Piyali Poddar

569 Posts
बाइसनको आक्रमणमा दुई घाइते

बाइसनको आक्रमणमा दुई घाइते

बाइसनको आक्रमणमा परी दुईजना घाइते भएका छन्। घना जङ्गलबाट निस्केर बाइसन मानव बस्ती क्षेत्रमा प्रवेश गर्दा निकै आतङ्क मच्चिएको छ। बाइसनको आक्रमणमा परी घाइते हुने शान्ति तिर्की(35) अनि नितेश उराँव(17) हुन्। तिनीहरू दुवै भादोवा लाइनका वासिन्दा हुन्। घाइते दुवैलाई बीरपाड़ा राज्य सामान्य अस्पतालमा भर्ना गरिएको छ। प्राप्त रिपोर्टअनुसार अलिपुरद्वार जिल्लाको बीरपाड़ा ब्लकअन्तर्गत पर्ने मदारीहाटको नाङडाला चियाबारी क्षेत्रमा यो घटना बुधवार बिहान भएको हो। उक्त चियाबारीदेखि केही पर दलमोर जङ्गल रहेको छ। स्थानीयहरूको आशङ्कामा त्यहीँ जङ्गलबाट बाइसन निस्केर चियाबारी क्षेत्रमा प्रवेश गरेको हो। सूचना पाएपछि तुरुन्त दलगाँउ रेञ्जका वन अधिकारीहरू अनि बीरपाड़ा थानाका पुलिस कर्मचारीहरू घटनास्थलमा पुगेका थिए। पछि बाइसन डिमडिमा…
Read More
चितुवाको आक्रमणमा महिला घाइते

चितुवाको आक्रमणमा महिला घाइते

चितुवाले आक्रमण गर्दा फालाकाटाको तसाती चियाबारीमा काम गरिरहेकी एउटी महिला श्रमिकलाई घाइते भएकी छन्। मङ्गलवार भएको उक्त घटनाले चियाबारी वरिपरि क्षेत्रमा त्रास फैलिएको छ। घाइते श्रमिकको नाम दुखुनी मुण्डा हो। प्राप्त रिपोर्टअनुसार मङ्गलवार बिहान अन्य श्रमिकहरूसित चियाबारीमा काम गरिरहेकी बेला अचानक झाड़ीबाट निस्किएको चितुवाले दुखुनीलाई आक्रमण गऱ्यो। चितुवाको आक्रमणमा तिनलाई निकै चोटपटक लागेको छ। तिनको चित्कार सुनेर अन्य श्रमिकहरू तुरुन्तै घटनास्थलमा पुगे र तिनलाई उद्धार गरे। तिनलाई पहिले तसाती चियाबारी अस्पतालमा लगिएको थियो तर पछि थप उपचारका लागि बीरपाड़ा राज्य सामान्य अस्पतालमा लगिएको छ।
Read More
दामाग्रामको कुवामा चितुवा

दामाग्रामको कुवामा चितुवा

सिलगढ़ीको दाम्राग्राम क्षेत्रमा एउटा चितुवा प्रवेश गर्दा स्थानीय वासिन्दाहरूमा सन्त्रास फैलियो। तर पछि उक्त चितुवा खाली कुवामा खस्यो। प्राप्त जानकारीअनुसार, आइतवार राति चितुवा उक्त क्षेत्रमा पसेको थियो। क्षेत्रमा चितुवाको प्रवेश हुँदा स्थानीय मानिसहरू त्रस्त बने अनि तिनीहरू आफ्नै घरभित्र बन्द बन्न बाध्य बने। त्यसपछि उक्त घटनाबारे वन विभागलाई जानकारी दिइयो। खबर पाएपछि वन विभागका कर्मचारीहरू तुरुन्तै घटनास्थलमा आएर दुई राउण्ड ट्राङ्क्विलाइजर डार्ट प्रहार गरेर चितुवालाई उद्धार गरे। वन अधिकारीहरूले चितुवालाई प्राथमिक उपचार दिएपछि जङ्गलमा छोड़िने बताएका छन्।
Read More
होलीमा लगाइने अबिरको मागमा ह्रास

होलीमा लगाइने अबिरको मागमा ह्रास

होली नजिक आइरहेको छ त्यसैले फूलबारी सीमावर्ती क्षेत्रनजिक चम्पागाछस्थित अबिर (रङ्गीन धुलो) कारखानाका मजदुरहरू व्यस्त छन्। तर यो वर्ष माग कम्ती भएको कारण उत्पादनमा उल्लेखनीय ह्रास आएको छ। कारखानाका कर्मचारी जीवन मण्डलले बताएअनुसार विगत बीस वर्षदेखि यस क्षेत्रमा भूटानबाट ल्याइएका सामग्री प्रयोग गरी अबिर उत्पादन हुँदै आएको छ। अघिल्लो वर्षसम्म यहाँ उत्पादन गरिने अबिर सिलगढ़ी, इस्लामपुर र रायगञ्जलगायत विभिन्न स्थानमा बिक्री हुन्थ्यो। तर यो वर्ष माग घटेको कारण सीमित मात्रामा उत्पादन भइरहेको छ। पहिले 10-12 जना कर्मचारीहरूले तीनदेखि चार प्रकारका बेग्लाबेग्लै रङगको अबिर बनाउने गर्थे। तर यो वर्ष केवल तीनजना कर्मचारीहरूले गुलाबी र पहेँलो रङ्गको अबिर उत्पादन गरिरहेका छन्। उत्पादन…
Read More
सड़क दुर्घटनामा विद्यार्थीको मृत्यु

सड़क दुर्घटनामा विद्यार्थीको मृत्यु

विद्यालयबाट फर्किने क्रममा भएको सड़क दुर्घटनामा एकजना विद्यार्थीको ज्यान गएको छ। यो घटना फाँसीदेवाको घोषपुकुर-खोरीबाड़ी राज्य राजमार्गमा भएको हो। मृत विद्यार्थी घोषपुकुर निवासी तथा सेण्ट जोसेफ विद्यालयमा कक्षा चारमा अध्ययनरत ज्याकलिन जेजे हुन्। प्राप्त रिपोर्टहरूअनुसार विद्यालयपछि सड़क पार गर्ने क्रममा साग-सब्जी बोकेको एउटा ट्रकले ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भयो। स्थानीय मानिसहरूले तुरुन्तै ट्रकलाई पछ्याएर रोके पनि चालक भने भाग्न सफल भएको बताइएको छ। सूचना पाएलगत्तै पुलिसले घटनास्थलमा पुगेर ट्रकलाई नियन्त्रणमा लिएको छ। साथै शवलाई उद्धार गरी पोष्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाएको छ। घटनाले सम्पूर्ण क्षेत्र शोकमग्न बनेको छ।
Read More
महिलाको मृत्युपछि जलपाइगढ़ी मेडिकल कलेजमा विवाद

महिलाको मृत्युपछि जलपाइगढ़ी मेडिकल कलेजमा विवाद

एक गर्भवती महिलाको मृत्युको कारणर विवाद उत्पन्न भएको छ। सोमवार बिहान जलपाइगढ़ी मेडिकल कलेज तथा अस्पतालको प्रसुति विभागमा उक्त घटना भएको हो। 25 वर्षीय मोहसिना बेगम जलपाइगढ़ी सदर ब्लकको बहादुर ग्राम पञ्चायतको सरकारपाड़ा क्षेत्रकी निवासी थिइन्। सोमवार बिहान प्रसव पीड़ा आरम्भ हुँदा मोहसिनालाई परिवारका सदस्यहरूले जलपाइगढ़ी मेडिकल कलेज तथा अस्पताल पुऱ्याए। तर अस्पतालको मदर एण्ड चाइल्ड हबको आपत्कालीन विभागका चिकित्सकले तिनलाई मृत घोषित गरे।यता मृत महिलाका परिवारजनले अस्पतालमा उपचारमा लापरवाही भएको आरोप लगाएका छन्। परिवारको दाबीअनुसार गत हप्ता जब मोहसिनालाई प्रसव पीड़ा भएको थियो तब तिनलाई अस्पताल ल्याइएको थियो। त्यसपछि एक दिनका लागि अस्पतालमा भर्ना गरिए पनि चिकित्सकहरूले तिनलाई डिस्चार्ज…
Read More
अपहृत किशोरीको उद्धार

अपहृत किशोरीको उद्धार

14 वर्षीय अपहृत किशोरीलाई न्यू जलपाइगढ़ी थाना पुलिसले उद्धार गरेको छ। गत शनिवार न्यू जलपाइगढ़ी थाना क्षेत्रबाट किशोरीको अपहरण भएको थियो। परिवारको तर्फबाट अपहरणको उजुरी न्यू जलपाइगढ़ी थानामा दर्ता गरिएको थियो। उक्त घटनाको जाँच गर्दै आइतवार राति गोप्य सूचनाको आधारमा तीनबत्ती मोड़ क्षेत्रबाट पुलिसले किशोरीलाई उद्धार गऱ्यो। यस घटनामा अपहरणको आरोपमा पुलिसले राकेश राय नामक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका अपहरणकर्ता राकेश रायको घर शान्तिपाड़ा क्षेत्रमा छ। तिनलाई आज जलपाइगढ़ी जिल्ला न्यायालयममा पठाइएको छ। उद्धार गरिएको किशोरीलाई स्वास्थ्य परीक्षणपछि होममा पठाइएको छ। यस अपहरण घटनाको पछाड़ि राकेशको के उद्देश्य थियो भन्ने विषयबारे पुलिसले जाँच आरम्भ गरेको छ।
Read More
20 ऐकरबाट हराए चियाका बोटहरू!

