drug

लाखौँ मूल्यको ब्राउन सुगरसहित एक पक्राउ

लाखौँ मूल्यको ब्राउन सुगरसहित एक पक्राउ

अबेर राति गरिएको एक अभियानमा पुलिसले घोषपुकुरस्थित राष्ट्रिय राजमार्ग 27 को गान्धी मोड़ नजिकैबाट लगभग 10 लाख रुपियाँ मूल्य बराबरको 103 ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ।सूचनाको आधारमा फाँसीदेवा चौकीका सादा पोशाकमा रहेका पुलिसले एक संदिग्ध मोटरसाइकल चालकलाई रोकेर जाँच गर्दा तिनीबाट उक्त अवैध पदार्थ फेला पारियो। पुलिस सूत्रअनुसार आरोपी व्यक्ति विधाननगरबाट घोषपुकुरसम्म लागू औषधी हस्तान्तरण गर्ने योजनामा संलग्न रहेको आशङ्का गरिएको छ।पक्राउ पर्ने व्यक्तिको पहिचान विधाननगर निवासी सुरजित सरकारका रूपमा गरिएको छ। तिनलाई पछि सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरियो। फाँसीदेवा पुलिस चौकीअन्तर्गत घोषपुकुर आउटपोस्टका पुलिसले थप जाँच जारी राखेको छ।
Read More
लागू औषधी कारोबारी पक्राउ

लागू औषधी कारोबारी पक्राउ

एक समय फूटपाथमा माछा बेच्ने व्यक्ति दुई दशकभित्रै तिनी केही हजार करोड़का मालिक बने। यसका पछाड़ि लागू औषधी कारोबार थियो। कालियाचकको अन्तर्राष्ट्रिय लागू औषधी कारोबारका किङपिनसहित दुईजनालाई मालदा पुलिसले कलकत्ताबाट पक्राउ गरेको छ। तिनीहरू काका–भतिज हुन्। कलकत्ताको एण्टाली क्षेत्रस्थित लगभग तीन करोड़ रुपियाँ मूल्यको एउटा फ्ल्याटबाट लागू औषधी कारोबारका ती दुई मास्टरमाइण्डलाई कालियाचक थाना पुलिसले पक्राउ गरेको हो। मङ्गलवार पक्राउ परेका यी लागू औषधी किङपिनहरूलाई मालदा न्यायालयमा प्रस्तुत गरेपछि न्यायाधीशले तिनीहरूलाई सोधपुछका लागि आठ दिनको पुलिस हिरासतमा पठाउने आदेश दिए। पक्राउ परेकाहरूको नाम एनारुल शेख र शौकत शेख हो। यस गिरोहको मुख्य व्यक्ति एनारुल नै हुन्। तिनी युवाहरूलाई लागू औषधी…
Read More
ब्राउन सुगर सहित दुई जना पक्राउ

ब्राउन सुगर सहित दुई जना पक्राउ

नक्सलबारी पुलिसले सिलगढी डिभिजनको नक्सलबारी चिया बगानको छेउमा रहेको क्षेत्रमा छापा मारेर २० ग्राम ब्राउन सुगरसहित २ युवालाई पक्राउ गरेको छ। आरोपितको नाम मो सबिर आलम (३१) र निताई विश्वास (२९) रहेको छ । दुवैलाई सोमबार सिलगढी डिभिजनल कोर्टमा पठाइएको थियो। यस सम्बन्धमा अभियुक्तहरुसँग सोधपुछ गरी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।
Read More
सिक्किममा लागुऔषधको खपत घट्नुको सट्टा बढ्दैछ : डीबी चौहान

सिक्किममा लागुऔषधको खपत घट्नुको सट्टा बढ्दैछ : डीबी चौहान

 भारतीय जनता पार्टी (भाजपा) ले सिक्किममा लागूऔषधको खपत घट्नुको सट्टा बढ्दै गएको दाबी गरेको छ । राज्य बीजेपीले सिक्किममा लागूऔषधको कारोबार फैलिएपछि आपराधिक घटनाहरू बढ्न थालेको बताएको छ।राज्य भाजपा अध्यक्ष डीबी चौहानले आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताए। उनले सिक्किममा कम औषधि खपत भएको दाबी सत्य नभएको बताए। उनले भने कि रिपोर्ट अनुसार सिक्किममा लागूपदार्थको खपत लगातार बढिरहेको छ। प्रतिवेदनले सिक्किममा १० वर्ष मुनिका केटीहरू संलग्न रहेको पनि खुलासा गरेको उहाँले बताउनुभयो र सिक्किमको ठूलो जनसङ्ख्या लागुऔषधमा लिप्त हुनुको मुख्य कारण यसको सहज उपलब्धता हो । प्रतिबन्धित लागुऔषध सिलगढीबाट सजिलै राज्यमा तस्करी भइरहेको उनले दाबी गरे । अर्कोतर्फ प्रदेशका…
Read More