Piyali Poddar

569 Posts
गाजा तस्करीको आरोपमा तीन महिला पक्राउ

गाजा तस्करीको आरोपमा तीन महिला पक्राउ

बिन्नागुड़ी ग्राम पञ्चायतअन्तर्गत कृष्णनगर कोलोनीस्थित पग्ला बस्तीबाट झाड़ुको बिट्टामा लुकाएर गाँजा तस्करी गर्ने प्रयास गरिरहेको आरोपमा तीन महिलाहरूलाई पक्राउ गरिएको छ। सिलगढ़ी पुलिस कमिश्नरेटअन्तर्गत पर्ने भोरेर आलो थाना पुलिसद्वारा पक्राउ गरिएको हो। पक्राउ परेका महिलाहरूमा कूचबिहारको माथाभाङ्गाकी भारती हल्दार र तिनकी छोरी कनिका हल्दार साथै दक्षिण दिनाजपुरकी तिनीहरूकै आफन्त छाइना दास छन्। पुलिस सूत्रअनुसार सोमवार राति झाड़ु बोकेको एउटा ई-रिक्सा पग्ला बस्ती क्षेत्रको एउटा घरमा पुगेको थियो। स्थानीय वासिन्दाहरूले शङ्का लागेर त्यसबारे पुलिसलाई सूचना दिए। त्यसपछि गरिएको छापामा पुलिसले झाड़ुको बिट्टाभित्र लुकाइएको 35 केजी गाँजा फेला पारेको हो। प्रारम्भिक सोधपुछमा उक्त गाँजा कूचबिहारबाट झाड़ु बिट्टामा लुकाएर ल्याइएको अनि त्यसलाई विभिन्न…
Read More
आधुनिकीकरणको दिशामा एनजेपी स्टेशन

आधुनिकीकरणको दिशामा एनजेपी स्टेशन

उत्तरतर्फ घुम्न आउने पर्यटक वा सामान्य यात्रीहरू जब न्यू जलपाइगढ़ी (एनजेपी) स्टेशनमा पाइला राख्छन् तब तिनीहरूको मनमा पहिलो प्रश्न उठ्छ चारैतिर यत्रो खन्ने कार्य किन भइरहेको छ? उत्तर एउटै हो स्टेशनको आधुनिकीकरणको कार्य भइरहेको छ। यद्यपि यस कार्यको प्रगति गर्वको विषय बन्दै गइरहेको छ। स्टेशन निरीक्षणमा आएका जलपाइगढ़ीका भाजपा सांसद जयन्त रायले विकासको विवरण दिन कुनै कसर बाँकी राखेनन्। सांसद रायले भने, उत्तर–पूर्व भारतको सबैभन्दा आधुनिक स्टेशनका रूपमा न्यू जलपाइगढ़ी स्टेशन निर्माण हुँदैछ। यहाँ आधुनिक खानाका पसल, स्टल र पार्किङ क्षेत्र पनि रहनेछ। तिनले थपे, आगामी वर्षको मार्च महीनाभित्रै काम पूरा हुने अपेक्षा गरिएको छ। नयाँ भवन निर्माणका लागि पनि…
Read More
पिकअप भ्यान र ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

पिकअप भ्यान र ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सोमवार बिहान एसियन हाइवे 2 अन्तर्गत बाघडुग्राको सन्न्यासी चियाबारी क्षेत्रमा भएको सड़क दुर्घटनामा आँप बोकेको पिकअप भ्यान र ट्रक आपस्तमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, पिकअप भ्यान बिहारबाट आँप बोकेर सिलगढ़ीतर्फ आइरहेको थियो भने ट्रकरी सिलगढ़ीदेखि फर्कँदै थियो। बाघडुग्राको सन्न्यासी चियाबारीमा दुवै वाहन एकार्कामा सोझै ठोक्किए। ठक्करमा पिकअप भ्यान पूर्ण रूपले क्षतिग्रस्त भएको छ। दुर्घटनामा बिहार निवासी गड्डु कुमार यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ। पिकअप भ्यानका चालक र अर्का एक यात्री गम्भीर रूपले घाइते भएका छन्। तिनीहरूलाई उपचारका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पुर्या्इएको छ। दुर्घटनापछि ट्रक चालकले घटनास्थलबाट…
Read More
सिलगढ़ीको दक्षिण शान्तिनगरमा वृद्धामाथि आक्रमण, सुनका गहना लुटपाट

