India

चिनियाँ सेनाद्वारा यी भारतीय नागरिक अपहरण, भारतमा मच्चियो हंगामा

चिनियाँ सेनाद्वारा यी भारतीय नागरिक अपहरण, भारतमा मच्चियो हंगामा

चिनियाँ जनमुक्ति सेनाले एक भारतीय नागरिक अपहरण गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। भारतीय राज्य अरुणाचलका एक युवकलाई हालै चिनियाँ सेनाले अपहरण गरेको अरुणाचलका भाजपा सांसद तापिर गाओले पनि पुष्टि गरेका छन्। अरुणाचललाई चीनले दक्षिण तिब्बत भएको दाबी गर्दछ। तर भारतले अरुणाचले आफ्नो भूमि भएको र चीनले त्यसमा दाबी गर्नु गलत कार्य भएको उल्लेख गर्दै आएको छ।अपहरण परेका युवक १७ वर्षका मिराम तारोन भएको सांसद गओले जनाएका छन्। चिनियाँ सेनाले भारतीय नागरिक अपहरण गरेको खबरसँगै भारतमा हंगामा मच्चिएको छ। भारतीय संसदमा पनि यो विषय उठेको छ। चीनले यस्तो अतिक्रमण र अत्याचार गरिरहँदा भारतीय सरकार मौन बसेको भन्दै विपक्षी पार्टी काँग्रेस…
Read More
भारतमा फेरि बढ्यो कोरोना संक्रमण : एकैदिन ३ लाखभन्दा बढीमा संक्रमण, ४९१ को मृत्यु

भारतमा फेरि बढ्यो कोरोना संक्रमण : एकैदिन ३ लाखभन्दा बढीमा संक्रमण, ४९१ को मृत्यु

भारतमा एकैदिन तीन लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ५३२ नयाँ कोरोना संक्रमित थपिएका छन्। साथै भारतमा बिहीबार कोरोना संक्रमणबाट ४९१ जनाको मृत्यु भएको छ। २ लाख २३ हजार ९९० जना उपचारपछि निको भएका छन्। हाल भारतमा सक्रिय संक्रमितको संख्या १९ लाख २४ हजार ५१ छ। योसँगै कोरोना पोजिटिभ दर १६.४१% पुगेको छ। हालसम्म भारतमा कुल ९ हजार २८७ जनामा ​​कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनको तुलनामा कोरोना संक्रमितको संख्या ३.६ % बढेको हो।  भारतमा बुधबार २ लाख ८२ हजारभन्दा धेरै संक्रमित भएका थिए भने ४४१ जनाको मृत्यु…
Read More
“उच्चतम माइलेज पाउनुहोस् वा ट्रक फिर्ता दिनुहोस्” महिन्द्राको घोषणा

“उच्चतम माइलेज पाउनुहोस् वा ट्रक फिर्ता दिनुहोस्” महिन्द्राको घोषणा

महिन्द्राको ट्रक र बस डिभिजन (एमटीबी) ले उनीहरूको ब्लाजो एक्स हेभी, फ्यूरियो इन्टरमीडिएट, र फ्यूरियो7 र जेएवाईओ लगायतका लाइट कमर्शियल ट्रकहरूको सम्पूर्ण बीएस6 दायराका लागि "अधिक माइलेज पाउनुहोस् वा ट्रक फिर्ता दिनुहोस्" ग्यारेन्टीको अनौठो र अवरोधकारी ग्राहक मूल्य प्रस्तावको घोषणा गरेको छ। नयाँ दायराले फ्युएलस्मार्ट टेक्नोलोजीको साथ प्रमाणित 7.2एल एमपावर इन्जिन (एचसीभी) र एमडीआई टेक इन्जिन (आईएलसीभी), प्रमाणित प्रमाणित बॉश आफ्टर ट्रीटमेन्ट सिस्टमको साथ माइल्ड ईजीआर ल जसले एड ब्लू कन्सम्पशन कम गर्छ र धेरै अन्य प्राविधिक प्रगतिहरू प्रदान गर्दछ।अत्याधुनिक आईम्याक्स टेलिमेटिक्स समाधानको अलावा, ती सबैले एकसाथ, ग्यारेनण्टी उच्च माइलेज सुनिश्चित गर्दछ।यस अवसरमा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको अटोमोटिव सेक्टरका प्रमुख…
Read More
अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरम्लो’ हिन्दी भाषामा आउँदै

