Piyali Poddar

569 Posts
लाखौँको गर-गहनासहित नगद चोरी

लाखौँको गर-गहनासहित नगद चोरी

खाली घरबाट चोरहरूले लाखौँको चोरी गरेका घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार सिलगढ़ीको इष्टर्न बाइपासको ठाकुरनगर इलाकामा यो घटना भएको हो। चोरीको समय घरमा कोही पनि थिएन। त्यसैको फाइदा उठाउँदै चोरहरूले लाखौँ रुपियाँको सुनको गर-गहनासितै नगर राशि चोरेर चम्पट कसे। बिहीवार केही काम परेर घर मालिक अनि तिनकी पत्नी घरदेखि बाहिर गएका थिए। घर फर्केपछि तिनीहरूले दैलो भत्काइएको पाए। घरभित्र पसेर हेर्दा घरमा चोरी भएको थाहा लाग्यो। आलमारीमा राखिएको लाखौँ रुपियाँको सुनको गर-गहनासहित नदर राशि चोरी भइसकेको थियो। घटनाबारे एनजेपी थाना पुलिसलाई जानकारी दिइयो। खबर पाएर पुलिस घटनास्थल आएर जाँचमा जुटेको छ।
Read More
छुट्टै राज्यको मागमा रेल रोको आन्दोलन

छुट्टै राज्यको मागमा रेल रोको आन्दोलन

ग्रेटर कोचबिहार पीपल्स एसोसिएशनले चेताउनी दिएर फेरि आन्दोलन आरम्भ गरेको छ। कोचबिहारलाई छुट्टै राज्यको रूपमा मान्यता दिने माग गर्दै लगभग 8 वर्षपछि फेरि रेल रोको आन्दोलन थालिएको छ। यसको कारण मङ्गलवार रातिदेखि पूर्वोत्तर भारतीय रेल सेवा प्रभावित बनेको छ। न्यू जलपाइगढ़ी-गुवाहाटी बन्दे भारत एक्सप्रेस, बँगाईगाउँ-न्यू जलपाइगढ़ी एक्सप्रेसजस्ता रेलहरू रद्द गरिएका छन्। डिब्रुगढ़-नई दिल्ली राजधानी एक्सप्रेस, आनन्द बिहार अरुणाचल एक्सप्रेस, नई दिल्ली एक्सप्रेस र कामाख्या-राजेन्द्रनगर एक्सप्रेसलाई घुमाउरो मार्ग भएर चलाउनु परिरहेको छ। स्वाभाविक रूपमा धेरै यात्रीहरूले समस्याको सामना गरिरहेका छन्। छुट्टै राज्यको माग गर्दै ग्रेटर कोचबिहार पीपल्स एसोसिएशन र कोचबिहार राज्य डिमाण्ड कमिटी नामक दुई सङ्गठनका कार्यकर्ताहरूले पहिले कोचबिहार जिल्ला प्रशासन…
Read More
सड़क दुर्घटनामा आमा-छोरा गम्भीर घाइते

सड़क दुर्घटनामा आमा-छोरा गम्भीर घाइते

बिहीवार दिउँसो 1 बजीतिर सिलगढ़ी-जलपाइगढ़ीबीच 31 नम्बर राष्ट्रिय राजमार्गको सरियम मोड़ क्षेत्रमा सड़क दुर्घटना हुँदा आमा अनि छोरा गम्भीर रूपले घाइते भए। घाइते छात्रको नाम ईशान बन्धोपाध्याय हो अनि तिनकी आमाको नाम ज्योति बन्धोपाध्याय हो। घटनापछि स्थानीय वासिन्दाहरू आक्रोशित बने र केही समयसम्म 31 नम्बर राष्ट्रिय राजमार्ग अवरोध गरे। फलस्वरूप राष्ट्रिय राजमार्गमा ठूलो जाम लागेको थियो। स्थानीय सूत्रअनुसार, बिहीवार दिउँसो ज्योति बन्द्योपाध्याय फकीर ढिप क्षेत्रको एउटा निजी विद्यालयबाट आफ्नो छोरालाई साइकलमा लिएर घर फर्किंदै थिइन्। सरियम मोड़ क्षेत्रमा तिनीहरूलाई पुलिस वाहनले ठक्कर दियो। ठक्करपछि आमा र छोरा दुवै सड़क छेउमा उछिट्टिए। स्थानीय वासिन्दाहरूले तुरुन्तै दौड़ेर दुवैलाई उद्धार गरे र उपचारका…
Read More
फूलबारीबाट चोर पक्राउ