सिलगढ़ीको दक्षिण शान्तिनगरमा वृद्धामाथि आक्रमण, सुनका गहना लुटपाट

सिलगढ़ीको दक्षिण शान्तिनगरमा एक वृद्धा माथि आक्रमण गरी सुनका गहना लुटिएको दुःखद घटना सार्वजनिक भएको छ। उक्त घटना आइतबार मध्यराततिर भएको बताइएको छ।प्राप्त विवरणअनुसार तीन जना मुखछोपेर आएका अपराधीहरू घरभित्र जबरजस्ती पसेर श्यामोली चक्रवर्ती नामकी वृद्धालाई आक्रमण गरेका थिए। आरोप अनुसार ती अपराधीहरूले उनको मुखमा कपडा ठोक्नाका साथै उनलाई कुटपिट गरेर कानमा लगाएको सुनको झुम्का जबर्जस्ती तानेर लगे।यद्यपि आक्रमणको बाबजुद वृद्धा साहस देखाउँदै अर्को कोठामा पुगेकी थिइन् र छोरालाई खबर गर्न सफल भइन्। उल्लेखनीय कुरा के छ भने, केही दिनअघि पनि सोही इलाकामा यस्तै प्रकृतिको चोरीको घटना भएको थियो। स्थानीय बासिन्दाहरूको भनाइमा, दक्षिण शान्तिनगरमा यस्ता घटना बढ्दै गएका छन् र…
Read More
वृद्ध महिलाको सुनको चेन छिनताई

वृद्ध महिलाको सुनको चेन छिनताई

वार्ड नम्बर 36 अन्तर्गत शान्तिनगरको बौबजार क्षेत्रमा बिहीवार बिहान लगभग 5 बजी बाइकमा आएका दुईजना युवकहरूले मर्निङ वक गरिरहेकी एक वृद्ध महिलाको सुनको चेन थुतेर सुइँकुच्चा ठोके। यस्तो घटनाले इलाकामा आतङ्कको स्थिति सिर्जना भएको छ। प्राप्त जानकारीअनुसार पीड़ित महिला सन्ध्या कुण्डु हिँड़िरहेका बेला पछाड़िबाट आएर एक युवकले तिनको घाँटी समातेर सुनको चेन थुतेर लगे। अर्का युवक मोटरसाइकल लिएर केही दूरीमा पर्खेर बसेका थिए। त्यसपछि बाइकमा चढ़ेर दुवै युवकले सुइँकुच्चा ठोके। घटनाको क्रममा उक्त महिलालाई चोटपटक समेत लागेको बताइएको छ। शहरभरि यस्ता लुटपाटका घटना बढ्दै गइरहेको हुँदा स्थानीय मानिसहरूमा सुरक्षाप्रति चिन्ता बढ़िरहेको छ। पुलिस गस्तीको प्रभावकारितामाथि पनि प्रश्न उठ्न थालेको छ।…
Read More
भगौड़े आरोपी सुजीत साहा पक्राउ

भगौड़े आरोपी सुजीत साहा पक्राउ

डायमण्ड हार्बर थाना पुलिसले भक्तिनगर थाना पुलिसको सहयोगमा 2022 देखि भगौड़े आरोपी सुजीत साहालाई अन्ततः पक्राउ गरेको छ। प्राप्त जानकारीअनुसार 44 वर्षीय सुजीत साहा रायगञ्ज दक्षिण वीरनगरका वासिन्दा हुन्। धेरै व्यक्तिहरूलाई जागिर दिने प्रलोभनमा पारेर लगभग 30 देखि 35 लाख रुपियाँको ठगी गरेको तिनीमाथि आरोप लागेको छ। 2022 मै डायमण्ड हार्बर थानामा सुजीत साहाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। तर फर्जी कागजातका कारण पुलिसले तिनलाई पक्राउन गर्न सकेको थिएन। यद्यपि पुलिसले निरन्तर तिनको खोजी गरिरहेको थियो। अन्ततः पुलिसले सुजीत साहाको मोबाइल फोन ट्रेस गरी तिनको लोकेशनबारे पत्तो लगायो। सुजीत साहा लामो समयदेखि सिलगढ़ीको 41 नम्बर वार्डमा लुकेर बसेका पुलिसले जानकारी पायो।…
Read More
सिलगढ़ी एटीएम लुटकाण्डमा तीन पक्राउ

सिलगढ़ी एटीएम लुटकाण्डमा तीन पक्राउ

सिलगढ़ीमा भएको एटीएम लुट काण्डमा हरियाणाबाट तीनजना अपराधीहरू पक्राउ गरिएको छ। यिनीहरूलाई हरियाणाको नुह जिल्लाबाट पक्राउ गरिएको हो। तीमध्ये एक हरियाणाका वासिन्दा छन् भने दुईजना भक्तिनगर थानाअन्तर्गत क्षेत्रका वासिन्दा रहेका बताइएको छ। पक्राउ परेका व्यक्तिहरू हुन् मोहम्मद इसराइल, जावेद खान र खुर्शीद। प्रधाननगर थाना पुलिसले तिनीहरूलाई पक्राउ गरी सिलगढ़ी ल्याइएको हो। अहिले तिनीहरूलाई सोधपुछ गरिँदैछ। मैनागुड़ीको एटीएम लुट काण्डको प्रभाव बाँकी रहँदै सिलगढ़ीमा पनि अर्को एटीएम लुटको घटना भएको हो। प्रधाननगर थानादेखि केवल 500 मिटर टाढ़ा चम्पासारीको सड़कमा पूर्ण रूपले आवासीय क्षेत्रमा एउटा समूहले 13 मिनटमै एटीएम लुट पूरा गरेको थियो। बितेको बिहीवार राति 1.44 देखि 1.57 बजीसम्म फिल्मी शैलीमा…
Read More
भूटानी ट्रकहरूलाई फूलबारी सीमाबाट प्रवेश निषेधको माग

