19
Apr
आफ्नो समृद्ध सांस्कृतिक सम्पदाका लागि प्रसिद्ध पश्चिम बङ्गाल राज्य अहिले भारतको अग्रणी ई–कमर्स अङ्गीकरण, रोजगार सिर्जना र विक्रेताहरूको सशक्तीकरणका केन्द्रहरूमध्ये एकको रूपमा उदाइरहेको छ। भारतमै जन्मिएको ई–कमर्स मार्केटप्लेस फ्लिपकार्टले 4.2 लाखभन्दा अधिक विक्रेताहरूलाई सशक्त बनाउँदै, 1 लाखभन्दा अधिक प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगार सिर्जना गर्दै अनि राज्यभरि दिगो विकासलाई प्रबर्द्धन गरेर यस परिवर्तनको अगुवाइ गर्दै आइरहेको छ। पश्चिम बङ्गालमा फ्लिपकार्टको पहलले एमएसएमईहरू, कारीगरहरू अनि स्थानीय व्यवसायहरूको वृद्धिमा उल्लेखनीय योगदान दिएको छ। बालकबालिकाको कपड़ा, पुरुषहरूको ब्राण्डविहीन फेसन, महिलाहरूको जातीय पोशाक, खाद्य तथा पोषण साथै फेसन पहिरनहरू जस्ता कोटीहरू राष्ट्रिय स्तरमा लोकप्रिय बन्दै गइरहेका छन्। आसनसोल, दुर्गापुर, हाउड़ा, कोलकाता, खड़गपुर अनि सिलगढ़ी जस्ता…