फूलबारीबाट चोर पक्राउ

चोरिरहेको समयमै एकजना चोरलाई पक्राउ गरिएको छ। प्राप्त जानकारीअनुसार सिलगढ़ीनजिक फूलबारीको अमैदिघी इलाकामा चोरलाई त्यति बेला पक्राउ गरियो जब तिनले मोबाइल टावरको सामग्री चोर्ने प्रयास गरिरहेका थिए। शुक्रवार स्थानीय मानिसहरूले चोरलाई पक्राउ गरेका हुन्। पक्रा परेका व्यक्तिको नाम ऋषिकेश विश्वास हो अनि तिनी रामपुरहाटका वासिन्दा हुन्। स्थानीय सूत्रअनुसार केही समयदेखि अमैदिघीको उक्त मोबाइल टावर सञ्चालनमा छैन। त्यसो हुँदा मोबाइल टावरको विभिन्न सामग्री बारम्बार चोरी भइरहेको थियो। शुक्रवार स्थानीयहरूले ऋषिकेशलाई मोबाइल टावरमै घेरो हालेर पक्रे। ऋषिकेश मोबाइल टावरको सामग्री चोर्न आएको स्थानीय मानिसहरूको आरोप छ। तुरुन्तै स्थानीय मानिसहरूले एनजेपी पुलिस थानालाई घटनाबारे जानकारी दिए। घटनास्थल आइपुगेको पुलिसले ऋषिकेशलाई आफ्नो कब्जामा लिएर…
Read More
मटेली ब्लकमा प्रवासी पक्षीहरूको आगमन

मटेली ब्लकमा प्रवासी पक्षीहरूको आगमन

शीतकालमा प्रवासी पक्षीहरूको आगमनले पक्षी प्रेमीहरूलाई खुशी बनाएको छ। गजलडोबापछि मटेली ब्लकमा प्रवासी पक्षीहरूको आगमन भएको हो। मटेली ब्लकको लाटागुड़ी वन क्षेत्रनजिक छायाफेली क्षेत्रको नेउरा नदी किनारमा यी प्रवासी पक्षीहरू देखिए। नेउरा नदी किनार अहिले प्रवासी पक्षीहरूको बसोवास स्थानमा परिणत बनेको छ। नदीको किनारमा रुडी शेलडक, ग्याड वाल, मर्गन्सर, साइबेरियाली स्टोनच्याट लगायत विभिन्न प्रजातिका प्रवासी पक्षीहरू देखिन्छन्। यद्यपि यी सबै प्रवासी पक्षीहरूको सुरक्षा विषयमा पर्यावरण प्रेमीहरू चिन्तित छन्। प्रवासी पक्षीहरूको बसोवास क्षेत्रसित जोड़िएको क्षेत्रमा वन विभागको नियमित गस्तीको आवश्यकता रहेको तिनीहरू बताउँछन्। पक्षी प्रेमी किरण शर्माले भने, विभिन्न प्रजातिका प्रवासी पक्षीहरूको आगमन छायाफेलीको नेउरा नदी किनारमा भएको छ। यो सुखद…
Read More
भोरेर आलो पुलिस थाना आमबारीमा सारिने

भोरेर आलो पुलिस थाना आमबारीमा सारिने

एकातिर पूर्वाधारको अभाव, अर्कातिर थानामा दर्ता हुने मामिलाहरूको सङ्ख्या सीमित। प्रायः अधिकारीहरूको काम पर्यटन परियोजनाको अनुगमनदेखि ट्राफिक व्यवस्थापनसम्म सीमित छ। साथै लगातार भीआईपी ड्युटी पनि गर्नुपर्छ। यस्तो स्थितिमा पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको सपना परियोजना मेगा पर्यटन केन्द्र गजलडोबा अर्थात भोरेर आलोस्थित सिलगढ़ी पुलिसको पूर्ण थानालाई अन्यत्र स्थानान्तरण गर्ने निर्णय लिइएको छ। राज्य पुलिस सूत्रअनुसार, यसै हप्ता नवान्नमा भएको उच्च स्तरीय छलफलपछि सिलगढ़ी पुलिस कमिश्नरेटअन्तर्गत भोरेर आलो थानालाई चाँड़ै अर्को स्थानमा सारिने प्रक्रिया थालिएको छ। मेगा पर्यटन केन्द्र भोरेर आलोमा पहिले झैँ एउटा पुलिस चौकी राखिनेछ जसलाई गजलडोबा पुलिस चौकीको रूपमा चिन्न सकिन्छ। नयाँ भोरेर आलो थानालाई वर्तमान स्थानबाट लगभग…
Read More
देश विरोधी गतिविधिमा संलग्नको आरोपमा फ्रान्सिस एक्का पक्राउ

