Piyali Poddar

569 Posts
अल्पसङ्ख्यकहरूको मङ्गलवार उत्तर कन्या अभियान

अल्पसङ्ख्यकहरूको मङ्गलवार उत्तर कन्या अभियान

उत्तर बङ्गालका सबै जिल्लाका इमामहरूले अल्पसङ्ख्यकहरूका विभिन्न मागहरू लिएर उत्तर कन्या अभियानको तयारी गरिरहेका छन्। अल इण्डिया इमाम एशोसिएसनको आह्वानमा मङ्गलवार सिलगढ़ीनजिकै फूलबारीदेखि यो अभियान आरम्भ हुनेछ। दिउँसो 12 बजी फूलबारीको मर्डर मोड़मा एउटा सभा आयोजना गरी इमामहरू उत्तर कन्याको दिशामा प्रस्थान गर्नेछन्। जुलुसमा पश्चिम बङ्गालका विभिन्न भागका शिक्षक तथा शिक्षाप्रेमीहरू पनि सहभागी हुनेछन्। यस सम्बन्धमा सङ्गठनका उत्तर बङ्गाल संयोजक मोहम्मद बसीरूद्दीनले भने, अल्पसङ्ख्यकहरूका विभिन्न मागहरू प्रस्तुत गर्नकै लागि यो अभियान आयोजना गरिएको हो। हामी उत्तर कन्यामा गई मुख्यमन्त्रीलाई एउटा ज्ञापन पत्र बुझाउनेछौँ। हामी आशा गर्दछौँ कि मुख्यमन्त्री यी मागहरूमाति विचार गर्नेछन्।अल्पसङ्ख्यकहरूलाई ओबीसी प्रमाणपत्र प्रदान गर्ने प्रक्रिया सरलीकरण गर्न, वक्फ…
Read More
बाघडुग्रा विमानस्थलमा करोड़ौको कारोबारमा दुई दलबीच मिलीजुली सिण्डिकेट

बाघडुग्रा विमानस्थलमा करोड़ौको कारोबारमा दुई दलबीच मिलीजुली सिण्डिकेट

राजनीतिक मतभेद धेरै भए पनि व्यापारका लागि कुनै बाधा छैन। बाघडुग्रा विमानस्थलको विस्तारका लागि ठूलो मात्रामा बालुवा, ढुङ्गा, रड, सिमेण्ट जस्ता निर्माण सामग्री आवश्यक पर्नेछ। यो परियोजना करोड़ौँ रुपियाँको छ र आवश्यक सामग्री स्थानीय रूपमा नै आपूर्ति गरिनेछ। ठेक्का पाएका एजेन्सीहरू प्रायः सत्तारूढ़ दलको सिण्डिकेटबाट नै सामग्री लिन बाध्य रहने आरोप छ। बाघडुग्रा विमानस्थलको काम केन्द्र सरकारको भए पनि सिलगढ़ीमा भारतीय जनता पार्टी (भाजपा) को प्रभाव कम भएकाले एक प्रभावशाली भाजपा नेताले तृणमूल कङ्ग्रेसको एउटा समूहसित मिलेर काम गरिरहेको बताइएको छ। यस सम्झौताअनुसार सबै निर्माण सामग्री आपूर्तिको जिम्मा तृणमूलका एकजना युवा नेतालाई दिइएको छ। यसले दुवै पार्टीभित्र असन्तुष्टि फैलिएको छ…
Read More
मेडिकलमा फोहोर व्यवस्थापन परियोजना

मेडिकलमा फोहोर व्यवस्थापन परियोजना

उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा फोहोर व्यवस्थापन सम्बन्धी समस्या समाधानका लागि सिलगढ़ी महकुमा परिषदका सभापति अरुण घोषले स्थायी समाधानको आश्वासन दिएका छन्। सोमवार मेडिकल कलेजमा प्लास्टिक बोतल क्रश गर्ने मसिन उद्घाटन कार्यक्रममा तिनले यसबारे बताएका हुन्। उद्घाटनपछि सभापति घोषले भने, मेडिकल कलेज ठूलो क्षेत्र हो। यहाँको वातावरण सफा राख्न आवश्यक छ। यसका लागि सिलगढ़ी नगर निगमसित समन्वय गरेर महकुमा परिषदले आवश्यक कदम उठाउनेछ। साथै मेडिकलमा सलिड वेष्ट म्यानेजमेण्ट परियोजना बनिरहेको छ जुन चाँड़ै नै आरम्भ हुनेछ। यस परियोजनाले फोहोरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्नेछ। त्यस्तै मेडिकल कलेजमा खानेपानी समस्याको समाधानका लागि पनि महकुमा परिषदले पहल गर्नेछ।कार्यक्रममा अस्पतालका सुपर सञ्जय मलिक,…
Read More
नदीको किनारमा अज्ञात व्यक्तिको घाँटी रेटिएको शव उद्धार

