25
Jul
जलपाईगुडी (न्युज एशिया) डुअर्समा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । यसपटक हात्तीले एक पुरुषको हत्या गरेको छ भने श्रीमती पनि गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा बब्लु उराँव (५९) रहेको छ भने घाइते महिलाको सनाखत लछो उराँउ (४४) रहेको छ ।यो घटना डोअर्सको मेटली ब्लकको उत्तरी धुपझोरा मूर्ति वन गाउँ क्षेत्रमा भएको बताइएको छ । हात्तीले घरको पछाडीको बार भत्काएर बब्लुलाई सोण्डले घरबाट बाहिर निकालेको थियो । घरको बार भाँच्दा घरको एक भाग भत्किँदा ठूलो दाउराले किचेर श्रीमती गम्भीर घाइते भएकी छन् । यसैबीच हात्तीले घरबाट बबुल निकालेर कुल्कायो ।स्थानीयवासीले यो…
