Health

कोभिड-१९ को दोस्रो लहरले एप्रिल र मे महिनामा ल्याएको प्रकोपपछि भारत बिस्तारै खुला हुन थालेको छ।

कोभिड-१९ को दोस्रो लहरले एप्रिल र मे महिनामा ल्याएको प्रकोपपछि भारत बिस्तारै खुला हुन थालेको छ।

भारतमा गत वर्ष पहिलो पटक भेटिएको डेल्टा भेरिअन्ट अहिलेको घातक दोस्रो लहरका लागि जिम्मेवार मानिन्छ। तर नयाँ लहरको चिन्ता कत्तिको जायज हो? प्रकोपको लहरहरू आउनु स्वाभाविक भए पनि त्यसको खतरा र फैलावट भने धेरै कारणमा आधारित हुन्छ। अहिले भारतमा दैनिक सङ्क्रमण सङ्ख्या ५०,००० को हाराहारीमा छ। गत मेमा यो दैनिक चार लाखको हाराहारीमा पुगेको थियो। सङ्क्रमण कम हुनुको कारक राज्य सरकारले लगाएको कडा निषेधाज्ञालाई मानिएको छ। दोस्रो लहरका लागि बजारको भिड, चुनावी प्रदर्शनहरू र धार्मिक आयोजनहरूलाई जिम्मेवार मानिएको थियो। अन्य कारणहरूमा गलत नीतिगत निर्णयहरू, कमजोर निरीक्षण र खतराका सङ्केतहरूलाई गरिएको बेवास्ता मानिएका थिए। यदि यस्तै गल्तीहरू दोहोरिए तेस्रो लहर छिट्टै…
Read More
अस्ट्रेलियालीहरूले आस्ट्राजेनेका खोप लगाउन किन मानिरहेका छैनन्?

अस्ट्रेलियालीहरूले आस्ट्राजेनेका खोप लगाउन किन मानिरहेका छैनन्?

अस्ट्रेलियाली चिकित्सकहरूले त्यहाँ आस्ट्राजेनेका खोप लगाउने दिन निर्धारण गरेका व्यक्तिहरूले त्यसलाई रद्द गर्ने क्रम बढेको जानकारी दिएका छन्। त्यहाँको सरकारले गत हप्ता आफ्नो निर्देशिकामा परिमार्जन गर्दै ६० वर्षभन्दा माथिकालाई मात्र उक्त खोप लगाउन सिफारिस गरेपछि यस्तो प्रवृत्ति देखिएको हो। उक्त खोप लगाएपछि दुर्लभ रूपमा देखिने रगत जम्ने समस्यासम्बन्धी विवरणहरूलाई मध्यनजर गर्दै सरकारले त्यस्तो सिफारिस गरेको थियो। ६० वर्ष मुनिका व्यक्तिहरूलाई फाइजरको खोप लिन सुझाइएको छ तर त्यसको आपूर्ति सीमित छ। आस्ट्राजेनेका जस्तो विश्वभरि व्यापक रूपमा प्रयोग भएको खोपलाई अस्वीकार गर्ने कुरा अहिले पनि कोभिडको बढ्दो सङ्क्रमणसँग सङ्घर्ष गरिरहेका देशहरूमा अस्वभाविक लाग्नसक्छ। तर अस्ट्रेलिया कोरोनाभाइरस व्यापक रूपमा नफैलिएका केही देशहरूमध्ये पर्छ।…
Read More
जोनसन एन्ड जोनसनको एक मात्रा लगाउँदा पुग्ने ‘६ लाख खोप प्राप्त हुने’

जोनसन एन्ड जोनसनको एक मात्रा लगाउँदा पुग्ने ‘६ लाख खोप प्राप्त हुने’

दुई मात्रा लिनुपर्ने अक्सफर्ड-आस्ट्राजेनेकाको खोप आगामी जुलाई महिनाभित्र उपलब्ध गराइने व्यहोराको पत्र प्राप्त भएको उनले उल्लेख गरे। अमेरिकामा जोनसन एन्ड जोनसन कम्पनीले विकास गरेको जेनसेन खोपको एउटै मात्रा लगाउन सिफारिस गरिएको छ।  यसबाहेक चीनबाट पनि खोप खरिद गर्ने प्रक्रिया अघि बढेकाले खोप अभियानको सञ्चालनमा देखिएको अवरोध चाँडै फुक्न सक्ने कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीका प्रमुखले बीबीसीलाई बताए।  खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले कोभ्याक्सले अक्सफर्ड-आस्ट्राजेनेका र जेनसेन खोप नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए। उनले भने, "तीन लाख ४८ हजार मात्रा आस्ट्राजेनेकाको खोप जुलाई महिनाभित्र उपलब्ध गराइने भनेको केही समय भइसक्यो जस्तो लाग्छ। जोनसन एन्ड जोनसनको खोप उपलब्ध गराउने…
Read More
सिक्किममा आंशिक लकडाउन

