10
Jan
मनोरञ्जन सेवामा सुधार गर्ने महत्वपूर्ण कदमको रूपमा भारतको प्रमुख टेलिकम अपरेटर भीआईले प्रिमियम स्ट्रिमिङ सेवा लायन्सगेट प्लेसित रणनीतिक साझेदारीको घोषणा गरेको छ। यस साझेदारीले भीआई मुभिज एण्ड टीभीका सब्सक्राइबरहरूलाई उच्च गुण स्तरको कन्टेन्टको विस्तृत शृङ्खला उपुलब्ध गराउनेछ जसमा जोन विक, द हङ्गर गेम्स र स जस्ता ब्लकबस्टर फ्र्यान्चाइजीहरूसहित विशेष प्रिमियरहरू, चर्चित चलचित्रहरू र पुरस्कार विजेता सिरिजहरू समावेश छन्। यो साझेदारी तत्काल प्रभावकारी हुनेछ। यसको अर्थ यो हो कि लायन्सगेट प्ले भीआई मुभिज एण्ड टीभीका सबै सब्सक्रिप्शन योजनाहरूमा उपलब्ध हुनेछ चाहे ती पुराना ग्राहक हुन् वा नयाँ। यस साझेदारीले भीआईको ओटीटी पोर्टफोलियोलाई अझ बलियो बनाउनेछ जसमा पहिल्यै डिज्नी+ हटस्टार, सोनीलिभ, जिज…
