Piyali Poddar

493 Posts
यातायात सुचारु गर्ने कार्य जारी

यातायात सुचारु गर्ने कार्य जारी

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सभाका मुख्य कार्यपाल अनित थापाको निर्दैशमा मिरिक थर्बु चेक पोष्टदेखि राङभाङ खोलासम्म सड़क मरम्मती गरेर यातायात सुचारु गर्ने कार्य चलिरहेको छ। उक्त सड़कको थर्बु 6 नम्बरमा पुल पैह्रोले क्षतिग्रस्त बनाएको थियो। त्यसपछि हालसम्म यातायात ठप्प रहेको छ। मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले जेसीभी उपलब्ध गराएपछि वैकल्पिक सड़क खनन गरेर यातायात सुचारु गर्ने कार्य भइरहेको स्थानीय ग्राम पञ्चायत सदस्य दिपेन्द्र राईले जानकारी दिएका छन्।पुल भत्किएपछि यातायातमा बाधा सिर्जना भएको हो। यातायात ठप्प बनेपछि थर्बु चन्द्रमान गाँउ, जमानसिहं गाउँ अनि राङभाङ क्षेत्रका मानिसहरू प्रभावित बनेका पञ्चायत सदस्य दिपेन्द्र राईले बताए। तिनले तिहार पर्व सङ्घारमा रहेकाले यातायात जति…
Read More
सिँचाइ विभागको भूमिकाप्रति असन्तुष्ट मुख्यमन्त्री

सिँचाइ विभागको भूमिकाप्रति असन्तुष्ट मुख्यमन्त्री

उत्तर बङ्गालमा आएको विपदपछि राज्य सरकारका विभिन्न विभागहरूले विपद व्यवस्थापन कार्यमा सक्रिय भूमिका निर्वाह गरे पनि सिँचाइ विभागको कार्यप्रति मुख्यमन्त्री ममता ब्यानर्जी पूर्ण रूपले सन्तुष्ट छैनन्। मानस भुइयाँको जिम्मामा रहेको सिँचाइ विभागले कार्य सही प्रकारले गर्न नसकेको मुख्यमन्त्रीले टिप्पणी गरेकी छन्। मुख्यमन्त्रीले भनिन्, नदी किनारमा बनाइएका कङ्क्रिटका बाँधहरू छ महीनामै भत्किने जानकारी मलाई प्राप्त भएको छ। यस्तो परिस्थितिमा सिँचाइ विभागका कुनै पनि परियोजनालाई स्वीकृति दिनअघि निर्माण विभागसित छलफल गर्न मुख्यमन्त्रीले राज्यका मुख्य सचिव मनोज पन्थलाई निर्देशन दिएकी छिन्। उत्तर बङ्गालमामा उद्धार, राहत वितरण र पुनर्वासका कार्यबारे बुधवार मुख्यमन्त्रीले दार्जीलिङमा समीक्षा बैठक गरिन्। सोही बैठकमा तिनले सिँचाइ विभागको कार्यप्रति असन्तोष प्रकट…
Read More
सिलगढ़ीमा सबैभन्दा ठूलो महाकाल मन्दिर बनाइने

