Piyali Poddar

569 Posts
माञ्जा खोलाको पानी दूषित बन्दै

माञ्जा खोलाको पानी दूषित बन्दै

माञ्जा खोलामा जताततै प्लास्टिकको गिलास अनि बोतल, खाने कुराहरूको प्याकेट तथा रम बियरका बोतलहरू फ्याँकिएको हुनाले खोलाको पानी नै दूषित बनाएको छ। अहिले गर्मीको मौसम हुनाले माञ्जा खोलामा नक्सलबारी क्षेत्रहरूबाट धेरै मानिसहरू बेलुकीको समयमा गाड़ी, स्कूटी बाइकमा हुलका हुल आउने गर्छन्। मानिसहरूले यसरी खाने सामग्रीहरू ल्याएर खोलामा फोहोर गर्छन्। खाएपछि ती सामग्रीहरू जतासुकै फ्याँकिदिन्छन् जसले गर्दा खोलाको पानी प्रदूषित हुन्छ। त्यति मात्र होइन युवक-युवतीहरूको निम्ति अवैध कार्य गर्ने स्थान नै बनिसकेको छ। माञ्जा खोलाको छेउछाउमा घर भएका मानिसहरूले यस स्थानमा घुम्न आउने कति युवक-युवतीहरूलाई असामाजिक कार्य गर्दै गरेका देखेपछि खेदाइएको पनि बताएका छन्। यस स्थानमा पानीघट्टा पुलिसले कठोर निगरानी गरिदिने…
Read More
सड़क दुर्घटनामा महिलाको मृत्यु

सड़क दुर्घटनामा महिलाको मृत्यु

फूलबारीको जोतियाकाली मोड़मा आज बिहान एउटा दुखद दुर्घटना भएको छ। यस दुर्घटनामा ग्यास ट्याङ्करको चक्काले किच्दा एउटी महिलाको घटनास्थलमै मृत्यु भयो। यो घटना सिलगढ़ी-जालपाइगढ़ी राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने जोतियाकाली मोड़मा आज बिहान भएको हो। स्थानीय सूत्रअनुसार, दुई महिला स्कुटीमा चम्पासरी क्षेत्रबाट जोतियाकालीको एउटा निजी अस्पतालमा आफन्त भेट्न जाँदै थिए। जब तिनीहरू जोतियाकाली मोड़मा पुगे त्यसै बेला पछिल्तिरबाट द्रुगत गतिमा आइरहेको ग्यास ट्याङ्करले स्कुटीलाई ठक्कर दियो। ठक्करपछि दुवै महिला सड़कमा पछारिए जसमा एउटी महिलालाई ट्याङ्करको चक्काले किच्यो र तिनको घटनास्थलमै मृत्यु भयो। अर्की महिला पनि गम्भीर रूपले घाइते भएकी छन्। दुर्घटनाको खबर फैलिनेबित्तिकै घटनास्थलमा ठूलो भीड़ जम्मा भयो र आक्रोशित स्थानीय मानिसहरूले…
Read More
दखलीदेखि नोल डाँड़ासम्म सड़क जीर्ण

दखलीदेखि नोल डाँड़ासम्म सड़क जीर्ण

दूधेस्थित दखली हुँदै नोल डाँड़ा जाने सड़कको अवस्था जीर्ण भएको छ। गोरामुमो समयमा दखलीदेखि नोलसम्म सड़क निर्माण भएको थियो। पछि जीटीएले उक्त सड़कको मरम्मती कार्य गरे पनि अहिले सड़कको अवस्था सोचनीय बनेको छ। सड़कको सोचनीय अवस्थाको कारणले गर्दा बाइक स्कूटीदेखि लिएर ससाना गाड़ीहरूलाई यातायात गर्नु धेरै असुविधा भइरहेको स्थानीय वासिन्दाहरूको भनाइ छ। दिनहुँ यातायात गर्ने वाहन चालकहरू, नोल डाँड़ा अनि छोटा टिङलिङका युवाहरूद्वारा कतिपल्ट त सड़कको मरम्मती गरिएको हो। दखलीदेखि नोल डाँड़ासम्म जाने सड़क बड़ा टिङलिङ फाटकस्थित हाइवेमा जोड़िएकाले दूधेबाट मिरिक आउजाउ गर्ने प्रायः वाहनहरू यही सड़क भएर यातायात गर्छन्। तर पनि सड़कको अवस्था सोचनीय छ। विशेष गरेर आइतवारको दिन…
Read More
दुई तृणमूल जनप्रतिनिधिमाझ विवादले रोकियो सड़क निर्माण कार्य

