीमा पर्दछिन् । फिल्मको अलावा उनको फेसन ब्राण्ड, हेयर प्रोडक्ट, रेष्टुरेन्ट समेत रहेको छ । उनी  बलिउड एक फिल्मका लागि ६ देखि १० करोड करीना कपुर: छिट्टै फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिने अभिनेत्री करीना कपुर खानसँग ४१२ करोड सम्पत्ति छ । एक फिल्मका लागि उनी…
Read More
भारतरत्नद्वारा सम्मानित भारतीय गायिका लता मंगेशकरको आइसीयुमा उपचार भइरहेको छ ।

भारतरत्नद्वारा सम्मानित भारतीय गायिका लता मंगेशकरको आइसीयुमा उपचार भइरहेको छ ।

भारतरत्नद्वारा सम्मानित भारतीय गायिका लता मंगेशकरको आइसीयुमा उपचार भइरहेको छ ।  कोरोना संक्रमण भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । स्वास्थ्य गम्भिर बनेपछि उनलाई आइसीयुमा राखी उपचार गरिएको हो ।  उपचारमा संलग्न चिकित्सकका अनुसार लता मंगेशकरलाई कोरोना संक्रमणको साथसाथै निमोनिया पनि भएको छ । अझै उनलाई १०–१२ दिन निगरानीमा राखी उपचार गर्नुपर्ने चिकित्सकले बताएका छन् ।  ९२ वर्षीय लता मंगेशकर गत साता कोरोना संक्रमण भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी थिइन् । 
Read More