10
Feb
अनलाइन गेमिङको ऋणको कारण सिलगढ़ीमा एकजना युवकले आत्महत्या गरेका समाचार प्राप्त छ। 20 वर्षीय मृत युवकको नाम तुषार रय हो अनि तिनी एक अनलाइन खाद्य वितरण सेवाका कर्मचारी थिए। तुषारले लगभग एक वर्षअघि रिया सरकार नामकी महिलासित विवाह गरेका थिए। दम्पत्ती समरनगर क्षेत्रमा भाड़ाको घरमा बस्दै आइरहेका थिए। मृत तुषारकी पत्नी रिया सरकारले बताएअनुसार तिनी दिनभरि आफ्नी भाञ्जीको जन्मदिनको समारोहमा थिइन्। साँझ घर फर्किँदा ढोका बन्द रहेको पाइन्। धेरैपटक बोलाउँदा पनि लोग्नेले कुनै प्रतिक्रिया नजनाएपछि तिनले छिमेकीहरूलाई बोलाएर ढोका तोड्न अनुरोध गरिन्। घरभित्र प्रवेश गरेपछि तुषारलाई सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला पारियो। रियाले भनिन्, मेरा लोग्ने अनलाइन गेमहरू खेल्ने…
