25
Nov
सिलगढ़ीको लेनिन कोलोनी, नौका घाट र अलिपुरद्वार जिल्ला मुख्यालयनजिकैको बीरपाड़ा। ट्याब काण्डमा यसपल्ट उत्तरका यी तीन स्थानहरूको नाम मुछिएको छ। शनिवार राति गरिएको अपरेशनमा यी तीन स्थानबाट जम्मा चारजनालाई पक्राउ गरिएको छ। पक्राउ परेकाहरूमा बालुवा–ढुङ्गा खननका मजदुरदेखि व्यवसायीसम्म विभिन्न पेसाका मानिसहरू सामेल छन्। तर प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेकाहरूको मामिलामा विद्यालयसँगै ब्याङ्कको कुनै क्लिनिकल मिस्टेक छ कि छैन भनेर पनि प्रश्न उठ्न थालेको छ। लेनिन कोलोनीका वासिन्दा नजरुल इस्लाम र रूकसाना खातूनलाई पश्चिम मेदिनीपुरको केसियारी थाना पुलिसले पक्राउ गरेको छ। नौका घाट क्षेत्रका वासिन्दा मेहबुब हुसैन र बीरपाड़ाका वासिन्दा प्रदीप दासलाई विधाननगर साइबर अपराध थाना पुलिसले पक्राउ गरेको छ। आइतवार पक्राउ…