अल्लु अर्जुनको ‘अला वैकुण्ठपुरम्लो’ हिन्दी भाषामा आउँदै

‘अला वैकुण्ठपुरमलो’ हिन्दीमा २६ जनवरीमा रिलिज हुने भएको छ। साउथका सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ ले देश तथा विदेशमा राम्रो व्यापार गरेको छ। अब अल्लुका हिन्दी फ्यानहरूले फेरि ठूलो उपहार पाउने भएका छन्। ‘अला वैकुण्ठपुरम्लो’ फिल्मका निर्माताहरूले अल्लुको फिल्मलाई हिन्दीमा डबिङ गर्ने र २६ जनवरी २०२२ मा सिनेमाघरमा रिलिज गर्ने निर्णय गरेका छन्। त्रिविक्रम श्रीनिवासद्वारा निर्देशित यो फिल्म २०२० मा हलमा रिलिज भएको थियो । यो फिल्म साउथको सबैभन्दा ठूलो ब्लकबस्टर साबित भएको थियो। फिल्ममा अल्लुसँगै पूजा हेग्डे, तब्बुलगायतले अभिनय गरेका छन्। तेलगु भाषामा बनाइएको यो फिल्ममा १०० करोड भारतीय रुपैयाँ लगानी रहेको थियो। फिल्मले २ सय ५०…
Read More
गोवा पुगेर अरविन्द केजरीवालले गरे नयाँ मुख्यमन्त्री उम्मेदवारको घोषणा

गोवा पुगेर अरविन्द केजरीवालले गरे नयाँ मुख्यमन्त्री उम्मेदवारको घोषणा

भारतीय राजनीतिमा आम आदमी पार्टी (आप) नयाँ दल हो तर राजधानी नयाँदिल्लीमा आपका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्ता चलाइरहेका छन् । आप अब दिल्लीबाहिर समेत जबरजस्त चुनाव लड्ने तयारीमा लागेको छ । केही महिनाभित्रै पञ्जाब र गोवामा हुने चुनावका लागि आपले मुख्यमन्त्री उम्मेदवार घोषणा गरेको छ । आपले पञ्जाबमा भगवंत मानलाई मुख्यमन्त्री बनाउने घोषणा गरेको छ भने गोवामा अमित पालेकरलाई मुख्यमन्त्री बनाउने घोषणा गरिएको छ । मंगलवार गोवा पुगेका आप अध्यक्ष तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधवार पत्रकार सम्मेलन गर्दै अमितलाई भावी मुख्यमन्त्री घोषणा गरेका हुन् । केजरीवालले गोवाका जनता पुराना पार्टी देखेर दिक्क भइसकेकाले अब आपलाई मतदान गर्ने बताए ।…
Read More
भारतको लडाकु पानीजहाजमा विष्फोट, ३ जनाको मृत्यु

भारतको लडाकु पानीजहाजमा विष्फोट, ३ जनाको मृत्यु

मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । ‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट हुँदा नौसेनाका तीन जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । जहाजका चालक दलले स्थितिलाई तुरुन्तै सम्हालेर थप क्षति हुन नदिएको नौसेनाका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् । भारतीय नौसेनाको ज्यान जाने गरी भएको यो विष्फोटको घटनाको छानविन चलिरहेको छ । आईएनएस रणवीर युद्धपोतलाई भारतले सन् १९८६ को अक्टुबर २८ तारिखदेखि भारतीय नौसेनामा सामेल गरेको थियो । यो युद्धपोत अत्याधुनिक हतियार र सेन्सर जडित छ । यसबाट सतहबाट सतहमा र हावामा पनि…
Read More
भारतमा एकैदिन २ लाख ८२ हजारमा कोरोना संक्रमण , ४४१ जनाको मृत्यु