देश विरोधी गतिविधिमा संलग्नको आरोपमा फ्रान्सिस एक्का पक्राउ

देशविरोधी गतिविधिमा संलग्न भएको आरोपमा नक्सलबारीको बेलगाछी चियाबारीबाट फ्रान्सिस एक्कालाई सेनाले पक्राउ गरेको छ। मङ्गलवार राति सेनाको त्रिशक्ति कोर्प, नेशनल डिजाष्टर रेसपोन्स फोर्स (एनडीआरएफ) र दार्जीलिङ पुलिसले संयुक्त अपरेशन चलाएर तिनलाई पक्राउ गरेको हो। पक्राउ परेका फ्रान्सिसकी पत्नी नक्सलबारी पञ्चायत समितिकी एक सदस्य हुन्। फ्रान्सिसको घरबाट रेडियोधर्मी पदार्थ क्यालिफोर्नियम र डिफेन्स रिसर्च एण्ड डेभलपमेण्ट अर्गनाइजेशन (डीआरडीओ) का धेरै गोप्य कागजात फेला पारिएको छ। तिनले डीआरडीओका दस्तावेजहरू तस्करी गरेको आरोप छ। सेनाअनुसार, अन्तर्राष्ट्रिय बजारमा प्रति ग्राम क्यालिफोर्नियमको मूल्य झण्डै 17 करोड़ रुपियाँ छ। केही महीनाअघि बिहारमा पनि यसै रेडियोधर्मी पदार्थसहित तीनजनालाई पक्राउ गरिएको थियो। फ्रान्सिसलाई मङ्गलवार राति केरकार गरेपछि तिनलाई पानीघट्टा…
Read More
युवतीको कपाल चोरी

युवतीको कपाल चोरी

सड़कमा पैसा र गहना लुटपातको घटना प्रायः सुनिन्छ। तर के कपाल चोरी पनि हुन्छ? त्यो पनि कुनै भीड़भाड़ कार्यक्रममा! सुन्नेहरूलाई अचम्म लाग्न सक्छ। तर यसपल्टक सिलगढ़ीको सूर्यनगर मैदानमा यस्तै एउटा घटना घटेको छ। गत आइतवार बेलुकी एउटा निजी संस्थाले आयोजना गरेको कार्निभल हेर्न सूर्यनगर मैदान गएकी थिइन् एक युवती। तिनका काकी र केही साथीहरू पनि साथमा थिए। कार्यक्रमको बीचमा अचानक आफ्नो लामो कपाल हराइसकेको युवतीलाई अनुभव भयो। कसैले चुपचाप तिनको कपाल काटेर लगेछ। त्यसबारे थाहा पाउने बित्तिकै रुँदै युवती बेहोस भइन्। त्यस्तो किन नहोस् त? किशोरीको कपाल ढाँडमुनि कम्मरसम्म आइपुगेको थियो। ती बाक्ला र कालो कपाललाई युवतीले निकै माया गर्थिन्।…
Read More
टास्क फोर्सको प्रभाव नपरेको ग्राहकहरूको गुनासो

टास्क फोर्सको प्रभाव नपरेको ग्राहकहरूको गुनासो

टास्क फोर्स बजारबाट फर्किन साथ आलु, प्याज र अन्य सब्जीको मूल्य फेरि बढ्यो। यस्तो कार्वाहीलाई देखावटी प्रक्रियाको संज्ञा दिँदै ग्राहकहरूले आलोचना गरेका छन्। सोमवार सिलगढ़ीको विधान मार्केटमा टास्क फोर्सले अभियान चलाएको थियो। शुरुमा चम्पासारीको थोक बजारमा पुगेर अधिकारीहरूले सब्जीहरूको मूल्य बुझ्ने प्रयास गरे। त्यसपछि तिनीहरू विधान मार्केटको खुद्रा सब्जी बजारमा पुगे। त्यहाँका केही विक्रेताहरूले थोक मूल्यको रसीद देखाउन नसकेका गुनासो थियो। अत्यधिक नाफा राखेर तिनीहरूले सब्जी बिक्री गरिरहेको आरोप उठ्यो। अधिकारीहरूले कम्ती नाफामा साग-सब्जी बेच्ने निर्देश दिए तर त्यसको कुनै प्रभाव परेको देखिएन। अधिकारीहरू बजारमा रहेका बेला केही समय मूल्य घटाइने ग्राहकहरूको आरोप छ। तर अधिकारीहरू बजारबाट गएपछि फेरि मूल्य…
Read More
सब्जीको मूल्य नियन्त्रण गर्न आज फेरि अभियान

सब्जीको मूल्य नियन्त्रण गर्न आज फेरि अभियान

आलु र प्याजको मूल्य नियन्त्रण गर्न शनिवार सिलगढ़ीका मेयर गौतम देबले प्रशासनलाई बैठकमा निर्देश दिएका थिए। तिनले आइतवारदेखि बजारमा 32 रुपियाँ प्रति किलो ज्योति आलु उपलब्ध हुने बताएका थिए। तर आइतबार बिहानदेखि सिलगढ़ीका विभिन्न बजारहरूमा आलु र प्याज मात्र होइन सबै सब्जीको मूल्य आकाशिएको देखियो। बजारमा 35 रुपियाँभन्दा कम्तीमा कुनै आलु उपलब्ध थिएन। नयाँ आलु आएपछि मूल्य घट्ने अपेक्षा गरिएको थियो। तर नयाँ आलु पनि 50 रुपियाँ प्रति किलोमा बिक्री भइरहेको थियो। यसले गर्दा सर्वसाधारण समस्यामा परेका छन्। प्रशासनले एसी कोठामा बसेर मूल्य घटाउने आदेश दिएर मात्र आफ्नो दायित्व पूरा गरिरहेको सर्वसाधारणको गुनासो छ। तर बजारमा सर्वसाधारणले आलु, प्याजदेखि अन्य…
Read More