15
Jan
सिलगढ़ीको इष्टर्न बाइपास धारावाहिक सड़क दुर्घटनाको हटस्पट बनिरहेको छ साथै धेरै मानिसहरूको ज्यान पनि गइसकेको छ। त्यसकारण डाबग्राम-फूलबारी समष्टिकी विधायक शिखा च्याटर्जीको नेतृत्वमा भाजपाले 1 घण्टा सड़क अवरोध गर्दै प्रशासनबाट तुरन्त कार्वाहीको माग गरेको छ।भाजपाको सड़क अवरोध कार्यक्रम सोमवारको सड़क दुर्घटनापछि गरिएको हो जहाँ एक 5 वर्षीय बालकको मृत्यु भएको थियो। उक्त दुर्घटना सोमवार इष्टर्न बाइपासको भारी मोड़मा भएको थियो। उक्त क्षेत्रमा लगातार सड़क दुर्घटना भइरहेको हुँदा स्थानीय नेताहरूको सड़कमा उत्रन बाध्य बनेका छन्। बुधवार विधायक शिखा च्याटर्जी अनि भाजपा कार्यकर्ताहरूले घटनास्थलमा भेला भएर धारावाहिक सड़क दुर्घटनालाई रोकथाम गर्न पहल गर्नुपर्ने माग गर्दै विरोध प्रदर्शन गरे। यसभन्दा पहिले विधायकले इष्टर्न…