भारतमा एकैदिन २ लाख ८२ हजारमा कोरोना संक्रमण , ४४१ जनाको मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ४४१ जनाको मृत्यु भएको छ। योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ८७ हजार २०२ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्। सोमबार र मंगलबार भने संक्रमण दर कम देखिएको  थियो। यस्तै पछिल्लो २४ घन्टामा थप १ लाख ८८ हजार १५७ जना कोरोनामुक्त भएका छन्। देशमा संक्रमण तीव्र  फैलिए पनि निको हुने दर भने बढिरहेको छ। भारतमा पाँच राज्यमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको छ। कर्नाटकमा ४१ हजार ४५७ जनामा संक्रमण देखिएको छ। यस्तै महाराष्ट्रमा ३९ हजार २०७, केरलामा २८…
Read More
कटरीनाको सुपरहिरो फिल्म अनिश्चित

कटरीनाको सुपरहिरो फिल्म अनिश्चित

अभिनेत्री कटरीना कैफको सुपरहिरो फिल्मको निर्माण कार्य हाललाई रोकिएको छ । निर्देशक अली अब्बास जफर अन्य प्रोजेक्टमा व्यस्त भएपछि यस बेनामे सुपरहिरो फिल्मको निर्माण कार्य रोकिएको हो । निकै महंगो बजेट भनिएको यो फिल्मका लागि निर्देशक जफर कथामा लामो समयदेखि व्यस्त थिए । अभिनेत्री कटरीना सुपरहिरो अवतारमा देखिने समाचार सार्वजनिक भएपछि उनका फ्यान पनि निकै उत्साहित थिए । तर निर्देशक जफरले नै फिल्म निर्माणको काम हाललाई स्थगित गरेको जनाएका छन् । अली यतिबेला शाहिद कपुरका साथ एक प्रोजेक्टमा व्यस्त छन् । त्यसपछि उनी टाइगर श्राफ र अक्षय कुमारका साथ ‘बडे मियाँ छोटे मियाँ’ सुरु गर्नेछन् । यो मेगा बजेटको रोमान्टिक…
Read More
पन्जाबमा जनतालाई सोधेर आम आदमी पार्टीले छान्यो मुख्यमन्त्रीका उम्मेदवार

पन्जाबमा जनतालाई सोधेर आम आदमी पार्टीले छान्यो मुख्यमन्त्रीका उम्मेदवार

भारतीय प्रान्तमा पन्जाबमा आम आदमी पार्टी (आप) ले नयाँ तरिका अपनाउँदै मुख्यमन्त्रीका उम्मेदवार छानेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार चन्डिगढमा आपका प्रमुख एवं दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पन्जाबमा आपले बहुमत ल्याए भागवान्त मन मुख्यमन्त्री हुने घोषणा गरे। भागवान्तलाई मुख्यमन्त्रीका उम्मेदवार घोषणा गर्न आपले नयाँ तरिका अपनाएको छ। पन्जाबमा आउने फेब्रुअरीमा विधान सभा चुनाव हुँदैछ। आपले नयाँ मुख्यमन्त्री कसलाई बनाउने भनेर जनताबाट राय मागेको थियो। ‘जनता चुन्नेछन् आफ्ना मुख्यमन्त्री’ अभियानअन्तर्गत आपले फोन र सामाजिक सन्जालमार्फत् जनताको अभिमत मागेको थियो। केजरीवालले झन्डै २२ लाख मानिसहरूले यो अभियानमा आफ्नो राय व्यक्त गरेको जानकारी दिए। तीमध्ये ९३ प्रतिशत मत भागवान्तको पक्षमा आएकाले उनलाई मुख्यमन्त्रीको…
Read More
भारतमा कोरोनाबाट थप ३८५ जनाको मृत्यु, ओमिक्रोन संक्रमितको संख्या ८ हजार नाघ्यो

भारतमा कोरोनाबाट थप ३८५ जनाको मृत्यु, ओमिक्रोन संक्रमितको संख्या ८ हजार नाघ्यो

भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिरहेको छ। संक्रमण फैलिएसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३८५ जनाले ज्यान गुमाएका छन्। यस्तै पछिल्लो २४ घन्टामा थप २ लाख ५८ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार एकैदिन २ लाख ७१ हजार बढीमा संक्रमण देखिएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ लाख ५१ हजार ७४० जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार ओमिक्रोन संक्रमितको संख्या ८ हजार नाघेको छ। सोमबारको तुलनामा ओमिक्रोन ६.०२ प्रतिशतले बढेको हो। हाल सक्रिय संक्रमितको  संख्या १६ लाख ५६ हजार ३४१ पुगेको छ। भारतमा हालसम्म १ अर्ब ५७ करोड…
Read More