सिलगढ़ीमा सबैभन्दा ठूलो महाकाल मन्दिर बनाइने

हालै दिघामा जगन्नाथ धामको उद्घाटन गरिएको थियो। अब सिलगढ़ीमा सबैभन्दा ठूलो महाकाल मन्दिर बनाउने तयारी भइरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले यस्तो घोषणा गरेकी छन्। बिहीवार मुख्यमन्त्रीले दार्जीलिङमा उभिएर यस्तो घोषणा गरेकी हुन्। साथै सिलगढ़ीमा कन्भेन्सन सेण्टर बनाउनका लागि पनि जिल्ला अधिकारीलाई उपयुक्त ठाउँ छनौट गर्न निर्देशन दिएकी छन्। बिहीवार मुख्यमन्त्री ममता ब्यानर्जीले दार्जीलिङको महाकाल मन्दिरमा पूजा गरिन्। त्यसपछि तिनले मन्दिरका पुजारीसित कुराकानी गरिन् र दर्शनका लागि आएका भक्तजनहरूसित पनि भेटघाट गरिन्। मिडियासित कुराकानी गर्दै ममताले भनिन्, सिलगढ़ीका जिल्ला अधिकारीलाई मैले ठाउँ हेर्न भनेकी छु। त्यहाँ कन्भेन्सन सेण्टर बन्नेछ। त्यसकै छेउमा महाकाल मन्दिर निर्माण हुनेछ। त्यहाँ सबैभन्दा ठूलो शिवमूर्ति राखिनेछ। तिनले…
Read More
एलबी राईद्वारा मुख्यमन्त्रीप्रति आभार प्रकट

एलबी राईद्वारा मुख्यमन्त्रीप्रति आभार प्रकट

मिरिक महकुमा क्षेत्रका पैह्रो पीड़ितहरूको वस्तुस्थिति बुझ्न पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी मङ्गलवार मिरिक आएकी थिइन्। त्यसका लागि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले मुख्यमन्त्रीप्रति आभार प्रकट गरेका छन्। राईले मुख्यमन्त्री मङ्गलवार मिरिक आएर मिरिक नगरपालिका वार्ड नम्बर तीनका पीड़ित परिवार अनि मिरिक बजारस्थित राहत शिविरमा बसेका पैह्रो पीड़ितहरूसित भेटेर कुराकानी गरेकी हुँदा पीड़ितहरूको मनोबल बढ़ेको बताए। तिनले भने, मुख्यमन्त्रीको मिरिक भ्रमणले पैह्रो पीड़ितहरूको पुनर्वास शीघ्र हुने विषयमा हामी आशावादी छौँ।राज्य सरकारले अगावै मृत व्यक्तिका परिवारका लागि क्षतिपूर्तिको घोषणा गरेको अनि उक्त क्षतिपूर्ति राशि पनि मृतक परिवारका सदस्यले पाइसकेको जानकारी गराँउदै राईले भने, अब हाम्रो फोकस पुनर्वास र पुन निर्माणमाथि…
Read More
मुख्यमन्त्रीको प्रशासनिक अधिकारीहरूसित समीक्षा बैठक

मुख्यमन्त्रीको प्रशासनिक अधिकारीहरूसित समीक्षा बैठक

दार्जीलिङका नौवटा ब्लक र चारवटा महकुमालाई सबैभन्दा बढ़ी प्रभाव परेको छ। 1300 भन्दा बढ़ी मानिसहरूलाई विपद्‌बाट उद्धार गरिएको छ। हिमाली क्षेत्रको अवस्थाको समीक्षा गर्दै बुधवार मुख्यमन्त्री ममता ब्यानर्जीले जिल्ला अधिकारी, पुलिस अधीक्षकलगायत प्रशासनिक अधिकारीहरूसित बैठक गरिन्। दार्जीलिङमा आयोजित उक्त प्रशासनिक बैठकमा मुख्यमन्त्रीले यस्तो जनाएकी हुन्। प्राकृतिक आपदाले प्रभावित उत्तर बङ्गालमा नै अहिले मुख्यमन्त्री उपस्थित छिन्। उत्तर बङ्गालमा अहिलेसम्म राज्य सरकारले के के कार्य गरेको छ, त्यसको विस्तृत विवरण तिनले प्रस्तुत गरिन्। त्यसै सन्दर्भमा केही गुनासो गर्दै तिनले भनिन्, कसैबाट एक पैसासम्म पाएको छैन। तर पनि राज्य सरकारले धेरै काम गरेको छ।बैठकमा पहाड़को समग्र क्षति, पुनर्निर्माणको रूपरेखा तथा राहत र उद्धार…
Read More
आरोपी विद्यार्थीहरू प्लाज्मा समितिबाट बाहिर

