26
Dec
क्रिसमसको दिन श्रीमती अनि दुई छोरीसित समय बिताउने योजना पहिल्यै बनाइएको थियो। त्यसले काम सकेर मङ्गलवार राति मालदाबाट सिलगढ़ी फर्कने उद्देश्यले तिनी ट्रेनमा चढ़ेका थिए। तर आश्चर्यजनक रूपमा ट्रेनबाटै सिलगढ़ीको 16 नम्बर वार्डको हाकिमपाड़ा निवासी जय अधिकारी(40) बेपत्ता भएका छन्। पेशाले निजी संस्थाको कर्मचारी जय अधिकारीको घर अलिपुरद्वार हो। तर कामको कारण सिलगढ़ीमा घर भाड़ामा लिएर तिनी सपरिवार बस्दै आइरहेका थिए। जय बेपत्ता बनेपछि परिवारको तर्फबाट पानी ट्याङ्की पुलिस चौकीमा प्राथमिकी दर्ता गरिएको छ। उत्तर–पूर्व रेलवेका जनसम्पर्क अधिकारी कपिञ्जलकिशोर शर्माले भने, सिसिटिभी क्यामेराको फूटेज जाँच गरेर तिनको खोजी गरिनेछ। जय बेपत्ता बनेपछि तिनको परिवार सदस्यहरू चिन्तामा परेका छन्। जयकी श्रीमती…
