04
Feb
गृह राज्यमन्त्रीको पहलमा क्षेत्रका गरिब बिरामीलाई बाहिर उपचारका लागि पठाएर निःशुल्क उपचारको व्यवस्था गरिएको छ। कुचबिहार जिल्ला भाजपा द्वारा आज कुचबिहार गरियाहाटी क्लब मैदानमा स्वास्थ्य शिविरको आयोजना गरिएको थियो। यस स्वास्थ्य जाँच शिविरमा गृह राज्यमन्त्री निशित प्रामानिक, कुचबिहार जिल्ला भाजपा अध्यक्ष सुकुमार राई, तुफानगञ्ज विधानसभा क्षेत्रका विधायक मालती राभा राई र धेरै जिल्ला भाजपा नेताहरू उपस्थित थिए। यस दिन विभिन्न चिकित्सकको सहयोगमा यस स्वास्थ्य शिविरमा सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको थियो । यस स्वास्थ्य शिविरबाट बाहिरी उपचार आवश्यक पर्ने बिरामीलाई समेत सहयोग गरिएको थियो । गृह राज्यमन्त्री निशिथ प्रामाणिकले विभिन्न गम्भिर रोगको उपचारका लागि बाहिर जानु पर्ने गरिबहरु धेरै छन् तर…