आरोपी विद्यार्थीहरू प्लाज्मा समितिबाट बाहिर

उत्तर बङ्गाल मेडिकल कलेजमा भएको ऱ्यागिङ घटनामा संलग्न विद्यार्थीहरूलाई वार्षिक सांस्कृतिक कार्यक्रम प्लाज्माको आयोजक समितिबाट हटाउने एण्टी ऱ्यागिङ समितिले निर्णय गरेको छ। मङ्गलवार उत्तर बङ्गाल मेडिकल कलेजमा बसेको एण्टी ऱ्यागिङ समितिको बैठकमा यस्तो निर्णय गरिएको हो। उक्त बैठकमा कलेजका प्राचार्य सञ्जय मलिक, डिन अनुपमनाथ गुप्ता, हरेक विभागका प्रतिनिधि तथा दार्जीलिङ जिल्ला लिगल एड सेलका सचिव अमित सरकार उपस्थित थिए। मेडिकल कलेज सूत्रअनुसार बैठकमा ऱ्यागिङ प्रकरणमा संलग्न 20 जना विद्यार्थीहरूलाई बोलाइयो। केहीले आफ्नो गल्ती स्वीकार गरे पनि समितिका सदस्यहरूले ऱ्यागिङलाई सामान्य रूपमा नलिने स्पष्ट गरे। प्लाज्मा कार्यक्रमका तयारीका क्रममा सत्तारूढ़ दलसित नजिक रहेका केही विद्यार्थीहरूले अन्य साधारण विद्यार्थीमाथि मानसिक यातना दिएका…
Read More
बेहाल सड़कको विरोधमा आसी घर मोड़मा प्रदर्शन

बेहाल सड़कको विरोधमा आसी घर मोड़मा प्रदर्शन

सिलगढ़ी इस्टर्न बाइपास नजिकको आसी घर मोड़मा मङ्गलवार बेहाल सड़कको विरोधमा स्थानीय वासिन्दाहरूले बाटो अवरोध गरेर प्रदर्शन गरे। लामो समयदेखि सड़क र नालीको जीर्ण अवस्थाका कारण स्थानीय वासिन्दा दैनिक रूपमा समस्यामा परिरहेको तिनीहरूको आरोप छ।आज स्थानीयहरूले सड़कमा ओर्ह्लिएर प्रदर्शन गरे। तिनीहरूको भनाइ अनुसार सड़क र नाली मरम्मतीका लागि स्थानीय पञ्चायत प्रधान, विधायक र सांसदको ध्यान बारम्बार आकषिर्त गरिए पनि कुनै ठोस कदम चालिएको छैन। बर्खामा सड़कमा नालीको पानी थुप्रिन्छ साथै मुख्य मोड़मा सडक अत्यन्तै खराब छ। तर जनप्रतिनिधिहरूले आश्वासन मात्र दिएका छन् तर कामको अत्तोपत्तो नगरेका प्रदर्शनकारीहरूको आरोप छ।अवरोधका कारण आसी घर मोड़देखि कोर्ट मोड़तर्फ जाने सड़क केही समयका लागि…
Read More
इस्कन मन्दिर रोडमा ट्रक फँस्दा अवरोध विद्यार्थीहरू दुःखद बिहान