नदीको किनारमा अज्ञात व्यक्तिको घाँटी रेटिएको शव उद्धार

नदीको किनारमा एक अज्ञात व्यक्तिको घाँटी रेटिएको शव फेला परेको छ। घटना खोरीबारीको थानझोड़ा चियाबारीनजिक रहेको गुयाबारी क्षेत्रमा भएको हो। शनिवार डुमुरिया नदीको किनारमा उक्त शव भेटिएको हो। स्थानीय मानिसहरूले शव देखे। शवको छेउमै एउटा धारिलो हतियार पनि फेला परेको छ जसमा रगत लागेको देखिन्छ। घटनाको जानकारी पाएपछि खोरीबारी पुलिस घटनास्थल पुग्यो। सिलगढ़ी महकुमा परिषदका सदस्य किशोरीमोहन सिंह पनि घटनास्थल पुगे। प्रारम्भिक अनुमानअनुसार यो हत्या हुनसक्ने आशङ्का गरिएको छ। मृत व्यक्तिको पहिचान अहिलेसम्म हुन सकेको छैन। खोरीबारी पुलिसले अन्य विभिन्न थानासँग सम्पर्क गर्न आरम्भ गरिसकेको छ। घटनास्थलमा फरेन्सिक टोली पनि बोलाइएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।
Read More
दार्जीलिङ, मिरिक अनि कालेबुङलाई हेलिकप्टर परिसेवा

दार्जीलिङ, मिरिक अनि कालेबुङलाई हेलिकप्टर परिसेवा

दार्जीलिङका सांसद राजु विष्टको पहलमा पूर्वाधार विकासमा नयाँ नयाँ उपलब्धिहरू प्राप्त हुँदैछ। तिनले पर्यटन र पहाड़ी जिल्लाहरूको पूर्वाधार सुधारका लागि नवीन प्रयास अघि बढ़ाइरहेका छन्। तिनले बाघडुग्रादेखि दार्जीलिङ, मिरिक र कालेबुङका लागि हेलिकप्टर परिसेवा आरम्भ गर्ने आफ्नो सपनालाई साकार पार्न पहल गरिरहेका छन्। यसै सन्दर्भमा तिनी केन्द्रीय नागरिक उड्डयन मन्त्री राम मोहन नायडूसित भेट गरिसकेका छन् साथै केन्द्र सरकारको क्षेत्रीय कनेक्टिभिटी योजना तथा पहाड़ी क्षेत्रमा पर्यटन प्रबर्द्धन गर्ने वाचालाई अघि सारेका छन्।हालैको केन्द्रीय बजटमा अर्थमन्त्रीले सरकारद्वारा उड़ान क्षेत्रीय कनेक्टिभिटी योजना लागू गरिने घोषणा गरेकी थिइन्। यस योजनाअन्तर्गत साना विमानस्थल र हेलिप्याडको विकास, उत्तरपूर्वी क्षेत्रको पर्यटन प्रबर्द्धन, होमस्टे तथा पहाड़ी जिल्लाको…
Read More
जेईई परीक्षामा पश्चिम बङ्गालमै दोस्रो देवाद्रिता

जेईई परीक्षामा पश्चिम बङ्गालमै दोस्रो देवाद्रिता

जेईई (मेन्स)-को पहिलो सेशनमा पश्चिम बङ्गाल राज्यमा सम्भावित दोस्रो स्थान हासिल गर्न सफल भएकी छिन् सिलगढ़ीकी देवाद्रिता दास। दोस्रोपटक परीक्षा दिएर तिनले उत्कृष्ट परिणाम प्राप्त गरेकी छन्। तिनले 99.99 प्रतिशत अङ्क प्राप्त गरेकी छिन्। सिलगढ़ी निर्मला कन्भेण्टकी पूर्व विद्यार्थी देवाद्रिता पश्चिम बङ्गालमा सम्भावित दोस्रो तथा उत्तर बङ्गालमा सम्भावित पहिलो स्थानमा रहेकी छिन्। तिनले आईआईटी बम्बेमा कम्प्युटर साइन्स पढ्ने लक्ष्य राखेकी छिन्। आफ्नो लक्ष्य प्राप्त गर्न तिनले दुई वर्षअघि कोटा गएर एउटा संस्थामा तयारी आरम्भ गरेकी थिइन्। तिनले गएको वर्ष जेईई एडभान्स परीक्षा पनि उत्तीर्ण गरेकी थिइन्। तर आईआईटी बम्बेमा भर्ना हुनै लाग्दा बिहान अचानक तिनका पिता डा. अरूप दास अस्वस्थ…
Read More
कर्मचारीको अभावसित जुझ्दै एनबीएसटीसी