दुई तृणमूल जनप्रतिनिधिमाझ विवादले रोकियो सड़क निर्माण कार्य

सड़क निर्माणबारे तृणमूल कङ्ग्रेसको आन्तरिक गुटबन्दी खुलस्त भएको छ। नक्सलबारी ब्लकअन्तर्गत मणिराम ग्राम पञ्चायतको किलाराम जोत क्षेत्रमा एउटा सड़क निर्माणबारे सोमवार तृणमूलका दुई गुटबीच विवाद उत्पन्न भयो। त्यसकारण निर्माण कार्य आरम्भ भएलगत्तै विवादको कारण काम रोकिएको छ। प्राप्त जानकारीअनुसार, किलाराम जोतदेखि रकमजोतसम्म सड़क निर्माणका लागि उत्तर बङ्गाल विकास विभागले 2 करोड़ 60 लाख रुपियाँको बजेट छुट्याएको छ। हालै मात्र लगभग 2 किलोमिटर लामो उक्त सड़क निर्माणको शिलान्यास सिलगढ़ी महकुमा परिषदका सभापति अरुण घोषले गरेका थिए। काम सुरु भएको पहिलो दिनदेखि नै तृणमूलका दुई गुटबीच विवाद आरम्भ भएको थियो। जसको कारण निर्माण कार्य रोकिएको थियो।सोमवार पुनः काम आरम्भ भएपछि नक्सलबारी पञ्चायत…
Read More
मिरिक महकुमा अस्पताल भवन निर्माण कार्य युद्ध स्तरमा

मिरिक महकुमा अस्पताल भवन निर्माण कार्य युद्ध स्तरमा

मिरिक महकुमा अस्पताल भवन निर्माण कार्य युद्ध स्तरमा भइरहेको मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले बताएका छन्। तिनले मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रले महकुमा अस्पतालको दर्जा पाएपछि भवन निर्माण कार्य आरम्भ भएपछि शुरुमा निर्माण कार्यमा केही सुस्त देखिए पनि हाल भने भवन निर्माण कार्य तीव्र गतिमा भइरहेको बताए। तिनले जति छिटो भवन निर्माण हुनेछ त्यति छिटो मिरिकवासीले चिकित्सा सम्बन्धी सुविधा पाउनेछ भन्दै हाल पनि मिरिक सरकारी अस्पतालमा दैनिक दुई सयजना रोगीहरूले जाँच गरिरहेका बताए। तिनले भवन निर्माण कार्य गर्दा कतिपय घरहरू पैह्रोको जोखिममा रहेको कारण पानीको मौसमअघि नै सुरक्षा पर्खालहरू लगाइने पनि बताए। तिनले सुरक्षा पर्खाल निर्माणका लागि विभागीय…
Read More
डम्पर र कार्गो वाहनको आपस्तमा ठक्कर

डम्पर र कार्गो वाहनको आपस्तमा ठक्कर

सिलगढ़ीमा डम्परसित ठोक्किँदा एउटा सानो कार्गो वाहनका चालक घाइते भएका छन्। प्राप्त रिपोर्टअनुसार, बिहीवार बिहान मतिगढ़ादेखि दार्जीलिङ मोड़तर्फ जाँदै गरेको डम्पर र दार्जीलिङ मोड़देखि मतिगढ़ातर्फ आइरहेको सानो कार्गो वाहन आपस्तमा ठोक्किए। उक्त ठक्करको कारण सेनाको एउटा वाहन पनि क्षतिग्रस्त भएको छ। त्यससितै दुर्घटनामा कार्गो वाहनका चालक घाइते भएका छन्। घटनाको जानकारी पाएपछि सिलगढ़ी जङ्क्शन ट्राफिक गार्डका कर्मचारीहरू घटनास्थलमा पुगे। तिनीहरूले घाइते चालकलाई उद्धार गरी उपचारका लागि सिलगढ़ी जिल्ला अस्पताल पठाए। यसैबीच मतिगढ़ा पुलिसले डम्परलाई नियन्त्रणमा लिएर घटनाबारे जाँच आरम्भ गरेको छ।
Read More
सिक्किम-बङ्गाल परमिट सङ्ख्या बढ्ने सम्भावना

सिक्किम-बङ्गाल परमिट सङ्ख्या बढ्ने सम्भावना

अन्ततः यात्री वाहक वाहन सम्बन्धी विषयमा सुधार आउने सङ्केत देखिएको छ। लामो प्रतीक्षापछि पहाड़ र समतल क्षेत्रबीच यात्री वाहक वाहनको सङ्ख्या बढ़ाउने नीति सम्बन्धी निर्णयमा सिक्किम र पश्चिम बङ्गाल राज्य सहमत भएका छन्। बुधवार राज्य अतिथि गृहमा दुवै राज्यबीच भएको पारस्परिक सम्झौता सम्बन्धी बैठकमा वाहन परमिट सङ्ख्या बढ़ाउने सहमति भएको हो।अहिलेसम्म पश्चिम बङ्गालबाट सिक्किम र त्यहाँबाट यहाँ आउजाउ गर्न 3000 परमिट जारी गरिन्थ्यो। नयाँ निर्णयअनुसार अब त्यो सङ्ख्या 4500 पुर्या0उने सम्भावना छ। यसलाई सिक्किमका यातायात सचिव राज यादवले स्पष्ट पारेका छन्। यादवले भने, पहिलेको तुलनामा अहिले पर्यटकहरूको सङ्ख्या धेरै बढ़ेको छ जसको कारण वाहनहरूको माग पनि बढ़ेको छ। त्यसैले परमिट…
Read More
उत्तर बङ्गाल मेडिकल कलेज परिसरमा फोहोरको थुप्रो