सिक्किममा आंशिक लकडाउन

जून २८ सम्म विस्तारित गंगटोक सिक्किममा जारी आंशिक लकडाउन एक हप्ता थप गरिएको छ। वर्तमानमा, लागू लकडाउनको समय जून २१ सम्म थियो । यस सम्बन्धमा, सिक्किमको गृह विभागले जून २८ बिहान बिहान ५ बजेसम्म तालाबन्दी लागू गर्ने आदेश जारी गरेको छ। यस अवधिमा जून ११, २०२१ मा जारी गरिएका दिशानिर्देशहरू जून २८ सम्म लागू हुनेछ। यो उल्लेखनीय छ कि राज्यमा लकडाउन विस्तारको क्रम चलिरहेको छ। राज्यको गृह विभागले जून ११, २०२१ मा सिक्किमका मानिसहरूलाई केही छुट दिएर एउटा आदेश जारी गरेको थियो। उक्त आदेशका अनुसार अन्तर-राज्य र अन्तर-जिल्ला आन्दोलन प्रतिबन्धित गरिएको छ (आवश्यक र आपतकालीन सेवा बाहेक)। तर जिल्ला भित्र…
Read More
दिल्लीमा चौबीस घण्टामा १२४ संक्रमित थपिए

दिल्लीमा चौबीस घण्टामा १२४ संक्रमित थपिए

भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या घटेसँगै राजधानी नयाँ दिल्लीमा पनि सङ्क्रमितको सङ्ख्यामा उच्च गिरावट देखिएको छ । दिल्लीमा विगत २४ घण्टाको अन्तरालमा नयाँ सङ्क्रमितहरूको सङ्ख्या १२४ म ाझरेको छ । दिल्लीमा सङ्क्रमण दर ०.१७ मा झरेको राज्य सरकारको स्वास्थ्य बुलेटिनमा उल्लेख छ ।संघीय राजधानीमा सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ९८.११ प्रतिशत कायम भएको छ । यो फेब्रुअरी २१ पछि निको हुनेको उच्च दर हो । दिल्लीमा हालसम्म सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १४ लाख ३२ हजार २९२ रहेको छ भने अहिलेसम्मको कूल सङ्क्रमित दर ६.८९ प्रतिशत रहेको छ । यहाँ २४ हजार ९१४ सङ्क्रमितको मृत्यु भएको छ जुन १.७४ प्रतिशत हो ।पछिल्लो २४…
Read More
कोभिड नेपालः डेल्टा भेरिअन्टमा नयाँ उत्परिवर्तन

कोभिड नेपालः डेल्टा भेरिअन्टमा नयाँ उत्परिवर्तन

भारतमा सुरुमा देखा परेको उक्त भेटिअन्टका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन भएको पाइएको मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उक्त उत्परिवर्तन नेपालसहित १० वटा देशमा पुष्टि भएको र त्यसलाई K417N नाम दिइएको छ। स्वरूप परिवर्तन भएर बनेको नयाँ प्रकारलाई एवाई.१ (AY.1) नाम दिइएको मन्त्रालयले जनाएको छ। नेपालमा कोरोनाभाइरस महामारी सुरु भएदेखि छ लाख ४७ हजारभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ। सरकारी तथ्याङ्कअनुसार कोभिडका कारण मृत्यु हुने मानिसको सङ्ख्या ८,७०० नाघेको छ। वैशाख २६ देखि जेठ २० सम्मका नमुना भएकाले यो भेरिअन्ट हामीसामु अझै छ यसबाट हामी सजग भइरहन आवश्यक छ भन्ने जानकारी दिन खोजिएको हो," उनले भने। सरकारले…
Read More
कोरोनाभाइरस सङ्क्रमणपछि बालबालिकामा देखिएको एमआईएस-सीबारे जान्नैपर्ने कुरा