इस्कन मन्दिर रोडमा ट्रक फँस्दा अवरोध विद्यार्थीहरू दुःखद बिहान

मङ्गलवार बिहान सिलगढ़ीको इस्कन मन्दिर रोडका वासिन्दा र विद्यालय जाने बालक-बालिकाका लागि साँच्चै असुविधाको समय बन्यो। नागाल्याण्ड नम्बरको एउटा ट्रक टान्दै गर्दा अचानक सड़कछेउको हाइड्रेनमा चक्का फँसियो। त्यसपछि पूरै सड़कमा भीड़भाड़ र ट्राफिक जाम सिर्जना भयो।दुर्घटनाग्रस्त ट्रक हटाउन क्रेनलाई घटनास्थलमा ल्याइयो। ठीक त्यसै समयमा विद्यालय जाने भीड़ आरम्भ भयो। त्यसपछि एकपछि अर्को विद्यालय बस, अटो र सवारी साधन सड़कमा अड़किए। लगभग आधा घण्टाभन्दा अधिक समयसम्म चलेको ट्राफिक जामले क्षेत्रमा विपद परिस्थिति सिर्जना भयो।आक्रोश पोख्दै एकजना अभिभावकले भने, बिहानको बेला यस सड़कमा सामान्यतया ट्राफिक हुन्छ। आज त दुर्घटनाका कारण पूरै बिहान नै बिग्रियो। साना विद्यार्थीहरू यस्तो अवस्थामा पर्नु वास्तवमै दुःखद हो।पछि…
Read More
चन्दाको कारण मदानी बजारमा अशान्ति, एक युवक पक्राउ

चन्दाको कारण मदानी बजारमा अशान्ति, एक युवक पक्राउ

काली पूजाको उल्लास आरम्भ हुनअघि नै उत्सवको शहर फेरि चन्दा आतङ्कमा पर्यो । सिलगढ़ीको मदानी बजार क्षेत्रमा चन्दा उठाउने विषयले स्थिति रणक्षेत्रमा परिणत भयो। आरोपअनुसार, केही स्थानीय युवाहरूले सिक्किमको यात्रीवाहक वाहन रोकेर चन्दा मागेका थिए। चालकले आपत्ति जनाएपछि तीव्र वादविवाद आरम्भ भयो। त्यसपछि तोड़फोड़ र आक्रमणसम्म भएको बताइएको छ। घटनामा केही यात्रीहरू घाइते भएका र यसले सम्पूर्ण क्षेत्रमा चालकहरूबीच आतङ्क मच्चिएको जानकारी छ।खबर पाएपछि सिलगढ़ी कमिश्नरेट पुलिसको न्यू जलपाइगढ़ी थाना क्षेत्रको पुलिस टोली तुरुन्तै घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लियो। राहुल सरकार नामक एक युवकलाई घटनास्थलबाट पक्राउ गरिएको छ। पुलिस सूत्रअनुसार, घटनामा अन्य कसैको संलग्नता छ कि छैन भनेर जाँच भइरहेको…
Read More
सेना जवानको रहस्यमय मृत्यु

सेना जवानको रहस्यमय मृत्यु

सिलगढ़ी जङ्क्शन क्षेत्रमा एक सेना जवानको शव फेला परेपछि निकै होहल्ला मच्चिएको छ। मङ्गलवार सखारै बिहान स्थानीय मानिसहरूले सिलगढ़ी जङ्क्शननजिक एक युवक सड़कमा लड़िरहेको अवस्थामा देखे। तिनी सैनिकको पोशाकमा थिए। त्यसपछि पुलिसलाई खबर गरियो। पुलिस आएर शवलाई उद्धार गरी अस्पताल पठायो।स्थानीय सूत्रअनुसार, बिहान लगभग 4.30 देखि 5 बजीबीच स्थानीय पेट्रोल पम्पको छेउमा सैनिकको पोशाकमा एक व्यक्ति सड़कमा लड़िरहेको अवस्थामा देखिएको थियो। स्थानीय मानिसहरूले पहिले जङ्क्शन ट्राफिक पुलिसलाई जानकारी दिए। त्यसपछि प्रधाननगर थाना पुलिस घटनास्थलमा आइपुग्यो। पुलिसको टोलीले शव उद्धार गरी सिलगढ़ी जिल्ला अस्पताल पठायो।पुलिस सूत्रअनुसार मृत व्यक्ति सम्भवतः सिक्किमका सैनिक थिए। उमेर लगभग 40 वर्ष बताइएको छ। जङ्क्शनका टोटो चालक…
Read More