Piyali Poddar

569 Posts
बाइकको ठक्करले घाइते तृणमूल प्रवक्ता वेदव्रत दत्त

बाइकको ठक्करले घाइते तृणमूल प्रवक्ता वेदव्रत दत्त

बेपरवाह गतिमा आइरहेको बाइकको ठक्करले दार्जीलिङ जिल्ला समतलका तृणमूल कङ्ग्रेसका प्रवक्ता वेदव्रत दत्त गम्भीर रूपमा घाइते भएका छन्। यो घटना मङ्गलवार साँझ सिलगढ़ीको निवेदिता रोडमा भएको हो। स्थानीय सूत्रअनुसार एउटा एटीएमबाट पैसा झिकेर सड़क पार गरिरहेको क्रममा अचानक तीव्र गतिमा आइरहेको बाइकले तिनलाई जोड़ले ठक्कर दियो। ठक्करले तिनी सड़कमा पछारिएर लड़े अनि बेहोस भए।स्थानीय मानिसहरूले तत्कालै उद्धार गरेर तिनलाई पहिलो एउटा निजी अस्पतालमा भर्ना गराएका थिए। पछि थप उपचारका लागि तिनलाई मतिगढ़ास्थित अर्को प्रसिद्ध अस्पतालमा स्थानान्तरण गरियो जहाँ लगभग तीन दिनसम्म तिनको उपचार चल्यो। चिकित्सकहरूको भनाइमा हाल दत्तको स्वास्थ्य स्थिर भए पनि केही दिन पूर्ण आराम आवश्यक हुनेछ। वेदव्रत दत्तलाई…
Read More
प्राकृतिक अर्किडको संरक्षणमा जेएस साङपाङ राई

प्राकृतिक अर्किडको संरक्षणमा जेएस साङपाङ राई

मिरिक महकुमाअन्तर्गत थर्बु नन्दलाल गाउँ निवासी उद्यमी फूल कृषक जेएस साङपाङ राईले प्राकृतिक अर्किडलाई संरक्षण गर्दै आइरहेका छन्। लामो समयदेखि फूल र सागसब्जी खेतीलाई व्यावसायिक रूपमा अँगालेका राईको नर्सरीमा अहिले लगभग एक हजार प्राकृतिक अर्किडहरूले ढकमक्क फुलेका छन्। यी प्राकृतिक अर्किडहरूलाई हालसम्म बिक्री नगरे पनि यदि कोही ग्राहक आए बिक्रीबारे विचार गर्ने राईले बताएका छन्। राईले बताएअनुसार एक समय सबैले प्राकृतिक अर्किड नै रोप्ने गर्थे। तर क्लोन र हाइब्रिड अर्किडको उत्पादन हुन थालेपछि धेरैले प्राकृतिक अर्किड रोप्न छोड़िसकेका छन्। यसकारण आफूले यसको महत्त्व बुझेर आजसम्म प्राकृतिक अर्किडको संरक्षण गरिरहेको तिनी थप बताउँछन्।अहिले धेरै मानिसहरूले प्राकृतिक अर्किड खोज्न थालेका जानकारी गराउँदै…
Read More
नयाँ वर्षलाई स्वागत जनाउँदै मिरिक

