भारत बायोटेकले ब्राजिलका कम्पनीहरूसँग रद्द गरे सम्झौता

भारत बायोटेकले ब्राजिलियाली फार्मास्यूटिकल कम्पनीहरू प्रिसिसा मेडिसमेन्टोस र स एन्भिक्सिया फार्मास्यूटिकल्स ने लिमिटेडसँग कोविड १९ को – आफ्नो भ्याक्सिन कोभ्याक्सिनको व्यवसायमा सहयोगको साझेदारीलाई रद्द गरिदिएको छ । हैदराबादस्थित कम्पनीले ब्राजिलमा भ्याक्सिन सम्झौतामा भ्रष्टाचार गरेको आरोप र पछि यो कदम चालेको छ भारतीय दे कम्पनीले ब्राजिल सरकारसँग ने कोभ्याक्सिनको २० करोड डोज आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो ।

यसमा भ्रष्टाचारका आरोपका कारण कम्पनी समस्यामा परेको छ र त्यहाँका अधिकारीहरूले अनुसन्धान शुरु गरेका छन् । प्रेसिसा मेडिसिनटोस ब्राजिलमा भारत बायोटेकको पार्टनर हो, जसले कम्पनीलाई यसको भ्याक्सिनको स्वीकृतिपत्र वितरण, बीमा र भ्याक्सिनको दोस्रो चरणको क्लिनिकल परीक्षणहरूलगायतका गतिविधिहरूमा सहयोग पुयाउँछ । भारत बायोटेकले शुक्रबार भने, हामीले तत्काल प्रभावका साथ समझदारी ज्ञापनपत्र समाप्त गरिसकेका छौं । यो सम्झौताको बाबजुद कम्पनीले कोभक्सिनका लागि नियामकबाट स्वीकृति लिने प्रक्रिया पूरा गर्न औषधी नियामक निकाय एएनवीसासँग नजिकबाट काम गरिरहेको छ ।

भरत बायोटेकले भने कानूनी आवश्यकता अनुसार विभिन्न देशहरूमा कोभाकिनका लागि अनुमोदन प्राप्त गर्न यथाशक्य गरिरहेको छ। भारत बायोटेकले ब्राजिलियन बजारमा कोभ्याक्सिन बिक्रीको लागि नोभेम्बर २०२० मा दुबै कम्पनीहरूसँग सम्झौता गरेका थिए । कम्पनीले भन्यो कि विश्वव्यापी रूपमा कोभाकिनको मूल्य १५ र २० बीचमा राखिएको छ तर ब्राजिल सरकारको लागि यो प्रति डोज १ डलर राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *