02
Apr
ट्र्याक्टर र बाइक आपस्तमा ठोक्किँदा तीनजना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार खोरीबारीको बुढ़ागञ्जदेखि तीनजना कुनै काम लिएर बाइकमा नक्सलबारी जाँदै थिए। सोही समय बुढ़ागञ्जतर्फ जाँदै गरेको बालुवा बोकेको ट्र्याक्टर विपरीत दिशाबाट आइरहेको थियो। नक्सलबारीको रथखोला क्षेत्रमा ट्र्याक्टर र बाइक आपस्तमा ठोक्किए। उक्त दुर्घटनामा बाइकमा सवार तीनैजना सड़कमा पछारिए। घटनापछि घाइतेहरूलाई उद्धार गरी नक्सलबारी अस्पताल पठाइयो। तर अवस्था गम्भीर भएकाले तिनीहरूलाई उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा रेफर गरिएको छ। घाइतेहरू सुबोध सिंह, हरिपद सिंह र बकुल सिंह हुन्। तिनीहरू सबै खोरीबारीको बुढ़ागञ्जस्थित रायमतीका वासिन्दा हुन्। अर्कातिर खबर पाएपछि नक्सलबारी पुलिस थाना र ट्राफिक पुलिसले घटनास्थलमा पुगेर जाँच आरम्भ गरिसकेको छ।…
