18
Jan
स्कोडा अटो इण्डियाले यसको नयाँ सब-4एम एसयूभी काइल्याकले भारत एनसीएपी क्र्यास परीक्षणमा प्रतिष्ठित 5-स्टार सुरक्षा रेटिङ प्राप्त गर्न सफल भएको घोषणा गरेको छ। एडल्ट अकुपेण्ट प्रोटेक्शनमा 30.88 अङ्क अनि चाइल्ड अकुपेण्ट प्रोटेक्शनमा 45 अङ्क प्राप्त गरेर काइल्याक आफ्नो सेग्मेण्टको सबैभन्दा सुरक्षित वाहन बनेको छ। छवटा एयरब्याग र 25 भन्दा बढ़ी सक्रिय तथा निष्क्रिय सुरक्षा विशेषताहरूद्वारा सुसज्जित काइल्याकले यात्रीको सुरक्षालाई प्राथमिकता दिने स्कोडाको परम्परालाई प्रस्तुत गरेको छ। स्कोडा अटो इण्डियाका ब्राण्ड डाइरेक्टर पिटर जानेबाले भने, भारत एनसीएपीमा काइल्याकको उत्कृष्ट प्रदर्शनले भारतीय ग्राहकहरूका लागि विश्व स्तरीय सुरक्षा मापदण्ड उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई प्रतिविम्बित गर्दछ। यो उपलब्धि उत्कृष्ट इञ्जिनियरिङ अनि ग्राहकहरूको भलोमाथि केन्द्रित…