20 ऐकरबाट हराए चियाका बोटहरू!

चियाका बोट उखेलेर ती जमीनलाई परित्यक्त देखाई टी टुरिज्म परियोजनाका लागि प्रयोग गर्न खोजिएको आरोप लागेको छ। तराईका धेरै चियाबारीहरूमा यो कार्य आरम्भ भइसकेको छ। डागापुर चियाबारीमा पनि यस्तै दृश्य देखिएको छ। उक्त चियाबारीको लगभग 20 ऐकर क्षेत्रबाट चियाका बोटहरू हटाइएको छ। आरोपअनुसार एकै दिनमा होइन तर क्रमशः एक वर्षको अवधिमा बाटोनजिक चियाबारीबाट चियाका बोटहरू अनि छायाँ दिने रूखहरू हटाइएका छन्। चियाबारीलाई नष्ट गरेर होटल, रिसोर्ट, आवासीय संरचना बनाउने प्रयास भइरहेको चिया श्रमिकहरूले बताइरहेका छन्। श्रमिकहरूको भविष्य अन्धकारतर्फ धकेलिएको तिनीहरूको गुनासो छ। सीटूका दार्जीलिङ जिल्ला सचिव गौतम घोषले भने, "चियाबारी मालिकहरूले योजनाबद्ध रूपले राति चियाका बोट उखेलेर जमीन खाली गरिरहेका…
Read More
कुमोरटुली घटनाकी आरोपी फाल्गुनीको लामो आपराधिक सूची

कुमोरटुली घटनाकी आरोपी फाल्गुनीको लामो आपराधिक सूची

कोलकाताको कुमोरटुली घाटमा हालै एउटा ट्रली ब्यागबाट सुमिता घोष नामकी महिलाको टुक्रा–टुक्रा पारिएको शव फेला परेको थियो। प्राप्त जानकारीअनुसार दुईजना महिलाहरू उक्त ट्रली ब्याग गङ्गामा फाल्न गइरहेका थिए। ती महिलाहरूको नाम फाल्गुनी घोष र आरती घोष हो। आरती घोष फाल्गुनी घोषकी आमा हुन्। तिनीहरूको हातमा रहेको ट्रली ब्यागबाट रगत चुहिरहेको देखेपछि स्थानीय मानिसहरूले शङ्का गरे। पछि ट्रली ब्यागको ताला फुटाएर हेर्दा त्यसभित्र सुमिताको शव भेटियो। यस घटनाले ठूलो होहल्ला मच्चायो। पछि जाँचबाट यस हत्या काण्डको जरो मध्यमग्राममा रहेको पत्तो लाग्यो। प्राप्त जानकारीअनुसार सुमिता आफ्नी भतिजीको घरमा बस्न आएकी थिइन्। सम्पत्ति सम्बन्धी विवादको कारण तिनको हत्या गरिएको पुलिसले बताएको छ।यस घटनामा…
Read More
कुदिरहेको गाड़ीमा आगलागी

कुदिरहेको गाड़ीमा आगलागी

सोमवार बेलुकी रवि सिंह सिलगढ़ीको सिटी सेण्टरदेखि दुईजना यात्री लिएर प्रणामी मन्दिरतर्फ गाड़ीमा गइरहेका थिए। एयरभ्यु मोड़ पार गरेर चर्च रोड हुँदै केही अगाड़ि बढ्दा तिनले अचानक एकजना बाइक चालकको चिच्याहट सुने। रियर भ्यु मिररमा हेर्दा ती बाइक चालक पछिबाट तिनलाई गाड़ी रोक्ने सङ्केत गर्दै थिए। रविले गाड़ीको गति धिमा गर्न साथ उक्त बाइक चालकले नजिक आएर गाड़ीको तल्तिरबाट धुवाँ निस्किरहेको अनि आगो लागेको जानकारी गराए। त्यसबारे सुन्न साथ दुई यात्रीसितै तिनी गाड़ीबाट बाहिर निस्किए। ठीक त्यसै समयमा गाड़ीमा भयावह आगो लाग्न थाल्यो। घटनाबारे बताउँदा रवि निकै डराएका थिए। तिनले भने, त्यो बाइक चालक भगवान नै थिए। यदि तिनले नबताई…
Read More