10
Dec
दार्जीलिङ शहर घुम्न जाँदा ग्लेनरिज नजाने भन्ने कुरा पर्यटकहरूका लागि असम्भव जस्तै हो। तर क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको ठीक अगाड़ि ग्लेनरिज रेष्टुरेण्टलाई ठूलो धक्का लागेको छ। मङ्गलवार आबकारी विभागले तीन महीनाको लागि ग्लेनरिजको सय वर्ष पुरानो बार बन्द गरिदिएको छ। यो खबर फैलिन साथ दार्जीलिङमा तीव्र विवाद उत्पन्न भएको छ। ग्लेनरिजका मालिक इण्डियन गोर्खा जनशक्ति फ्रण्टका अध्यक्ष तथा जीटीए सभासद अजय एडवर्ड्स हुन्। यसका पछाड़ि राजनीतिक उद्देश्य रहेको आरोप अजय एडवर्ड्स र तिनका टोलीका नेताहरूले लगाएका छन्। मङ्गलवार रातिदेखि दार्जीलिङ जिल्ला आबकारी विभागले दार्जीलिङ शहरको ऐतिहासिक ग्लेनरिज बार बन्द गरिदिएको हो। सूत्रअनुसार बारविरुद्ध धेरै अनियमितताको आरोप छ। सरकारी स्वीकृति…