कोरोनाभाइरस सङ्क्रमणपछि बालबालिकामा देखिएको एमआईएस-सीबारे जान्नैपर्ने कुरा

नेपालका विभिन्न अस्पतालहरूमा मल्टिसिस्टम इन्फ्लामेटरी सिन्ड्रोम इन चिल्ड्रेन एमआईएस-सी भएर अस्पताल ल्याइने बालबालिकाको सङ्ख्या बढ्न थालेको विशेषज्ञहरूले बताएका छन्। कोभिडपश्चात् बालबालिकामा देखिने गम्भीर स्वास्थ्य समस्या एमआईएस-सीका कारण उपचारका क्रममा "केहीको ज्यान समेत गइसकेको" चिकित्सकहरूले जानकारी दिएका छन्। उनीहरूका भनाइमा कोभिडबाट बालबालिकालाई बचाउन उपयुक्त ध्यान नपुग्दा यो समस्या देखा पर्न थालेको हो। एमआईएस-सीको उपचार तुलनात्मक रूपमा महँगो पर्ने र अस्पताल ल्याउन ढिलो भएमा अवस्था जटिल बन्ने भएकाले समयमै सचेत बन्न चिकित्सकहरूले अभिभावकलाई सुझाव दिएका छन्। Click here to view the source
Read More
कोभिड नेपाल: अत्यावश्यक औषधि पारासिटामोलको मूल्य वृद्धिको माग महामारीमा अभाव भएकै बेला किन?

कोभिड नेपाल: अत्यावश्यक औषधि पारासिटामोलको मूल्य वृद्धिको माग महामारीमा अभाव भएकै बेला किन?

महामारीको बेला केही समयअघि अत्यावश्यक औषधि पारासिटामोलको अभाव भयो। मानिसहरूले घरमा जगेडा राख्न खोज्दा र मूल्य बढ्ने आशङ्काका कारण बजारमा पारासिटामोल अभाव भएको जानकारहरू बताउँछन्। सिटामोल भनिने यो ओषधि 'अति आवश्यक औषधि'को सूचीमा पर्छ र अहिले अभाव नभएको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसी बताउँछन्। तर औषधि उत्पादक सङ्घले विगत १४ वर्षदेखि २१ अत्यावश्यक औषधिको मूल्य समायोजन नभएको भन्दै यो अवस्था रहिरहे फेरि पारासिटामोलको अभाव हुन सक्ने बताएको छ। Click here to view source
Read More
कालो ढुसी : धेरै संक्रमित फेला पर्नुको कारण के हो ?

कालो ढुसी : धेरै संक्रमित फेला पर्नुको कारण के हो ?

पछिल्लो समय प्राणघातक बन्दै गएको ‘कालो ढुसी’को संक्रमण तुलनात्मक रुपमा धेरै देखिएको छ। नेपालमा पनि कालो ढुसीको संक्रमणबाट जेठ २० गते एकजनाको मृत्यु भइसकेको छ भने कम्तीमा १२ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ । छिमेकी मुलुक भारतमा कालो ढुसीबाट संक्रमित हुनेको संख्या करिब १२ हजार पुगेको छ । यसबाट संक्रमित हुनेमध्ये अधिकांश मानिसहरु कोरोनाबाट हालै मात्र निको भएका मानिसहरु छन् । यति धेरै मानिसमा कालो ढुसीको संक्रमण देखिनुलाई असामान्य मानिएको छ । यो संक्रमणको कारण मृत्यु हुनेको संख्या ५० प्रतिशत रहेको छ । चिकित्सा क्षेत्रका केही जानकारहरुका अनुसार भारतमा मधुमेह भएका मानिसको संख्या ठूलो भएकाले उनीहरुमा कालो ढुसीको संक्रमण…
Read More
रामदेव: कोभिडबारे योगगुरुको अपमानजनक टिप्पणीले चिकित्सकहरू आक्रोशित

रामदेव: कोभिडबारे योगगुरुको अपमानजनक टिप्पणीले चिकित्सकहरू आक्रोशित

उनले हालै आधुनिक औषधोपचारपछि दशौँ हजार मानिसको कोभिडका कारण मृत्यु भएको बताएका थिए। साथै उनले अक्सिजन सिलिन्डरहरू लिन कोसिस गरिरहेका बिरामीहरूलाई गिज्याएका थिए। स्वास्थ्यमन्त्रीले उनको आलोचना गरेपछि भने रामदेवले आफ्नो भनाइ फिर्ता लिएका छन्। तर सोमवार उनले केही रोगहरूको उपचार गर्न नसक्ने भन्दै पुनः आधुनिक चिकित्साको आलोचना गरेका छन्। एलोप्याथी समेत भनिने आधुनिक चिकित्सा भारतीय चिकित्सा प्रणालीको मेरुदण्ड हो। तर त्यहाँ आयुर्वेद र होमियोप्याथीजस्ता चिकित्सा पद्धतिहरू पनि निकै लोकप्रिय छन्। रामदेवजस्तै धेरै गुरुहरूले जडीबुटी औषधिहरू र उत्पादनहरूको आडमा सफल व्यापार गरेका छन्। परम्परागत प्रणालीको प्रवर्द्धनका लागि भारतमा आयुर्वेद, योग र प्राकृतिक चिकित्सा, युनानी, सिद्ध र होमियोप्याथी मन्त्रालय पनि छ। एलोप्याथी…
Read More