25
Sep
खाना पकाउने ग्यास (एलपीजी) - को बढ्दो मूल्यले उपभोक्ताहरू मर्कामा परेका छन् । एउटा सिलिण्डर घरसम्म आइपुग्न १२ सयदेखि अधिक मूल्य तिर्नुपर्छ देश चलाउने सरकारले डिजिटल इण्डियाको सपना देखिरहेको भए पनि देशका नागरिकहरूले भोगिरहेका समस्याबारे भने सरकारलाई थाहा छैन। डिजल, पेट्रोलसितै बढ्दो सिलिण्डरको दामले हैरान भइसकेका उपभोक्ताहरू सिलिण्डरको दाम कहिले घट्ने हो भनेर प्रतिक्षा गरिरहेका छन् । यदि सरकारले आफ्नो देशका नागरिकहरूको दुःख नबुझे कसले बुझिदिने ? भन्ने प्रश्न उठ्न थालेको छ मूल्य घट्नुको साटो लगातार बढिरहेको सिलिण्डरको दाम साधारण मानिसहरूको निम्ति ठूलो समस्या बनिरहेको छ। यदि साधारण मानिसहरूलाई राहत दिनु हो भने सरकारले सिलिण्डरको मूल्य कम्ती गर्नुपर्ने भुक्तभोगी मानिसहरूले…
