19
Apr
रसिक बिल वन क्षेत्रको आदिवासी बस्तीका बासिन्दाहरूले पक्की सडकको मागमा चुनाव बहिष्कारको आह्वान गरेका छन्। चुनाव आउँछ जान्छ। चुनावअघि नेताहरूले क्षेत्रको विकासका लागि धेरै वाचा गर्छन्। तर मतदानपछि सबैले वनक्षेत्रमा रहेका आदिवासी बस्तीका जनतालाई बिर्सन्छन्। त्यसैले निर्वाचनअघि रसिकबिल वन क्षेत्रका आदिवासी बस्तीका बासिन्दाहरुले सडकको माग गर्दै निर्वाचन बहिष्कारको आह्वान गरेका छन्। तुफानगञ्ज–२ ब्लक अन्तर्गत महिषकुची–२ ग्राम पञ्चायतको रसिकबिल आदिवासी बस्तीका बासिन्दाहरु चुनाव बहिष्कारको घोषणा गर्दै प्लेकार्ड बोकेर सडकमा उत्रिएका छन्। महिषकुची नम्बर २ ग्राम पञ्चायत क्षेत्रको ताकुआमारी बजार जाने बाटोमा पर्ने पगिरकुटी धाम छेउछाउमा धेरै जनजाति समुदायका मानिसहरु बसोबास गर्दै आएका छन्। हाल उक्त गाउँमा करिब १५० परिवार बसोबास गर्दै…