नयाँ वर्षलाई स्वागत जनाउँदै मिरिक

विक्रम संवत् 2082 को पहिलो दिन नयाँ वर्षको आगमनसितै भारत-नेपाल सीमामा अवस्थित रमणीय पर्यटन केन्द्र मिरिकमा उत्साह र उमङ्ग छाएको छ। नयाँ वर्षको अवसरमा मिरिक पर्यटन केन्द्रमा विशेष गरी नेपाल देशका धेरै पर्यटकहरू घुम्न आएका थिए भने देशी पर्यटकहरूको चहल पहल पनि अधिक थियो। नयाँ वर्षको अवसरमा मिरिक पर्यटन केन्द्रमा भेला भएकाहरूले एकार्कामा शुभकामना आदानप्रदान गर्दै खुशीयाली मनाए। बिहानैदेखि मिरिक बजार र वरिपरिका पर्यटन स्थलहरूमा मानिसहरूको बाक्लो उपस्थिति देखियो भने नेपालका पशुपतिनगर, श्री अन्तु, कन्याम, गुफापातल आदि ठाँउमा पनि मानिसहरूको चहल पहल देखियो।मिरिक पर्यटन केन्द्रमा घुम्न आउनेहरू विशेष गरी मिरिक झीलमा नौका, घोड़ा सवारी गरेर नयाँ वर्षलाई स्वागत गरिरहेका देखियो।…
Read More
कमिश्नरेटले रोबिन थापालाई मुर्शिदाबाद नपठाउने

कमिश्नरेटले रोबिन थापालाई मुर्शिदाबाद नपठाउने

वक्फ संशोधन कानूनको विरोधमा केही दिनदेखि मुर्शिदाबाद जिल्लाको केही क्षेत्र तनाउग्रस्त छन्। स्थिति नियन्त्रणमा ल्याउन केन्द्रीय सुरक्षा बल तैनाथ गरिएको छ। पछिल्ला घटनामा तीनजनाको मृत्यु भएको थियो। मुर्शिदाबादको स्थिति अहिले नियन्त्रणमा रहेको पश्चिम बङ्गाल पुलिसका डीजी राजीव कुमारले जानकारी दिएका छन्। मुर्शिदाबादको स्थिति सम्हाल्न राज्य सरकारले 23 जना दक्ष पुलिस अधिकारीहरूलाई आपतकालीन रूपमा डाकेको थियो। यसै क्रममा सिलगढ़ीको 4 नम्बर वार्डको ज्योतिनगरमा पनि स्थिति तनाउग्रस्त बनेको छ। यस्तो स्थितिमा राज्यको सूचीमा रहेका सिलगढ़ीका एकजना पुलिस अधिकारीलाई मुर्शिदाबाद नपठाउने सिलगढ़ी पुलिस कमिश्नरेटले निर्णय गरेको छ।प्राप्त जानकारीअनुसार मुर्शिदाबादको स्थितिको सम्हाल्न राज्यका विभिन्न जिल्लाबाट 23 दक्ष पुलिस अधिकारीहरूलाई बोलाइएको छ। उक्त सूचीमा उत्तर…
Read More
प्राचार्य पाठशाला आउँदा शोकजको सम्मुखीन प्राथमिकका प्रधान शिक्षक

प्राचार्य पाठशाला आउँदा शोकजको सम्मुखीन प्राथमिकका प्रधान शिक्षक

नेताजी इण्डोर स्टेडियमबाट मुख्यमन्त्री स्वयंले रोजगार गुमाएका शिक्षकहरूलाई स्कूल-स्कूलमा स्वयंसेवकका रूपमा योगदान गर्न आह्वान गरेकी थिइन्। तर अर्कातिर धूपगुड़ीको गादों 2 जुनियर बेसिक स्कूलका प्रधान शिक्षक अब्दुल सत्तार भने विद्यार्थीहरूलाई कक्षा लिनका लागि एकजना कलेज प्रिन्सिपललाई बोलाएको आरोपमा शो–कजको सम्मुखीन बनेका छन्। स्कूल शिक्षा विभाग र जिल्ला प्राथमिक विद्यालय संसदको ध्यानाकर्षण भएपछि उक्त प्राइमरी स्कूलका प्रधान शिक्षकलाई लिखित उत्तर दिन बताइएको छ। प्रधान शिक्षक सत्तारले भने, "उच्च अधिकारीहरूले मलाई जे-जे सोधेका छन् सबै कुराको विस्तृत रूपमा लिखित उत्तर दिएको छु। म यसबारे सार्वजनिक रूपमा केही भन्न चाहन्नँ।"यो घटना गत 4 अप्रेलदेखि आरम्भ भएको हो। धूपगुड़ी गर्ल्स कलेजका प्राचार्य डा. विजय…
Read More
वर्षापछि राङभाङ सड़कको बेहाल आवस्था