कर्मचारीको अभावसित जुझ्दै एनबीएसटीसी

उत्तर बङ्गाल राज्य यातायात निगम (एनबीएसटीसी)का डिपोहरूमा अझै पनि कर्मचारी अभाव रहेको छ। राज्य यातायात विभागलाई धेरैपल्ट पत्र लेखे पनि यो समस्या समाधान भएको छैन। बाध्य भएर निगमले 25 जना अधिकारीहरूलाई छ महीनाका लागि पुनः काममा लगाएको छ। यस्तो स्थितिमा निगमले थप 50 वटा बस पाउने भएको छ। मङ्गलवार यातायात मन्त्री स्नेहाशीष चक्रवर्ती र पार्थप्रतीम रायबीच बैठक भयो। उक्त बैठकमा नयाँ बस किन्ने विषयसितै कर्मचारी अभावबारे विस्तृत छलफल भयो। उत्तर बङ्गालका विभिन्न रूटमा सञ्चालन हुने नयाँ बसको मूल्य प्रति गाड़ी 17 लाख रुपियाँ पर्नेछ। यातायात मन्त्रीले ती बस राज्य यातायात विभागले किनेर निगमलाई दिने जानकारी दिए।निगमका अध्यक्ष पार्थप्रतीम रायले भने,…
Read More
पुरानो स्कूलको जमीन कब्जा गर्ने योजना, नयाँ भवनमा रहस्य

पुरानो स्कूलको जमीन कब्जा गर्ने योजना, नयाँ भवनमा रहस्य

मुख्य सड़कदेखि निकै भित्र एउटा भवन छ नयाँ निलो-सेतो रङ्ग पोतिएको। अगाड़ि ठूलो अक्षरमा लेखिएको छ चाँदमणि टी इस्टेट जुनियर बेसिक स्कूल।तर वास्तवमा उक्त भवनदेखि लगभग 200 मिटर टाढ़ा मूल सड़कको छेवैमा असल स्कूल छ। त्यहाँ पठन-पाठन चलिरहेको छ। बाहिरबाट हेर्दा लाग्न सक्छ कि विद्यार्थीहरूको सुविधाका लागि शिक्षा विभागले नयाँ भवन बनाएको हो। तर वास्तविकता फरक छ। कसले यस स्कूललाई मुख्य सड़कदेखि 200 मिटर भित्र बनायो भन्ने कुरा स्वयम् शिक्षा विभागलाई नै थाहा छैन। सिलगढ़ी प्राथमिक विद्यालय परिषदका अध्यक्ष दिलीप रायले भने, कसैले हामीलाई उक्त भवन दान गरेको भन्ने सुनेको छु। यसबारे बढ़ी केही भन्न सक्दिनँ। रोचक कुरा के छ…
Read More
परीक्षार्थीहरूलाई पुलिसको सहयोग

परीक्षार्थीहरूलाई पुलिसको सहयोग

जाममा फँसिएको बेला पुलिसले समयमै हस्तक्षेप गर्दा एकजना माध्यमिक परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म समयमै पुर्यारउन सकियो। प्राप्त रिपोर्टअनुसार, माध्यमिककी परीक्षार्थी रिङ्कु दास आफ्नो परीक्षा केन्द्रतर्फ गइरहेकी थिइन् तर हाश्मी चोकनजिक जाममा फँसिन्। स्थितिबारे थाहा पाएपछि ट्राफिक पुलिसले रिङ्कु दास माध्यमिक परीक्षार्थी रहेकी पत्तो लगाए। त्यसपछि ट्राफिक पुलिसका एकजना जवानले त्वरित निर्णय लिँदै रिङ्कुलाई आफ्नो बाइकमा परीक्षा केन्द्रसम्म पुर्यािए। त्यसो हुँदा नै रिङ्कु समयमा परीक्षा केन्द्र पुग्न सकिन्। रिङ्कु अनि तिनको परिवारले पुलिसद्वारा गरिएको सहयोगप्रति आभार व्यक्त गरे। अर्कातिर बाघ़डुग्रा ट्राफिक गार्डका एएसआई बाला घोषले समयमै लिएका कदमले एकजना माध्यमिक परीक्षार्थीलाई समयमै परीक्षा केन्द्र पुग्न सके। प्राप्त जानकारीअनुसार मतिगढ़ा हारासुन्दर हाई स्कूल…
Read More
सालुगढ़ामा भयावह सड़क दुर्घटना

सालुगढ़ामा भयावह सड़क दुर्घटना

हिजो राति भक्तिनगर थानाअन्तर्गत सालुगढ़ा क्षेत्रमा भयावह सड़क दुर्घटना भएको छ। दुर्घटनामा ट्रकले किच्याउँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भयो तर ट्रक चालकले भने सुइँकुच्चा ठोकेको छ। यो घटना उक्त क्षेत्रमा जड़ान गरिएको एउटा सीसीटीभी क्यामेरामा कैद भएको छ। प्राप्त जानकारीअनुसार, हिजो राति सालुगढ़ा क्षेत्रमा एकजना बाइक सवार असन्तुलित भएर सड़कमा लडेका थिए। त्यही बेला एउटा ट्रकले तिनलाई किच्यायो। तर ट्रक चालकले तुरुन्तै त्यहाँबाट सुइँकुच्चा ठोके। दुर्घटना देखेपछि स्थानीय मानिसहरू घटनास्थलमा पुगे र भक्तिनगर थाना पुलिसलाई जानकारी दिइयो। सूचना पाएर भक्तिनगर थाना पुलिस त्यहाँ आइपुग्यो। शवलाई उद्धार गरी पोस्टमर्टम गर्न उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। मृत व्यक्तिको नाम…
Read More