15
Jul
आमिर खान र किरण रावले दुई हप्ताअघि आपसी सहमतिमा सम्बन्ध विच्छेद गरेको खबरले धेरैको ध्यान तानेको थियो। यो जोडी फेरि एक पटक चर्चामा छ। बलिउड हंगामाका अनुसार भर्खरै छुट्टिएका यो जोडी सँगै नाचेको भिडिओ र तस्बिर भाइरल बनेपछि उनीहरुको चर्चा भइरहेको हो। उनीहरुले फिल्म ‘लाल सिंह चड्ढा’को छायांकनका क्रममा नाचेको तस्बिर र भिडियो सार्वजनिक भएको हो। सयभन्दा बढी स्थानमा छायांकन भएको ‘लाल सिंह चड्ढा’ हाल भारतको लद्दाखमा छायांकन भइरहेको छ। फिल्ममा आमिरबाहेक मुख्य भूमिकामा उनीसहित अभिनेत्री करिना कपुर र अभिनेता नागा चैतन्यको अभिनय छ। सार्वजनिक भिडिओमा आमिर र किरण परम्परागत पोशाकमा नाचिरहेका छन्। उनीहरुसँगै कोरिओग्राफरको निर्देशनमा अरु पनि रमाएर सामूहिक नृत्य नाचिरहेको देखिन्छ। यो फिल्मकाे छायांकन स्थलका तस्विर र भिडिओहरू…