वर्षापछि राङभाङ सड़कको बेहाल आवस्था

बिहीवार दिनभरि परेको वर्षाले मिरिक थर्बु चियाबारी कारखानामुनि चेक पोष्टबाट राङभाङ विष्णुधाम पर्यटन केन्द्रसम्म जाने सड़कको अवस्था बेहाल बनेको छ। यो सड़क प्रधानमन्त्री ग्राम सड़क योजनामार्फत निर्माण गरिएको हो। मरम्मतीको अभावमा यो सड़क जीर्ण रहेको थियो भने वर्षापछि जताततै पानी जमेर हिलाम्मे बनेको सड़कमा गाड़ी कुदाउन सकिने स्थिति छैन। यस्तो स्थितिमा चालकहरूलाई समस्या भइरहेको छ। सड़कमा जतासुकै ढुङ्गाको सोलिङ उप्किएको अनि खाल्डाहरू भएको कारण पानी परेपछि सड़क बेहाल बनेको हो। अहिले यातायातमा समस्या देखा परेको छ भने कुनै पनि समय वाहन दुर्घटनाको सम्भावना बढ़ेको छ। उक्त सडक भएर राङभाङ विष्णुधाम पर्यटन केन्द्र हुँदै नागरी, धजे,पोख्रेबुङ आदि ठाउँ जाने वाहनहरूलाई धेरै…
Read More
अस्पताल भवनसितै सुरक्षा देवाललाई प्राथमिकता दिनुपर्ने माग

अस्पताल भवनसितै सुरक्षा देवाललाई प्राथमिकता दिनुपर्ने माग

मिरिकमा निर्माणाधीन महकुमा अस्पताल भवनको निर्माण कार्य युद्ध स्तरमा चलिरहेको छ। सम्बन्धित निकायले दिएको जानकारीअनुसार हालसम्म भवनको लगभग 30 प्रतिशत कार्य सम्पन्न भइसकेको छ। छत ढलाईको कार्य पनि सकिएको छ।मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रले महकुमा अस्पतालको दर्जा पाएपछि यस क्षेत्रका मानिसहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यमा भवन निर्माण कार्य आरम्भ गरिएको हो। अस्पताल सञ्चालनमा आएपछि मिरिकवासीलाई सामान्य रोगको उपचारका लागि पनि टाढ़ा जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। यता भवन निर्माणको कार्य तीव्र गतिमा भइरहे पनि केही गम्भीर समस्याहरू भने देखा परेका छन्। अस्पताल निर्माणका लागि गरिएको खनन कार्यमा सुरक्षा पर्खाल निर्माण नगरिए भविष्यमा ठूलो पैह्रोको जोखिम बढ्ने सम्भावना…
Read More
चालक हत्याको आरोपी पक्राउ

