22
Nov
सिलगढ़ी नगरनिगमले एउटा अविश्वासनीय योजना बनाइरहेको जान्नमा आएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशअनुसार यस योजनाका लागि बागवानी विभागका सचिव स्तरका अधिकारीहरूले मेयर गौतम देवसित छलफल गरेका छन्। महानन्दाको किनारलाई एक समय खुल्ला शौचालय क्षेत्र मानिन्थ्यो। तर हाल नगरनिगमले गरेको सुन्दरीकरणको कारण दृश्य केही सुध्रिएको छ। यद्यपि केही स्थानमा अझै फोहोर देखिन्छ जसले गर्दा त्यहाँ नाक थुनेर हिँड्नुपर्ने स्थिति आउँछ। डम्पिङ ग्राउण्डको अवस्था अझै दयनीय छ जहाँ दुर्गन्धको कारण हिँड्न मात्र होइन गाड़ी चलाउँदा पनि सास थुनेर क्षेत्र पार गर्नुपर्छ। तर नगरनिगमको यस सोचले त्यो अवस्था समाप्त गर्न सक्छ। नगरनिगम सूत्रअनुसार ती दुई क्षेत्रमा रहेका खाली जमीनमा फूलको बगैँचा बनाइनेछ। डम्पिङ…