उत्तर बङ्गाल मेडिकल कलेज परिसरमा फोहोरको थुप्रो

उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल परिसर फोहोरले ढाकिएको छ। विभिन्न विभागहरूको पछिल्तिरको भागमा प्लास्टिकले बेह्रिएको फोहोर जम्मा भएको देख्न सकिन्छ। यसको कारण दुर्गन्ध फैलिरहेको छ साथै प्रदूषणसमेत बढ्दै गइरहेको छ। तर ती फोहोरहरू नियमित रूपमा किन सफा गरिँदैन भन्ने विषयबारे रोगीका आफन्तहरूले प्रश्न उठाउन थालेका छन्।यस विषयमा उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालका सुपरिण्टेण्डेण्ट डा. सञ्जय मल्लिकले भने, फोहोर व्यवस्थापनमा हामीले लामो समयदेखि समस्या झेलिरहेका छौँ। तथापि फोहोर नियमित रूपमा हटाइन्छ। अहिले थुप्रिएको सबै फोहोर जैविक नै हो। ब्लड ब्याङ्कको पछिल्तिर भाग, सुपर स्पेशियालिटी ब्लकको वरिपरि फोहोरको थुप्रो लागेको छ। त्यहाँ कालो र निलो प्लास्टिकले बेह्रिएको फोहोरभित्र खाना खोज्दै…
Read More
ट्र्याक्टर र बाइक आपस्तमा ठोक्किँदा तीन घाइते

ट्र्याक्टर र बाइक आपस्तमा ठोक्किँदा तीन घाइते

ट्र्याक्टर र बाइक आपस्तमा ठोक्किँदा तीनजना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार खोरीबारीको बुढ़ागञ्जदेखि तीनजना कुनै काम लिएर बाइकमा नक्सलबारी जाँदै थिए। सोही समय बुढ़ागञ्जतर्फ जाँदै गरेको बालुवा बोकेको ट्र्याक्टर विपरीत दिशाबाट आइरहेको थियो। नक्सलबारीको रथखोला क्षेत्रमा ट्र्याक्टर र बाइक आपस्तमा ठोक्किए। उक्त दुर्घटनामा बाइकमा सवार तीनैजना सड़कमा पछारिए। घटनापछि घाइतेहरूलाई उद्धार गरी नक्सलबारी अस्पताल पठाइयो। तर अवस्था गम्भीर भएकाले तिनीहरूलाई उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा रेफर गरिएको छ। घाइतेहरू सुबोध सिंह, हरिपद सिंह र बकुल सिंह हुन्। तिनीहरू सबै खोरीबारीको बुढ़ागञ्जस्थित रायमतीका वासिन्दा हुन्। अर्कातिर खबर पाएपछि नक्सलबारी पुलिस थाना र ट्राफिक पुलिसले घटनास्थलमा पुगेर जाँच आरम्भ गरिसकेको छ।…
Read More
टुक्रियाझारको जङ्गलमा डढ़ेलो

टुक्रियाझारको जङ्गलमा डढ़ेलो

खोरीबारीको टुक्रियाझार आरक्षित जङ्गलमा भीषण आगलागी भएको छ। जङ्गलमा लागेको डढ़ेलोले स्थानीय मानिसहरूमा त्रास फैलाएको छ। प्राप्त जानकारीअनुसार, स्थानीय वासिन्दाले सोमवार जङ्गलबाट धुवाँ उड़िरहेको देखेका थिए। जानकारी प्राप्त भएपछि टुक्रियाझार वन विभागका कर्मचारीहरू खोरीबारी र नक्स्लबारी पुलिस चौकीका कर्मीहरूसित घटनास्थलमा पुगेर आगोलाई नियन्त्रणमा लिने प्रयास गर्न थाले। नक्सकलबारी दमकल विभागको एउटा इञ्जिन पनि परिचालित गरिएको थियो। आगलागी केही किलोमिटर क्षेत्रमा फैलिएको थियो। त्यसले गर्दा नजिकै रहेका बस्तीहरूका वासिन्दामा चिन्ता बढ़ेको छ। यद्यपि वन विभाग सूत्रअनुसार आगो आंशिक रूपमा नियन्त्रणमा ल्याइएको छ।
Read More