चालक हत्याको आरोपी पक्राउ

असमको बोगाईगाउँ पुलिसले भक्तिनगर पुलिस चौकीको सहयोगमा एकजना भूटानी नागरिकलाई पक्राउ गरेको छ। एकजना चालकको हत्या गरी चोरिएको गाड़ी बेचेको तिनीविरुद्ध आरोप छ। पक्राउ परेका व्यक्ति थेनरूप लेप्चा हुन्। तिनी गत 10 दिनदेखि फरार थिए। तर अन्ततः सिलगढ़ीको भुपेन्द्र नगर क्षेत्रबाट तिनलाई पक्राउ गरिएको छ। प्राप्त रिपोर्टअनुसार, लगभग 10 दिनअघि असमको बोगाईगाउँ पुलिस चौकी क्षेत्रबाट एकजना चालकको शव फेला परेको थियो। घटनाको जाँच आरम्भ गरेपछि बोगाईगाउँ पुलिसले चालकको हत्या गरी गाड़ी चोरेर बिक्री गरिएको थाहा पायो।थप जाँचपछि 10 दिनअघि उक्त चालक भूटानबाट मालवाहक गाड़ी लिएर असम आएका पुलिसले पत्तो लगायो। यसै क्रममा आरोपीले चालकलाई पछ्याएका थिए। त्यसपछि पुलिसले आरोपीको खोजी…
Read More
जिल्ला निरीक्षक कार्यालयअघि प्रभावित कर्मचारीहरूको विक्षोभ प्रदर्शन

जिल्ला निरीक्षक कार्यालयअघि प्रभावित कर्मचारीहरूको विक्षोभ प्रदर्शन

गत बिहीवार सर्वोच्च न्यायालयले कलकत्ता उच्च न्यायालयद्वारा दिइएको पश्चिम बङ्गाल स्कूल सर्भिस कमिशनको 2016 नियुक्ति प्यानल नै रद्दको फसेला यथावत राख्दै फसेला सुनायो। सर्वोच्च न्यायालयले कलकत्ता उच्च न्यायालयको फसेलालाई यथावत राखेपछि 2016 पश्चिम बङ्गाल स्कूल सर्भिस कमिशनको नियुक्ति प्रक्रियामार्फत रोजगार पाउने 25752 जना सरकारी विद्यालयका कर्मचारीहरू प्रभावित बने। उक्त फसेला आएपछि प्रभावित बनेका सिलगढ़ी अनि यसका संलग्न क्षेत्रका सरकारी विद्यालयका कर्मचारीहरूले आज हासमी चोकबाट ऱ्याली निकाले। 350 भन्दा अधिक प्रभावित सरकारी विद्यालयका कर्मचारीहरूले सिलगढ़ी महाविद्यालयनजिक रहेको जिल्ला विद्यालय निरीक्षकको कार्यालयअघि सड़कमै बसेर विक्षोभ प्रदर्शन गरेका छन्। तिनीहरूले जिल्ला विद्यालय निरीक्षक कार्यालयको गेटमा ताला लगाइदिए। जिल्ला विद्यालय निरीक्षक राजीभ प्रामाणिकलाई भेटेर…
Read More
सिलगढ़ी नगर निगमको सौर विद्युत उत्पादनमाथि जोड़

सिलगढ़ी नगर निगमको सौर विद्युत उत्पादनमाथि जोड़

बिजुलीको बिलको झञ्झट घटाउन सिलगढ़ी नगर निगमले सौर ऊर्जामाथि आधारित ऊर्जा उत्पादनमाथि जोड़ दिइरहेको छ। हालसालै शहरका थुप्रै स्थानहरूमा सोलार प्यानल जड़ान गरी त्यसबाट उत्पादन भएको विद्युत प्रयोग गर्न थालिएको छ। केही स्थानमा उत्पादन भएको सौर विद्युत राज्य विद्युत वितरण कम्पनीलाई बिक्री समेत गरिँदैछ। आगामी दिन थप 12 स्थानमा सोलार प्यानल जड़ान गर्ने निर्णय नगर निगमले गरिसकेको छ। साथै दार्जीलिङ जिल्ला प्रशासनले पनि सौर विद्युत सेवा आरम्भ गर्न शहरका केही स्थानहरूको विवरण सङ्कलन गरिरहेको छ।नगर निगमको विद्युत आपूर्ति विभागका मेयर परिषद कमल अग्रवालले भने, सौर विद्युत उत्पादनको पूर्वाधार विस्तार गरेर हामी विद्युत बिलको भार घटाउन चाहन्छौँ। साथै शहरमा 'स्मार्ट इलेक्ट्रिक'…
Read More