भूटानी ट्रकहरूलाई फूलबारी सीमाबाट प्रवेश निषेधको माग

भूटानी ट्रकहरूलाई फूलबारी सीमाबाट प्रवेश गर्न नदिनुपर्ने मागमा सोमबार सिलगढ़ीको फूलबारी क्षेत्रमा चर्को विरोध प्रदर्शन भयो। यस क्रममा थुप्रै प्रदर्शनकारी पक्राउ परेका छन्। भूटानबाट आएको ट्रकलाई सिधा बङ्गलादेश प्रवेश गर्न नदिने माग राख्दै भारत-बङ्गलादेशको फूलबारी 2 नम्बर सीमामा तनाउको अवस्था सिर्जना भयो। बिहानैदेखि फूलबारी 2 बोर्डर लोकल ट्रक ओनर्स वेलफेयर एसोशिएशन, फूलबारी एक्सपोर्टर्स एसोशिएशन, फूलबारी ड्राइभर एसोशिएशन र फूलबारी सी एण्ड एफ एसोशिएशन चारवटा सङ्घले संयुक्त रूपमा सीमा नाका बन्द गर्दै विरोध प्रदर्शन थाले। भूटानी ट्रकहरूले फूलबारी सीमामा सामग्री झार्नुपर्छ, त्यसपछि ती सामान भारतीय ट्रकमार्फत बङ्गलादेश पुर्याअउनुपर्ने प्रदर्शनकारीहरूको माग छ। यो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भन्दै ट्रक मालिक…
Read More
घर घर जगन्नाथको महाप्रसाद

घर घर जगन्नाथको महाप्रसाद

द्वारे राशनमार्फत दिघाको जगन्नाथ मन्दिरको प्रसाद घर-घरमा वितरण गर्ने कार्य राजगञ्जमा आरम्भ भएको छ। पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको वाचाअनुसार जगन्नाथ मन्दिरको महाप्रसाद घर-घरमा पुर्यादउने अभियानको शुभारम्भ गरिएको हो। शुक्रवारदेखि राजगञ्ज ब्लकको बिन्नागुड़ी ग्राम पञ्चायतअन्तर्गत साहुडाङ्गी वरिपरिको क्षेत्रमा द्वारे राशन योजनामार्फत यो विशेष प्रसाद वितरण भइरहेको छ। बितेको महीनाको अक्षय तृतीयाको दिन मुख्यमन्त्रीले दिघा समुद्र किनारमा नवनिर्मित जगन्नाथ मन्दिरको उद्घाटन गरेकी थिइन्। त्यसै अवसरमा राज्यका प्रत्येक नागरिकले जगन्नाथ देवको आशीष पाउन सकून् भनेर मन्दिरको महाप्रसाद घर-घरमा पुर्यागइने तिनले घोषणा गरेकी थिइन्। सोही घोषणाअनुसार अहिले राजगञ्जमा महाप्रसाद वितरण आरम्भ गरिएको हो।प्राप्त जानकारीअनुसार यो प्रसाद वितरण 20 जूनदेखि आरम्भ भई 26 जूनसम्म…
Read More
मिरिक झीलमा सफाई अभियान

मिरिक झीलमा सफाई अभियान

मिरिक नगरपालिका कार्यालयका सफाई कर्मचारीहरू अनि स्थानीय पथ पसलेहरूले मङ्गलवार मिरिक झीलमा व्यापक सफाई अभियान चलाएका छन्। मिरिक झीलको एक भागमा सोमवार केही माछाहरू मरेका अवस्थामा देखिए साथै धेरै फोहोर थुप्रिएका देखिएको थियो। त्यसलाई केन्द्र गरेर मङ्गलवार मिरिक नगरपालिकाका सफाई कर्मचारीहरू अनि स्थानीय पथ पसलेहरूले संयुक्त रूपमा सफाई अभियान चलाएका बताइएको छ। सफाई अभियानमा मिरिक झीलमा मरेका माछाहरूलाई उचित स्थानमा फाल्ने व्यवस्थान गरिएको छ अनि फोहोरहरूलाई सङ्ग्रह गरेर मिरिक नगरपालिकाको गाड़ीले उचित स्थानमा तह लगाएको छ। सफाई अभियानमा निस्किएका मिरिक नगरपालिकाका सफाईकर्मीहरू अनि स्थानीय पथ पसलेहरूले मिरिक झीलमा रहेका फोहोरहरूलाई नियमित अन्तरालमा सफाई गर्दै आइरहेको बताए। तर बर्खा मौसम रहेको…
Read More