India

गोर्खा भर्ती: के भारतीय सेनाले नेपाली महिलालाई भर्ती गर्न लागेको हो

गोर्खा भर्ती: के भारतीय सेनाले नेपाली महिलालाई भर्ती गर्न लागेको हो

यो साताको सुरुदेखि नै नेपालमा "भारतीय सेनामा नेपाली महिलाका लागि पनि भर्ती खुलेको" भन्ने दाबी गरिएको समाचारले ठूलो चर्चा पायो। सुरुमा काठमाण्डूस्थित भारतीय राजदूतावासको कल्याणकारी शाखाबाट जारी गरिएको भनिएको एउटा सूचना सामाजिक सञ्जालमा भाइरल बनेको थियो। त्यसपछि कैयौँ अनलाइनहरूमा उक्त समाचारले स्थान पायो। अनि तिनै समाचारका आधारमा केही नेपाली नेता र विश्लेषकले पनि भारतीय सेनामा नेपाली महिलाको भर्तीबारे सार्वजनिक टिप्पणी गरे। तर भारतीय सेनाले चाहिँ "नेपाली महिलाका लागि भर्ती नखुलाइएको" स्पष्ट पार्दै सूचना सच्याएको छ। भारतीय सेनाको सूचनामा थियो? भारतीय सेनाले गत मे २८ मा १०० जना 'महिला सैन्य प्रहरी'का लागि भर्ना खुलाउने सूचना निकालेको थियो। भारतीय सेनाको 'जोइन इन्डियन…
Read More